☰
बिहिबार, कार्तिक १३, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

महिला टी-२० क्रिकेट: अन्तिम खेलमा हङकङविरुद्ध नेपाल विजयी


  •   शनिबार, चैत ०२, २०८१ मा प्रकाशित
  • काठमाडौँ । युगान्डामा जारी महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको अन्तिम खेलमा नेपाल विजयी भएको छ । नेपालले हङकङमाथि ६ विकेटको जित निकालेको हो ।

    Advertisement

    सुरुमा ब्याटिङ गरेको हङ्कङले दिएको १०५ रनको लक्ष्य नेपालले १९ दशमलव ३ ओभरमा चार विकेट गुमाएर भेट्टाएको हो।

    नेपालका लागि सम्झना खड्काले सर्वाधिक ४७ रन बनाउनुभयो। उहाँले ४३ बलको सामना गर्दा चार चौका हिर्काउनुभयो। कप्तान इन्दु बर्माले ३२ बलको सामना गर्दै १८ रन जोड्नुभयो। रोमा थापा ७ बलको सामना गर्दा मात्र चार रन बनाएर आउट हुँदा बिन्दु रावलले चार बल खेल्दै चार रन मात्र बनाउनुभयो। नेपालका लागि पूजा महतोले नटआउट २६ बलमा २० रन बनाउनुभयो। अलिसा यादवले नटआउट ५ रन बनाउनुभयो।

    युगान्डाको इन्टेबे क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको हङ्कङले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १०४ रन बनाएको थियो। उसका लागि शान्जिन शहजदले सर्वाधिक ५४ रन बनाउनुभयो। उहाँले ४७ बलमा पाँच चौका र एक छक्का प्रहार गर्नुभयो। करी चानले १६ तथा यास्मिन दासवानीले १४ रन बनाउनुभएको थियो।

    बलिङतर्फ नेपालकी राजमती ऐरीले तीन, कप्तान इन्दु बर्माले दुई तथा पूजा महतो र ईश्वरी विष्टले एक एक विकेट लिनुभयो।

    पहिलो खेलमा नामिबियासँग ६ विकेटले पराजित भएको नेपालले दोस्रो खेलमा घरेलु टोली युगान्डालाई एक विकेटले पराजित गरेको थियो। तेस्रो खेलमा नेपाल हङकङसँग दुई रनले पराजित भएको नेपाल चौथो खेलमा नामिबियासँग २३ रनले पराजित भएको थियो। बिहीबार पाँचौँ खेलमा नेपाल घरेलु टोली युगान्डासँग ४० रनले पराजित भएको थियो।

    शनिबार, चैत ०२, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दशैं: घटस्थापनाको बीउदेखि पूर्णिमाको उज्यालोसम्म
    भूगोल केन्द्रीय विभागमा रिमोट सेन्सिङ तथा जिआइएस केन्द्रको उद्घाटन
    सोह्र श्राद्ध : पौराणिक पृष्ठभूमि एवं वैज्ञानिक तादात्म्यता
    विपद् आउनुअघि थाहा होस् ‘कहाँ के छ?
    भोटेकोशी बाढी: विपद्को गहिराइ बुझ्ने भूगोल
    नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    लोकप्रिय

    भर्खरै

    • १.
      दशैं: घटस्थापनाको बीउदेखि पूर्णिमाको उज्यालोसम्म

    • २.
      भूगोल केन्द्रीय विभागमा रिमोट सेन्सिङ तथा जिआइएस केन्द्रको उद्घाटन

    • ३.
      सोह्र श्राद्ध : पौराणिक पृष्ठभूमि एवं वैज्ञानिक तादात्म्यता

    • ४.
      विपद् आउनुअघि थाहा होस् ‘कहाँ के छ?

    • ५.
      भोटेकोशी बाढी: विपद्को गहिराइ बुझ्ने भूगोल

    • ६.
      तीज : चेलीका गीतदेखि स्वतन्त्रताको आवाजसम्म

    • ७.
      सिसिटिभी क्यामेराले जोगाइदिएको नैतिकता

    • ८.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer