• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
मङ्गलबार, असार ०९, २०८३
☰
मङ्गलबार, असार ०९, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल असार ३ गते (१७ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

विश्व खाद्य कार्यक्रमको बजेट कटौतीले भविष्यमा भोकमरी बढाउछ: महासचिव गुटेरेस


  •   आइतबार, कार्तिक ०२, २०८२ मा प्रकाशित
  • काठमाडौं । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले विश्वभर अहिले पनि ६ करोड ७३ लाख मानिस हरेक रात भोकै सुत्न बाध्य भइरहेको बताउनुभएको छ । त्यस्तै, करोडौँ मानिस भोलिको खाना पाउने नपाउने अन्योलमा रहेका छन् ।

    Advertisement

    अक्टोबर १६ मा मनाइने विश्व खाद्य दिवसको अवसरमा दिइएको सन्देशमा महासचिव गुटेरेसले भन्नुभयो, “८० वर्षअघि संसारका मुलुक भोकमरी अन्त्य गर्न एकजुट भएका थिए र त्यसयता खाद्य सुरक्षामा ठूलो प्रगति भएको छ । तर पछिल्ला सङ्कटले यदि हामीले सावधानी नअपनाएसम्म यी उपलब्धि टिकाउ हुन नसक्ने देखाएको छ ।”

    उहाँले भन्नुभयो,“हालका दशकहरूमा मोटोपनको समस्या, जलवायु परिवर्तन र द्वन्द्वग्रस्त क्षेत्रमा भोकलाई हतियारको रूपमा प्रयोग गर्ने जस्ता नयाँ चुनौती देखा परेका छन् । यो अत्यन्त लज्जास्पद यथार्थ हो रआज पनि युद्ध र द्वन्द्वको पीडामा परेका मानिसहरूलाई भोकै राखिएको छ, र कतै कतै दुर्भिक्षको स्थितिसमेत देखिएको छ ।”

    महासचिवले थप्नुभयो,“भोकमरी अन्त्य गर्न हामीसँग आवश्यक स्रोत, सीप र प्रविधि छन् । अब हामीलाई चाहिएको कुरा एकता र सहकार्य हो ।” गुटेरेसले विश्व समुदायलाई फेरि एक पटक एकजुट भई यस्तो खाद्य प्रणाली निर्माण गर्न आह्वान गर्नुभयो,जसले मानिसलाई पोषण मात्र प्रदान गरोस्, तर पृथ्वीको रक्षा पनि गरोस् ।

    भोकमरी विरुद्धको इतिहास र पछिल्लो चिन्ता

    दोस्रो विश्वयुद्धको विनाशपछि, सन् १९४५ को अक्टोबर १६ मा राष्ट्रसङ्घको खाद्य तथा कृषि सङ्गठन (एफएओ) स्थापना गरिएको थियो । त्यसैको सम्झनामा सन् १९७९ देखि हरेक वर्ष अक्टोबर १६ लाई विश्व खाद्य दिवसको रूपमा मनाइँदै आएको हो ।

    यस दिवसले सबैका लागि स्वस्थ, विविधतायुक्त, सस्तो र सुरक्षित खाना सुनिश्चित गर्नुपर्ने आवश्यकताबारे चेतना फैलाउने उद्देश्य राख्छ । यता, विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) ले बुधबार सार्वजनिक गरेको प्रतिवेदन अनुसार, खाद्य सहायता बजेटमा भारी कटौतीका कारण एक करोड ३७ लाखभन्दा बढी व्यक्ति गम्भीर भोकमरीको स्थितिमा पुग्न सक्ने चेतावनी दिएको छ ।

    सन् २०२५ मा डब्लुएफपीको बजेट ४० प्रतिशतले घट्ने प्रक्षेपण गरिएको छ, जसअनुसार कार्यक्रमको बजेट ६ अर्ब ४० करोड अमेरिकी डलरमा सीमित हुने अनुमान गरिएको छ । (सिन्ह्वा)

    आइतबार, कार्तिक ०२, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित
    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार ५ गते (१९

    • २.
      आज २०८३ साल असार ७ गते (२१

    • ३.
      आज २०८३ साल असार ८ गते (२२

    • ४.
      आज २०८३ साल असार ६ गते (२०

    • ५.
      आज २०८३ साल असार ९ गते (२३

    • ६.
      आज २०८३ साल असार ३ गते (१७

    भर्खरै

    • १.
      आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार ३ गते (१७ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार २ गते (१६ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      मासिक राशिफल: असार २०८३

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer