काठमाडौं । विगत लामो समयदेखि बिभिन्न पेशा/व्यवसाय गर्दै, गोरखा क्यामुन्टारबाट काठमाडौं आई वसोवास गर्दै आएका क्यामुन्टार बासीहरुले हिजो बालाजु वाईसधारामा संयुक्त वनभोज आयोजना गरेका थिए । काठमाडौको वाईसधारा पार्क स्थित गुम्बा पिकनिक स्पटमा उक्त कार्यक्रम आयोजना गरिएको आयोजक समितिका सदस्य सुदिप रेग्मीले जानकारी दिनु भयो ।
उक्त अवसरमा झण्डै २०० को हाराहारीमा क्यामुन्टारवासीहरुको उपस्थित रहेको आयोजक समितीका सन्तोष श्रेष्ठले जानकारी दिनु भयो ।
सोहि अवसरमा पिकनिकसंगै सम्मान तथा बिभिन्न खेलकुद र मनोरन्जनात्मक कार्यक्रमहरु सन्चालन गरिएको थियो । खेलकुद तर्फ बिंगो, हाडी फुटाई, साना नानीहरु लक्षित आउट-ईन कार्यक्रम थिए भने, क्यामुन्टार निवासी जेष्ठ नागरीकलाई तथा पुर्व पाटनदेवी प्राविका शिक्षकहरुलाई दोसल्ला ओडाई सम्मान गरिएको थियो । नागार्जुन नपा वडा नं १ का सदस्य राम प्रसाद खनालले पुर्व प्रधानाध्यापक हरिदत्त खनाललाई दोसस्ला ओढाएर सम्मान गर्नु भएको थियो भने जेष्ठ सदस्य लगायत पुर्व सरहरुलाई हरिदत्त खनालले दोसल्ला ओढाई सम्मान गर्नु भएको थियो ।
खेलकुदतर्फ सहजकर्ताको भुमिकामा आयोजक समितीका यमराज खड्का, अनुज खनाल, सन्दिप रेग्मी र ठाकुर खनाल तथा कार्यक्रम सन्चालन गणेश दुवाडीले गर्नु भएको थियो । खेलकुद तर्फ बिजेताहरु क्रमशः सन्तोस श्रेष्ठ (हाडी फुटाई-५००), अदिती खनाल र यूनिक खड्का(आउट-ईन-२००,३००) तथा सफल मरहठ्ठा, मिन बहादुर श्रेष्ठ, अप्सरा दुवाडी, रन्जन खनाल (विंङ्गो-१०००/१०००) र सफला कुमाल (विंगो फुल हाउस-३०००) लाई पुरस्कार क्रमशः हरिदत्त खनाल, गोपीलाल ढकाल र हरि अर्यालले वितरण गर्नु भएको थियो ।
सोहि अवसरमा क्याटरिङ्ग सेवा प्रदान गर्नु भएको थियो नामजुङ निवासी अमृत थापाले । कार्यक्रममा क्यामुन्टार वासी बिभिन्न सेवा तथा क्षेत्रमा परिचित व्यक्तित्वहरु ललित श्रेष्ठ, हरि खनाल, राम चन्द्र खनाल, अनुप खनाल, उत्तम थापा, प्रकाश थापा, कृष्ण अर्याल, जित बहादुर कुमाल लगायत १६० तथा स-साना बाबुनानी सहित जगभग २०० बढीको उपस्थित रहेको साथै आफु बिबिध कारणले उपस्थित हुन नसके पनि गणेश रेग्मी, ओमकार थापा, अम्मर सिं थापा, रामकृष्ण अर्याल लगायतले कार्यक्रमको सफलताको शुभकामना दिनुभएको संयोजक ईश्वर अर्यालले जानकारी दिनु भयो ।






