• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शुक्रबार, बैशाख ०४, २०८३
☰
शुक्रबार, बैशाख ०४, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. वार्षिक राशिफल: २०८३

  • २. आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल वैशाख ३ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल वैशाख ४ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. मासिक राशिफल: वैशाख २०८३

  • ६. नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

प्रविधिमा महिला उपस्थिति बढाउन जोड दिँदै एडब्लुएस वुमन सम्मेलन सम्पन्न


  •   मङ्गलबार, फागुन २७, २०८१ मा प्रकाशित
  • काठमाडौं । सूचना प्रविधिको क्षेत्रमा लैंगिक विविधता अभिवृद्धिमा जोड दिँदै एडब्लुएस वुमन समिट नेपाल, २०२५ सम्पन्न भएको छ। अन्तर्राष्ट्रिय महिला दिवसका सन्दर्भमा एडब्लुएस युजर ग्रुप वुमन इन टेक नेपालले काठमाडौँ मोडल कलेजमा आयोजना गरेको सम्मेलनमा क्लाउड प्रविधिमा महिलाहरुको सहभागिता बढाउँदै डिजिटल युगमा समावेशिता र नवीनता प्रवर्द्धनमा जोड दिइयो।

    Advertisement

    त्यसअवसरमा बोल्ने अधिकांशले सूचना तथा प्रविधिको क्षेत्रमा महिलाको पहिचान, अवसर र नेतृत्व बढाउनु पर्नेमा सरोकारवालाहरुले जोड दिएका थिए। सम्मेलनमा क्लाउड प्रविधिमा नवीनतम प्रयोग, व्यवसायिक अवसर र समावेशीकरणका विषयमा वृहत छलफल भएको थियो। सम्मेलनमा देश तथा विदेशका प्रविधि विज्ञ, क्लाउड विशेषज्ञ, उद्यमी तथा विद्यार्थीको उपस्थिति थियो।

    सम्मेलनमा एडब्लुएस एसिया प्रशान्त तथा जापान क्षेत्रका डेभलपर रिलेसन प्रमुख मौना निलाकण्ठाले क्लाउड प्रविधिको बढ्दो प्रभाव, नवीनता र समावेशीको महत्व र आवश्यकताका विषयमा चर्चा गरिन्। उनले प्रविधिमा महिलाको उपस्थितिलाई अझ मजबुत बनाउनुपर्ने आवश्यकता औँल्याइन्।

    नेपालमा ब्लकचेन स्टार्टअपमा महिलाहरु विषयक सत्रमा रुमी सिंहले आफ्नो अनुभव राख्दै यस क्षेत्रमा महिलाहरुको सहभागिता बढाउनुपर्नेमा जोड दिइन्। साथै रुचि पाण्डेले प्रविधिको क्षेत्रमा करिअर निर्माण र स्टार्र्टअपमा सफलताका लागि पीआर र व्यक्तिगत ब्राण्डिङको महत्व र आवश्यकताबारे चर्चा गरिन्।

    सम्मेलनमा क्लाउड युगमा विविधता, समानता र समावेशिता प्रवर्द्धन शीर्षकको समूहगत छलफलका क्रममा प्रविधिको क्षेत्रमा महिलाका लागि अवसरका विषयमा गहन छलफल भएको थियो।

    साथै क्लाउडका नवीनतम प्रविधि, व्यावसायिक अवसर र प्रविधि क्षेत्रमा समावेशीकरणलाई बढावा दिने गरी विभिन्न विषयमा कार्यशाला आयोजना समेत गरिएको थियो। बुस्ट प्रडक्टिभिटी एण्ड ह्याप्पीनेस विथ एडब्लुएस जेनएआई शीर्षकको कार्यशालामा एडब्लुएस जेनेरेटिभ एआईले कसरी कार्यालयको क्षमता बढाउन सहयोग गर्छ भन्ने विषयमा चर्चा गरियो।

    साथै एडब्लुएस क्लाउडः बिल्ड एनिथिङ, स्केल एभ्रिवेयर, इनोभेट फास्टर शीर्षकको कार्यशालामा स्टार्टअप, व्यापार र डेभलपरको क्षेत्रमा एडब्लुएसले कसरी असीमित अवसर सिर्जना गरिरहेको छ भन्ने विषयमा छलफल गरियो।

    साथै स्केलिङ युअर, स्किल्सः एडब्लुएस क्लाउड एज अ प्लेटफर्म फर कन्टिनियस लर्निङ शीर्षकको कार्यशालामा एडब्लुएस प्रमाणपत्र र स्रोतको उपयोग गर्दै करिअर निर्माण गर्न सकिनेमा जोड दिइयो।

    त्यसअवसरमा वक्ताहरु देश दीपक धोबी, आरके दाहाल, देवी भट्टराई, गंगा सुब्बा, सदिक्षा दाहाल, मुना भट्टराई र निखिल केसीले क्लाउड समाधान, प्रविधि शिक्षा र करिअरको विकासबारे चर्चा गरे। विशेष गरी निखिल केसीको एडब्लुएस क्लाउड कप्तान कसरी बन्ने? विषयक सत्र प्रभावशाली रह्यो।

    एडब्लुएस क्लाउड प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका खेलेका व्यक्तित्वलाई मौना निलकन्ठाले सम्मानस्वरूप मायाको चिनो प्रदान गरिन्। साथै उक्त अवसरमा विभिन्न सांगीतिक प्रस्तुति, अन्तरक्रियात्मक खेल समेत आयोजना गरिएको थियो। सहभागीहरूले एकापसमा विचार आदानप्रदानका साथै भविष्यमा हुनसक्ने सम्भावित सहकार्यबारे छलफल गरे।

    सम्मेलनका आयोजक तथा एडब्लुएस वुमन इन टेक नेपालका वर्षा भण्डारीले सम्मेलन प्रविधि शिक्षा र अवसरमा मात्रै केन्द्रित नभइ समावेशी प्रविधि समुदाय निर्माण गर्न महत्वपूर्ण अवसर भएको बताइन्।

    “प्रविधिमा महिला सहभागिता बढाइ डिजिटल परिवर्तन सबैका लागि समान योगदान पुर्याउन आवश्यक छ”, उनले भनिन्। नेपालमा क्लाउड प्रविधि क्षेत्रमा महिलाको उपस्थितिलाई थप प्रभावकारी र सशक्त बनाउन यसप्रकारका कार्यक्रमहरूले ठोस प्रभाव पार्ने विश्वास गरिएको छ।

    सम्मेलन सम्पन्न गर्नका लागि एडेक्स इन्टरनेसनल, काठमाडौँ मोडल कलेज, एमआईटी, एनएएस–आईटी, आइडिया स्टुडियो नेपाल, एडब्लु युजर ग्रुप नेपाल–मध्यपश्चिम क्षेत्र, एडब्लुएस क्लाउड क्लब नेपाल, डेभअप्स काठमाडौँ र विनेपालको महत्वपूर्ण सहयोग गरेका थिए। (टेक्नोलोजी खबर)

    मङ्गलबार, फागुन २७, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मासिक राशिफल: वैशाख २०८३
    आज २०८३ साल वैशाख ४ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    वार्षिक राशिफल: २०८३
    आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न
    बालेन सरकारको १०० बुँदे कार्यसूची: मन्त्रालय १७ बनाइने, २०४८ यताका सबैको सम्पत्ति छानबिन हुने

    लोकप्रिय

    • १.
      वार्षिक राशिफल: २०८३

    • २.
      आज २०८३ साल वैशाख १ गते मंगलवार:

    • ३.
      आज २०८३ साल वैशाख ३ गते बिहीवार:

    • ४.
      आज २०८३ साल वैशाख ४ गते शुक्रवार:

    • ५.
      मासिक राशिफल: वैशाख २०८३

    • ६.
      नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    भर्खरै

    • १.
      मासिक राशिफल: वैशाख २०८३

    • २.
      आज २०८३ साल वैशाख ४ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल वैशाख ३ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      वार्षिक राशिफल: २०८३

    • ५.
      आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    • ७.
      आज २०८२ साल चैत १९ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८२ साल चैत १७ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer