• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बुधबार, असार १०, २०८३
☰
बुधबार, असार १०, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

जगतगुरु बालसन्त मोहनसरणद्वारा बृहत्तर वराहक्षेत्र पदयात्रा पुन: सुरु


  •   बुधबार, कार्तिक ०५, २०८२ मा प्रकाशित
  • काठमाडौं । धार्मिक नगरी वराहक्षेत्र चतराधामबाट बृहत्तर वराहक्षेत्र पदयात्रा सुरु भएको छ । जगतगुरु बालसन्त मोहनसरणले बृहत्तर वराहक्षेत्र पदयात्रा २०८० सालबाट सुरु गर्नुभएको थियो । स्थानीय धार्मिक र पौराणिक सम्पदाहरूको प्रचारप्रसार र जगेर्ना गर्ने उद्देश्यले सुरु गरिएको पदयात्रा यस वर्ष पनि कात्तिक १ गतेबाट सुरु भएको हो ।

    Advertisement

    बृहत्तर वराहक्षेत्रभित्र पर्ने धार्मिक तथा ऐतिहासिक महत्त्वको मठ मन्दिर, तीर्थहरूको प्रवर्धन, प्रचार, उजागर गर्ने उद्देश्यले पदयात्राको सुरु गरिएको जगतगुरु बालसन्त मोहनशरण देवाचार्यले जानकारी दिनुभयो । “इतिहास आफैँ बन्दैन, हामिले नै बनाउनुपर्छ”, भन्दै नेपालराष्ट्रको धार्मिक गरिमा उन्नत गराउन वृहत्तर वराहक्षेत्रको कठीन पैदल यात्रामा निक्लनुभएका नेपाल राष्ट्रका एतिहासिक जगतगुरु श्री मोहन शरण देवाचार्यज्यू भन्नुहुन्छ, “यो परिक्रमा केवल परिक्रमा मात्रै होइन, यो त परिक्रमा मार्गमा रहेका सबै स्थानलाई उजागर गर्ने काम पनि हो, यो धार्मिक जगतमा फरक इतिहास निर्माण गर्ने काम हो । यस पवित्र धार्मिक यात्रामा स्थानीय व्यक्ति तथा संघसंस्थाको उल्लेख्य सहभागीताले हामिलाई थप उर्जा दिनेछ” ।

    कुम्भस्थल चतरा धामबाट सुरु भएको यस पदयात्रा पन्ध्रदिनेको हुने बताईएको छ । यस क्रममा धार्मिक सुनसरी, उदयपुर र धनकुटा जिल्लाका धार्मिक क्षेत्रको परिक्रमा गर्ने बताइएको छ । चतराधामबाट सुरु भएको पदयात्राले चतराधाम क्षेत्रबाट सप्तकोसी नदी पार गरी उदयपुरको बेलका नगरपालिका सोमबारेमा अवस्थित महाङ्काल भगवतीको पहिलो दर्शन गरिने जगदगुरु बालसन्त मोहनसरणले बताउनुभयो । उहाँका अनुसार कोसी नदी किनारमा रहेको कोसोप्पा गङ्गाको दर्शन गरिने छ । पदयात्रीले मैनामैनीमा अवस्थित मैनाकुट पर्वत र मैनादेवी भगवतीको दर्शन गरिने बताइएको छ ।

    पदयात्राको रुटमा पर्ने त्रिवेणी धाम, सफाइटार कामान्चल पर्वतस्थित शिव पाञ्चायन मन्दिर, मूलघाट विश्रान्ति धाम, बेलहरा, सागुरीगढी, नमस्ते झरना हुँदै कार्की छाप भेडेटार हुँदै पदयात्रा धरान आइपुग्ने जनाइएको छ ।

    पदयात्रीले धरानको शिवजट्टाधाम, वसुधाराधाम, बुढासुब्बा, दन्तकाली, पिण्डेश्वर मन्दिर हुँदै तरहराबाट इटहरी हुँदै वृद्ध गङ्गाको तटमा रहेको विश्वरुपेश्वर महादेव मन्दिरको दर्शन गरिने रुट रहेको जगदगुरु बालसन्तले जनाकारी दिनुभएको छ ।

    त्यसैगरी, सुनसरीमै रहेको रामपुरा, मानपुर सिङ्घियाको रुट हुँदै रामधुनी मन्दिरको परिक्रमा पश्चात पदयात्रा प्रकाशपुर, राजाबास र सालबनी हुँदै शक्ररुद्र तीर्थ, वराह भगवानको गर्भ गृहको दर्शन गरिने जगदगुरु बालसन्त मोहनसरणले जानकारी दिनुभएको छ । जगतगुरु बालसन्त मोहनसरणले बृहत्तर वराहक्षेत्र पदयात्रा २०८० सालबाट सुरु गर्नुभएको थियो ।

    बुधबार, कार्तिक ०५, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित
    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार ५ गते (१९

    • २.
      आज २०८३ साल असार ८ गते (२२

    • ३.
      आज २०८३ साल असार ७ गते (२१

    • ४.
      आज २०८३ साल असार ६ गते (२०

    • ५.
      आज २०८३ साल असार ९ गते (२३

    • ६.
      आज २०८३ साल असार १० गते (२४

    भर्खरै

    • १.
      आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार ३ गते (१७ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार २ गते (१६ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer