• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शुक्रबार, असार १९, २०८३
☰
शुक्रबार, असार १९, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

राशिफल कार्तिक २०८२, यस्तो रहनेछ यो महिना तपाईको


  •   शनिबार, कार्तिक ०१, २०८२ मा प्रकाशित
  • कार्तिक २०८२ को राशिफल

    Advertisement

    मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )

    मेष राशि हुनेहरूको लागि यो महिना उत्तम रहनेछ। सूर्यको सप्तम भावमा गोचर गर्नाले साझेदारी व्यापार वा दूर सञ्चार क्षेत्रबाट नयाँ अवसर मिल्नेछ। महिनाको मध्यदेखि सूर्य र शुक्रको योगले दाम्पत्य जीवनमा साज सजावटको सामानमा धन खर्च हुनेछ। मंगल र बुधको अष्टम भावमा योगले गर्दा आर्थिक निर्णयहरूमा सावधानी अपनाउनुहोला। बलले भन्दा बुद्धिको उपयोगले निर्णय लिने प्रयास गर्नुहोस्। व्यापार व्यवसायमा माननीय जनहरूबाट सलाह लिनुहोस्। शुक्रको सप्तम भावमा गोचर भोग विलासिताको सामानमा धन खर्च हुनेछ। दाम्पत्य जीवनमा आत्मीयता बढ्नेछ।

    वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
    वृष राशि हुनेहरूको लागि यो महिना सामान्य रहेको छ। सूर्यको छठौ भावमा गोचरले ऋण वा कानुनी मुद्दा मामलाहरूमा सफलता मिल्नेछ। माहको मध्यदेखि सूर्य वा शुक्रको युतिले अनावश्यक खर्चमा वृद्धि हुनेछ। कार्यक्षेत्रमा शत्रुहरू आफै किनारा लाग्नेछन्। विदेशतिरबाट लाभ मिल्ला। सप्तम भावमा बुध र मंगलको योगले साझेदारी व्यापारमा विवाद बढ्नेछ। आर्थिक निर्णयहरूमा सावधानी अपनाउनुहोला। दाम्पत्य जीवन तनावपूर्ण रहनेछ। हतारमा कुनै निर्णय नलिनुहोला। पारिवारिक वा वैवाहिक सम्बन्धको लागि यो महिना चुनौतीपूर्ण रहनेछ। जीवनसाथीको स्वास्थ्य वा व्यवहारलाई लिएर मनमा चिन्ता रहनेछ। विद्यार्थीहरूलाई यो महिना राम्रो रहेको छ। पढाइको क्षेत्रमा नयाँ कुरा सिक्ने अवसर मिल्नेछ। जीवनमा अनुशासन बनाएर राख्नुहोस्। यो महिना स्वास्थ्यलाई लिएर अलि सतर्क रहनुपर्ने हुन्छ। मधुमेह वा श्वास प्रश्वास सम्बन्धी समस्याले सताउन सक्छ। साना बच्चाबच्ची हरूलाई चिसोबाट जोगाउनुहोस्। नियमित व्यायाम गर्नुहोस्। जोखिमपूर्ण गतिविधिबाट बच्नुहोला।

    मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )

    मिथुन राशि हुनेहरूको लागि समय राम्रो रहेको छ। पञ्चम भावमा सूर्यको योगले गर्दा सन्तान को प्रगति र शिक्षालाई लिएर चिन्ता रहनेछ। प्रेम सम्बन्धमा विवादको स्थिति उत्पन्न होला। माहको मध्यदेखि सूर्य र शुक्रको योगले सुख समृद्धि र पारिवारिक वातावरण सकारात्मक रहनेछ। विद्यार्थीहरूलाई रचनात्मक र कलात्मक क्षेत्रमा विशेष सफलता मिल्नेछ। टेलिभिजन वा मिडियाको क्षेत्रबाट पनि विशेष सफलता आर्जन गर्न सकिनेछ। षष्ठ भावमा मंगल र बुधको योग भएको कारणले कार्यक्षेत्रमा धैर्यताको साथ निर्णय लिनुहोला। प्रेम सम्बन्धमा प्रतिस्पर्धा वा तनावको अवस्था सिर्जना हुनेछ। विद्यार्थी वा प्रेमीहरूले अनुशासन संगै संयमित व्यवहार कायम राख्नुपर्ने हुन्छ। स्वास्थ्यको दृष्टिकोणले यो महिना उत्तम रहेको छ। कार्यक्षेत्रमा नयाँ काम हात लाग्नेछ।

    कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )

    कर्कट राशि हुनेहरूको लागि यो महिना सामान्य रहेको छ। चतुर्थ भावमा सूर्यको गोचरले घरपरिवार र आफन्तहरूसंग मतभेद हुन सक्छ। मन अशान्त वा कुनै कुराले चिन्तित रहनेछ। नोकरी वा पेशामा अपयस खेप्नु पर्ला। माहको मध्यदेखि शुक्रको र सूर्यको युतिले कार्यक्षेत्र वा व्यापार व्यवसायमा राम्रो फड्को हात पार्न सकिनेछ। आयमा वृद्धि हुनुका साथै खर्च पनि बढ्नेछ। चलचित्र र अभिनय आदिमा विशेष सफलता हात लाग्नेछ। पञ्चभावमा बुध र मंगलको योगले रचनात्मक क्षेत्रमा मन जानेछ। सानोतिनो कुराले घरपरिवारमा शंका उत्पन्न हुनेछ। संवाद गर्दा तर्क वितर्क नगरी सिधा कुरा राख्ने प्रयास गर्नुहोला। पढाइ वा प्रेमको दृष्टिकोणले समय राम्रो रहेको छ। विद्यार्थीहरूलाई पढाइमा मित्रहरूको सहयोग मिल्नेछ। तर्कशक्तिमा वृद्धि हुनेछ तर मंगल सँग बुधको योगले पढाइमा मन एकाग्र गर्न गाह्रो हुनेछ। स्वास्थ्यको दृष्टिकोणले महिना सामान्य रहनेछ। छातीमा केही समस्या छ भने चिकित्साको सलाह अवश्य लिनुहोला।

    सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )

    सिंह राशि हुनेहरूको लागि समय उत्तम रहेको छ। तृतीय भावमा सूर्यको गोचरले धेर्य र पराक्रममा वृद्धि हुनेछ। आर्थिक योजनाहरूमा विवेकको साथ निर्णय लिनुहोस् सफलता अवश्य हात लाग्नेछ। लगनशीलताले शत्रुहरू आफै पछाडि हट्नेछन्। आफूभन्दा साना भाइबहिनीहरूसँग मनमुटावलाई सुल्झाउने समय रहेको छ। माहको मध्यमा विलासिता वा सौन्दर्यगत वस्तुहरूमा धन खर्च हुनेछ। चतुर्थ भावमा मंगल र बुधको गोचरले जग्गा जमिनबाट विशेष लाभ प्राप्त गर्न सकिनेछ। आफन्तहरू मध्य मतभेद बढ्नेछ। नोकरी वा पेशामा प्रभावशाली व्यक्तिहरूसँग सम्पर्क बन्नेछ। स्वास्थ्यको दृष्टिकोणले समय अनुकूल रहनेछ। विद्यार्थीहरूलाई पठनपाठनमा मन लाग्नेछ।

    कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )

    कन्या राशि हुनेहरूको लागि समय राम्रो रहेको छ। द्वितीय भावमा सूर्यको गोचरले धन सञ्चयमा वृद्धि हुने र आयस्रोतका नयाँ बाटाहरू खुल्नेछन्। उद्योग व्यापारमा आफ्ना निर्णयहरूले अरुलाई अचम्भित पार्न सक्नुहुनेछ। जोखिमपूर्ण निर्णय लिनुभन्दा अघि त्यस बारेमा जाँच अवश्य गर्नुहोला। माहको मध्यदेखि सूर्य र शुक्रको युतिले कला वा नृत्यको क्षेत्रमा विशेष सफलता दिलाउला। वैवाहिक सम्बन्धमा आकर्षण र सौहार्दता बढ्ने। धैर्य र पराक्रममा वृद्धि हुनेछ। दाजुभाइमा आत्मीयता बढ्नेछ। पढाइको दृष्टिकोणले यो महिना राम्रो रहनेछ। उच्च शिक्षालाई लिएर नयाँ अवसरहरू मिल्नेछन्। कार्यक्षेत्रमा गोपनीयता बनाएर राख्नुहोस्। राजनीतिक योजनाहरूमा सफलता मिल्नेछ। स्वास्थ्यले साथ दिनेछ।

    तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )

    तुला राशि हुनेहरूको लागि यो समय उत्तम रहेको छ। लग्नस्त सूर्यबाट मानसम्मानमा वृद्धि हुनेछ। सानो परिश्रमले पनि ठूलो लाभार्जन गर्न सकिनेछ। नोकरी वा पेशामा प्रभाव पर्ढ्नेछ। सूर्यको सप्तम भावमा दृष्टिले साझेदारी व्यापारमा सावधानी राख्नुपर्ने हुन्छ। वैवाहिक जीवनमा जीवनसाथीसँग उतारचढाव आउन सक्छ। माहको मध्यदेखि सूर्य शुक्रको योगले आर्थिक पक्ष सबल बन्ने वा आयस्रोत बढ्नेछ। व्यक्तिगत खर्चमा वृद्धि हुनेछ। वाहन लाभका संकेत देखिएका छन्। बोलीमा शब्द चयनको ध्यान राख्नुहोला। स्वास्थ्यको दृष्टिकोणले यो महिना उत्तम रहनेछ। पुरानो रोग वा बिमारीबाट मुक्ति मिल्नेछ। अध्ययन अध्यापनको लागि समय राम्रो रहेको छ। विद्यार्थीहरूको रचनात्मक वा आध्यात्मिक ज्ञानमा वृद्धि हुनेछ। व्यपारमा राम्रो परिणाम हात लाग्ला। नोकरी वा पेशामा अधिकारी वर्गहरुलाई आफ्नो कामले प्रभावित पार्न सक्नुहुनेछ।

    वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )

    वृश्चिक राशि हुनेहरूको लागि यो महिना सामान्य रहनेछ। सूर्यको द्वादश भावमा गोचरले आत्मबलमा कमी आउनेछ। दैनिक खर्च बढ्नेछ। वैदेशिक भ्रमणको लागि समय अनुकूल रहेको छ। ऋण वा कानुनी मुद्दा मामलाहरूमा समस्या आउला। माहको मध्यदेखि सूर्य वा शुक्रको युतीले अनावश्यक खर्चमा वृद्धि हुनेछ। विलासिताका सामानहरू जुटाउन सकिनेछ। आर्थिक योजनाहरूमा संयम वा सतर्क भएर निर्णय लिनुहोला। व्यापार व्यवसायमा सोचेजस्तो सफलता हात नलाग्ला। लाग्नस्त बुध र मंगलको योगले हतारमा लिएका निर्णयहरूले हानि हुनेछ। जग्गा जमिन वा ठेक्कापट्टाको कामबाट लाभ आर्जन गर्न सकिएला। नयाँ निर्णय लिनुभन्दा अघि माननीयजनहरूबाट सहयोग लिनुहोला। विद्यार्थीहरूको बौद्धिक क्षमतामा विकास हुनेछ। दाम्पत्य जीवनमा असमझदारी बढ्ला सावधान रहनुहोस्। स्वास्थ्यमा खानपिनको ध्यान राख्नुहोला।

    धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )

    धनु राशि हुनेहरूको लागि यो महिना उत्तम रहनेछ। सूर्यको एकादश भावमा गोचरले आर्थिक दृष्टिले यो महिना सुदृढ रहनेछ। मित्रवर्ग वा सामाजिक सञ्जालमा वा समाजमा मान प्रतिष्ठा बढ्नेछ। आफूभन्दा ठूला दाजुभाइसँग आत्मीयता बढ्नेछ। महिनाको मध्यदेखि सूर्य र शुक्रको योगले आर्थिक पक्षलाई बलियो बनाएतापनि अनावश्यक धन खर्च हुनेछ। प्रेम सम्बन्धमा असमझदारीको भावना जागृत होला। पिताको कार्यक्षेत्रमा उन्नति हुनेछ। बुध र मंगलको योग द्वादश भावमा हुनाले व्यवहारमा कमी झल्किनेछ। कठोर वाणीको प्रयोगले बनेको कार्य बिग्रेला सावधान रहनुहोला। आर्थिक निर्णयहरू लिँदा सावधानी अपनाउनुहोला। पारिवारिक वा वैवाहिक सम्बन्ध यो महिना चुनौतीपूर्ण रहनेछ। परिवार वा जीवनसाथीको मध्य सामन्जस्य बनाएर राख्ने प्रयास गर्नुहोला। विद्यार्थीहरूको पठनपाठनमा समय उत्तम रहेको छ। अनुशासनको साथ काम गर्नुहोस् सफलता अवश्य मिल्नेछ। सकारात्मक दृष्टिकोण राखेर कार्य गर्नुहोस् समय राम्रो रहेको छ।

    मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )

    मकर राशि हुनेहरूको लागि समय राम्रो रहेको छ। दशम भावमा सूर्यको योगले घरपरिवार वा आफूभन्दा ठूला दाजुभाइसँग आत्मीयता बढ्नेछ। कार्यक्षेत्रमा प्रभावशाली व्यक्तिहरूसँग सम्पर्क बढ्ला। नोकरी वा पेशामा पदोन्नतिका योग छन्। सम्पत्ति वा घरेलु खर्चमा वृद्धि हुनेछ। माहको मध्यदेखि सूर्य र शुक्रको योगले प्रेममा चलिरहेको तनावबाट मुक्ति मिल्नेछ। युवावर्गहरूलाई करियरलाई लिएर नयाँ अवसरहरू मिल्नेछन्। कार्यक्षेत्रमा मेहनत र रणनीतिको राम्रो फल मिल्नेछ। मंगल र बुधको योगले एघारौं भावमा विद्यार्थीहरूलाई पढाइमा गुरुजनहरूबाट सहयोग प्राप्त हुनेछ। कार्यक्षेत्रमा सहकर्मीहरूसँग विवादको सम्भावना देखिएको छ। स्वास्थ्यमा मानसिक तनावको समस्या देखिएको छ। प्रेम वा वैवाहिक सम्बन्धमा धैर्यताको आवश्यकता देखिएको छ। स्वास्थ्यले साथ दिनेछ।

    कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )

    कुम्भ राशि हुनेहरूको समय राम्रो रहेको छ। नवम भावमा सूर्यको योगले आँटेको कार्यमा सफलता मिल्नेछ। धर्मकर्म प्रति मन जानेछ। आफूभन्दा साना भाइबहिनीहरूसँग असमझदारी बढ्नेछ। नेतृत्व गर्ने क्षमतामा विकास हुनेछ। कार्यक्षेत्रमा व्यस्तताले परिवारलाई समय दिन नसकिएला। पारिवारिक सम्बन्धमा गोपनियता राख्ने प्रयास गर्नुहोस्। माहको मध्यदेखि सूर्य र शुक्रको योगले पढाई र प्रेम सम्बन्धको लागि यो महिना मिश्रित रहनेछ। मंगल र बुधको दशम स्थानमा गोचरले प्रतियोगी परीक्षामा सफलता मिल्नेछ। शत्रुहरू हार खाने छन्। सरकारी क्षेत्रमा रोकिएका कामहरूमा गति मिल्नेछ। स्वास्थ्यको दृष्टिकोणले समय राम्रो देखिएको छ। मानसिक तनाव वा थकान हावी हुन सक्छ।

    मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )

    मीन राशि हुनेहरूको लागि यो महिना सामान्य रहनेछ। अष्टम स्थानमा सूर्यको गोचरले गर्दा आर्थिक पक्षमा सतर्कता अपनाउनुपर्ने हुन्छ। नोकरी वा पेशामा र व्यापार व्यवसायमा ऋण वा गोपनियता बाहिरिनाले समाजमा अपयस खेप्नु पर्ला। माहको मध्यदेखि अष्टम भावमा सूर्य र शुक्रको युतिले अनावश्यक खर्च बढ्नेछ। घरपरिवारमा सम्पत्ति वा सम्बन्धलाई लिएर तनाव रहनेछ। कानुनी मुद्दा मामलाहरूमा पक्ष कमजोर रहला। नवमभावमा मंगल र बुधको योगले कार्यक्षेत्रमा संघर्ष धेरै गर्नुपर्ला। राजकीय र प्रशासनिक मामलाहरूमा समय लाग्नेछ। युवाहरूलाई करियरलाई लिएर चिन्ता रहनेछ। समयले सोचेजस्तो साथ नदेला। साझेदारी व्यापारमा सहकर्मीहरूसँग कुनै कुरालाई लिएर विवाद बढ्ला सावधान रहेर कार्य गर्नुहोस्। स्वास्थ्यलाई लिएर सतर्कता अपनाउनुहोस्।

    शनिबार, कार्तिक ०१, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार १४ गते (२८

    • २.
      आज २०८३ साल असार १६ गते (३०

    • ३.
      आज २०८३ साल असार १८ गते (२

    • ४.
      आज २०८३ साल असार १५ गते (२९

    • ५.
      आज २०८३ साल असार १९ गते (३

    भर्खरै

    • १.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer