• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बुधबार, असार १०, २०८३
☰
बुधबार, असार १०, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

साने ताकाइची जापानकी पहिलो महिला प्रधानमन्त्री बन्ने सम्भावना


  •   मङ्गलबार, कार्तिक ०४, २०८२ मा प्रकाशित
  • काठमाडौं । जापानको सत्तारूढ लिबरल डेमोक्रेटिक पार्टी (एलडिपी) सोमबार नयाँ गठबन्धन सम्झौतामा हस्ताक्षर गर्न तयारी अवस्थामा रहेको बताइएपछि साने ताकाइची जापानको पहिलो महिला प्रधानमन्त्री बन्ने सम्भावना झन् प्रबल भएको जापानी मिडियाले जनाएको छ ।

    Advertisement

    ताकाइची यसै महिनाको सुरुआतमा एलडिपीकी नेत्री निर्वाचित हुनुभएको थियो तर गठबन्धन पतनपछि उहाँको प्रधानमन्त्री बन्ने प्रयास अस्थायी रूपमा अवरुद्ध भएको थियो । त्यसयता एलडिपीले नयाँ राजनीतिक सहकार्यको माध्यमबाट ताकाइचीको प्रधानमन्त्री पदतर्फको मार्ग पुनः प्रशस्त गर्ने प्रयास गरिरहेको छ ।

    क्योदो न्युजका अनुसार एलडिपी नेत्री ताकाइची र सुधारवादी दक्षिणपन्थी विपक्षी जापान इनोभेसन पार्टी (जेआइपी) की नेत्री हिरोफुमी योशिमुरा सोमबार नयाँ गठबन्धन सम्झौतामा हस्ताक्षर गर्न तयार हुनुहुन्छ । उक्त समाचार संस्थाले दुवै दलका अज्ञात वरिष्ठ अधिकारीहरूको उद्धरण दिँदै रिपोर्ट गरेको हो ।

    यस्तै, योमियुरी सिम्बुनका अनुसार पनि ‘ताकाइची र योशिमुराले सोमबार वार्ता सम्पन्न भएपछि औपचारिक रूपमा गठबन्धन सम्झौतामा हस्ताक्षर गर्ने सम्भावना उच्च छ ।’

    एलडिपीको दीर्घकालीन गठबन्धन साझेदार कोमेइटो पार्टीले २६ वर्षपछि सत्तारूढ गठबन्धन तोडेसँगै जापान हाल राजनीतिक सङ्कटको अवस्थाबाट गुज्रिरहेको छ । विपक्षी दलहरू भने प्रधानमन्त्रीका लागि साझा उम्मेदवारमा सहमत हुन असफल भएका छन् ।

    एलडिपी र जेआइपीबीच बन्न लागेको नयाँ गठबन्धनले मङ्गलबार ताकाइचीलाई प्रधानमन्त्रीका रूपमा संसद्बाट निर्वाचित गराउन सक्ने सम्भावना देखिन्छ । तथापि दुवै दल संयुक्त रूपमा संसद्को तल्लो सदन (हाउस अफ रिप्रिजेन्टेटिभ्स) मा बहुमत प्राप्त गर्न दुई सिट टाढा छन् ।

    यदि प्रधानमन्त्रीको मतदान दोस्रो चरणमा पुग्यो भने ताकाइचीलाई केवल अन्य दलका सांसदहरूको समर्थन आवश्यक पर्नेछ । यस्तो अवस्थामा उहाँ प्रधानमन्त्री पदमा निर्वाचित हुने सम्भावना उच्च रहेको राजनीतिक विश्लेषकहरूको मत छ ।

    यो सम्पूर्ण राजनीतिक घटनाक्रम अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको जापान भ्रमणको केही दिनअघि भइरहेको छ । ट्रम्प दक्षिण कोरियामा हुने वार्षिक एसिया–प्यासिफिक इकोनोमिक कोअपरेसन ९एपेक० शिखर सम्मेलनमा सहभागी हुनुअघि जापान पुग्ने तय भएको छ ।

    एलडिपी र जेआइपीका वरिष्ठ अधिकारीहरूले गत शुक्रबार टोकियोमा भएको वार्तामा केही महत्त्वपूर्ण सहमति गरेका थिए । तीमध्ये प्रमुख बुँदामा एलडिपीले खाद्य वस्तुमा उपभोग कर (कन्जम्पसन ट्याक्स) हालको १० प्रतिशतबाट घटाई शून्य बनाउने र कर्पोरेट तथा सङ्गठनात्मक चन्दा पूर्ण रूपमा समाप्त गर्ने जेआइपीको प्रस्तावलाई समर्थन गर्ने सहमति जनाएको हो ।

    त्यसैगरी, एलडिपीले संसद् सदस्यको सङ्ख्या घटाउने जेआइपीको मागलाई पनि स्वीकार गरेको बताइएको छ । यसलाई योशिमुराले गठबन्धन प्रवेशका लागि ‘असम्झौतायोग्य शर्त’ भन्नुभएको थियो ।

    यदि ताकाइची प्रधानमन्त्री बन्नुभएको खण्डमा जेआइपीले मन्त्री पद नलिने तर पार्टीको तर्फबाट एक जना विशेष सल्लाहकारलाई सरकारमा समावेश गर्ने योजना रहेको टिभी असाहीले जनाएको छ ।

    तर योमियुरी सिम्बुनका अनुसार योशिमुराले मन्त्री पद सम्हाल्ने कि क्याबिनेट बाहिरबाट मात्र सहयोग गर्ने भन्ने विषयमा अन्तिम निर्णय अझै नभएको स्पष्ट पार्नुभएको छ ।

    एएफपीले यस विषयमा टिप्पणीका लागि सम्पर्क गर्दा एलडिपी र जेआइपीका अधिकारीहरू उपलब्ध हुन नसकेको जनाएको छ ।

    यदि सम्झौता सोमबार औपचारिक रूपमा सम्पन्न भयो भने जापानको राजनीतिक इतिहासमा पहिलोपटक महिला प्रधानमन्त्रीको उदय हुने सम्भावना वास्तविकतामा परिणत हुनेछ र यो देशका लागि ऐतिहासिक क्षण ठहरिनेछ । (एएफपी)

    मङ्गलबार, कार्तिक ०४, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित
    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार ५ गते (१९

    • २.
      आज २०८३ साल असार ८ गते (२२

    • ३.
      आज २०८३ साल असार ७ गते (२१

    • ४.
      आज २०८३ साल असार ९ गते (२३

    • ५.
      आज २०८३ साल असार ६ गते (२०

    • ६.
      आज २०८३ साल असार १० गते (२४

    भर्खरै

    • १.
      आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार ३ गते (१७ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार २ गते (१६ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer