• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बुधबार, असार १०, २०८३
☰
बुधबार, असार १०, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

घुन्सा र फलेमा लटरम्म स्याउ


  •   मङ्गलबार, कार्तिक ०४, २०८२ मा प्रकाशित
  • काठमाडौं । ताप्लेजुङको हिमाली क्षेत्र लेलेपको फले र घुन्सामा स्याउ लटरम्म फल्न थालेको छ । स्थानीयका अनुसार तीन वर्षअघि परीक्षणका लागि रोपिएको स्याउ अहिले लटरम्मै फल्न थालेको हो ।

    Advertisement

    जिल्लाको फक्ताङ्लुङ गाउँपालिका –६ लेलेपस्थित तीन हजार २३२ मिटरको उचाइमा फले र तीन हजार ४७५ मिटर उचाइमा घुन्सा बस्ती रहेको छ । उक्त उचाइ रहेको हिमाली भेगमा लटरम्म स्याउ फल्न थालेको घुन्साका स्थानीय तेन्जिङ सेराप शेर्पाले जानकारी दिनुभयो । फक्ताङ्लुङ गाउँ कार्यपालिका सदस्यसमेत रहनुभएका शेर्पाका अनुसार बिरुवा रोपेको ६ महिनाभित्र फले र घुन्सामा स्याउ फलेको छ ।

    फले र घुन्सामा परीक्षणका लागि भनेर इटालीबाट स्याउको बिरुवा ल्याएर रोपिएको थियो । हिउँद यामभर निकै बाक्लो हिउँ पर्ने क्षेत्र फले र घुन्सामा स्याउको बिरुवा रोपेको छ महिनादेखि नै फल्न थालेको र अहिले लटरम्मै फलेको स्थानीयले बताएका छन् । फुजी र गोल्डेन डेलिसियस जातको स्याउको बिरुवा ल्याएर खेती सुरु गरिएको र अहिले सोही स्याउ फल्न थालेको स्थानीयको भनाइ छ ।

    फलेका स्थानीय मिङ्मा शेर्पाकाअनुसार स्याउ फल्न थालेपछि अहिले कञ्चनजङ्घा हिमालको भ्रमणमा आउने पर्यटकलाई ख्वाउन थालिएको छ । स्याउ फल्न थालेसँगै कञ्चनजङ्घा क्षेत्रको भ्रमण गर्न आउने पर्यटकलाई चखाउन र कोसेलीका रुपमा दिन थालेको शेर्पाको भनाइ छ ।

    यता, परीक्षण खेतीका लागि इटालीबाट बिरुवा ल्याएर रोपेको स्याउ छोटो समयदेखि नै मनग्य फल्न थालेपछि खेतीमा संलग्न किसान हर्षित भएका गाउँ कार्यपालिका सदस्य शेर्पाको भनाइ छ । उहाँका अनुसार स्थानीय किसानले अब स्याउको व्यावसायिक खेती सुरु गर्ने योजना बनाएका छन् । कञ्चनजङ्घा हिमालको पदमार्गअन्तर्गत आधार शिविर नजिक रहेको फले र घुन्सा बस्तीमा व्यावसायिक स्याउ खेती गरेमा राम्रो आम्दानी गर्न सकिन्छ भन्ने बुझाइमा स्थानीय रहेका छन् ।

    कञ्चनजङ्घा भ्रमणमा आउने बाह्य तथा आन्तरिक पर्यटकलाई यहाँको कोसेलीको रुपमा बिक्री गरेर स्याउबाट आम्दानी गर्ने सोचसहित स्थानीयले व्यावसायिक खेती गर्ने योजना बनाएका बुझिएको छ ।

    यता स्याउ खेती गर्नलाई स्थानीय सरकारले सहयोग गर्नुपर्ने पनि स्थानीय किसानको माग रहेको छ । स्थानीय सरकार वा अन्य निकायको सहयोग पाएमा आफ्नो लगानी समेतबाट हिमाली भेगमा स्याउ खेती लगाउनलाई सहज हुने स्थानीय किसान बताउँछन् ।(गोरखापत्र)

    मङ्गलबार, कार्तिक ०४, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित
    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार ५ गते (१९

    • २.
      आज २०८३ साल असार ८ गते (२२

    • ३.
      आज २०८३ साल असार ७ गते (२१

    • ४.
      आज २०८३ साल असार ९ गते (२३

    • ५.
      आज २०८३ साल असार ६ गते (२०

    • ६.
      आज २०८३ साल असार १० गते (२४

    भर्खरै

    • १.
      आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार ३ गते (१७ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार २ गते (१६ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer