☰
बुधबार, कार्तिक १२, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

पूर्व प्रधानमन्त्री हसिनालाई मृत्युदण्ड दिनुपर्ने माग


  •   शुक्रबार, असोज ३१, २०८२ मा प्रकाशित
  • काठमाडौं । बङ्गलादेशका अभियोजन वकिलले बिहीबार मुलुकबाट पलायन हुनुभएकी पूर्व प्रधानमन्त्री शेख हसिनालाई मानवता विरुद्धको अपराधका लागि मृत्युदण्डको सजाय दिन अदालतमा माग पेस गरेका छन् ।

    Advertisement

    अभियोजनको आरोप अनुसार हसिनाले सन् २०२४ जुलाई-अगस्टमा विद्यार्थी नेतृत्वको विद्रोहलाई दमन गर्ने क्रममा घातक दमनको आदेश दिनुभयो, जसका कारण झडपमा एक हजार चार सय जनाको मृत्यु भएको थियो । संयुक्त राष्ट्रसङ्घको प्रतिवेदनले पनि यस झडपमा ठुलो सङ्ख्यामा जनधनको क्षति भएको पुष्टि गरेको छ ।

    मुख्य अभियोजक ताजुल इस्लामले अदालत बाहिर पत्रकारसँग कुरा गर्दै भन्नुभयो, “हामी उहाँलाई उच्चतम सजायको माग गर्दै छौँ । एकल हत्याका लागि मृत्युदण्ड नियम हो, तर एक हजार चार सय हत्याका लागि कम्तिमा एउटा मृत्युदण्डको माग उचित छ ।” अभियोजनका अनुसार ७८ वर्षीया हसिना यस घटनाको केन्द्रविन्दुमा हुनुहुन्थ्यो र जुलाई-अगस्ट विद्रोहको समयमा भएका सबै अपराध उहाँको वरिपरि केन्द्रित थिए ।

    मुद्दा दुई पूर्व वरिष्ठ अधिकारीको अनुपस्थितिमा अघि बढाइएको छ । पूर्व गृहमन्त्री असदुज्जमान खान कमाल फरार हुनुहुन्छ भने पूर्व प्रहरी प्रमुख चौधरी अब्दुल्लाह अल-मामुन हिरासतमा हुनुहुन्छ र दोषी ठहर हुनुभएको छ । अभियोजनले कमाललाई पनि मृत्युदण्डको सजाय भोग्नुपर्ने माग गरेको छ । जुन १ मा सुरु भएको मुद्दामा महिनौँको गवाही सुन्ने क्रममा हसिनाको भूमिकालाई आरोपको केन्द्रमा राखिएको छ ।

    अभियोजनले भनेका छन्, “उहाँको लक्ष्य आफ्नै र आफ्नो परिवारका लागि स्थायीरूपमा सत्तामा टासिने थियो ।” यसैबिच, हसिनाले गत वर्ष भारतबाट फर्कने अदालतको आदेशलाई अवहेलना गर्दै देशबाट भागेको तथ्य पुष्टि भएको छ । (एएफपी)

    शुक्रबार, असोज ३१, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दशैं: घटस्थापनाको बीउदेखि पूर्णिमाको उज्यालोसम्म
    भूगोल केन्द्रीय विभागमा रिमोट सेन्सिङ तथा जिआइएस केन्द्रको उद्घाटन
    विपद् आउनुअघि थाहा होस् ‘कहाँ के छ?
    भोटेकोशी बाढी: विपद्को गहिराइ बुझ्ने भूगोल
    नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “
    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    लोकप्रिय

    भर्खरै

    • १.
      दशैं: घटस्थापनाको बीउदेखि पूर्णिमाको उज्यालोसम्म

    • २.
      भूगोल केन्द्रीय विभागमा रिमोट सेन्सिङ तथा जिआइएस केन्द्रको उद्घाटन

    • ३.
      सोह्र श्राद्ध : पौराणिक पृष्ठभूमि एवं वैज्ञानिक तादात्म्यता

    • ४.
      विपद् आउनुअघि थाहा होस् ‘कहाँ के छ?

    • ५.
      भोटेकोशी बाढी: विपद्को गहिराइ बुझ्ने भूगोल

    • ६.
      तीज : चेलीका गीतदेखि स्वतन्त्रताको आवाजसम्म

    • ७.
      सिसिटिभी क्यामेराले जोगाइदिएको नैतिकता

    • ८.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer