काठमाडौं । मध्यनेपाल नगरपालिका–७, करापुटारमा आयोजित खुला भजन प्रतियोगितामा कास्कीको फूलबारीस्थित उकारेश्वर भजन समूह पहिलो भएको छ ।
Advertisement
ईशानेश्वर मन्दिर क्षेत्र विकास समितिको आयोजनामा भएको भजन प्रतियोगितामा १३ समूहलाई पछि पार्दै उकारेश्वर पहिलो भएको हो । सो प्रतियोगितामा ईशानेश्वर बालन समूह करापुटार दोस्रो, तनहुँ कोत्रेको महेश्वर खनाल भजन समूह तेस्रो र कास्कीको सिसुवा सन्त सङ्घ भजन समूह चौथो भएको आयोजक ईशानेश्वर क्षेत्र विकास समितिले जनाएको छ ।