• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शुक्रबार, बैशाख ०४, २०८३
☰
शुक्रबार, बैशाख ०४, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. वार्षिक राशिफल: २०८३

  • २. आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल वैशाख ३ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल वैशाख ४ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. मासिक राशिफल: वैशाख २०८३

  • ६. नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

मनमोहक निसेलढोरका रात अझै दियालोमा


  •   आइतबार, चैत ०३, २०८१ मा प्रकाशित
  • काठमाडौं । बागलुङको पश्चिमीक्षेत्र निसीखोला गाउँपालिका–५ मा पर्ने निसेलढोर प्राकृतिक रूपमा जति मनमोहक छ, त्यहाँको जनजीवन उति नै कष्टकर छ । निसीखोलाको मध्य भाग हुँदै पुष्पलाल मध्यपहाडी लोकमार्ग विस्तार हुँदा सडक आसपासमा बजारीकरणको लहर नै चलेको छ तर अधिकांश कठिन भूगोल रहेको निसीको ग्रामीण जनजीवन अत्यासलाग्दो छ ।

    Advertisement

    निसी भल्कोटबाट करिब आठ/नौ घण्टाको पैदलयात्रापछि मात्रै पुग्न सकिने निसेलढोर सडक सञ्जालसँग अझै जोडिएको छैन । विद्यालय भवन जीर्ण छन् । निमावि तहको अध्ययन गर्न बेसीको बोबाङ झर्नु पर्छ । प्रशस्त खानेपानीका मुहान छन् तर पर्याप्त धारा छैनन् । बालविवाह बढ्दो छ, चेतना छैन । सामाजिक स्वास्थ्य एकाइ छ, जनशक्ति छैन । निसेलढोरमा गतवर्ष मात्रै फोन सेवा सञ्चालनमा आएको हो । नेपाल टेलिकमले दुर्गम र पर्यटकीय क्षेत्रमा फोरजी चलाउने अभियान चलाएपछि निसेलढोर सञ्चार सुविधासँग जोडियो तर दियालोले फोनलाई ऊर्जा मिल्दैन ।

    जसोतसो सञ्चार सुविधा प्राप्त गरेका निसेलढोरबासी विद्युतीकरण नहुँदा अहिले पनि उज्यालोका लागि दियालोको सहारा लिन विवश छन् । त्यहाँ विद्युत् विस्तार गर्न पोल गाडेको झन्डै तीन वर्ष बितिसक्यो । विद्युत् आपूर्ति हुने आशामा त्यहाँका घर घरमा वायरिङसमेत गरिएको छ तर विद्युत् विस्तार नहुँदा दियालोको उज्यालोमा रात गुजार्नु परेको स्थानीय खुमा विश्वकर्माले गुनासो गर्नुभयो ।

    निसेलढोरका ५५ घरपरिवारमध्ये केहीले सोलार बत्ती प्रयोग गरे पनि अधिकांशले उज्यालोका लागि लेकाली सल्लाको रुखबाट प्राप्त हुने दियालोको सहारा लिनुपरेको छ । विद्युत् नहुँदा गाउँमा जङ्गली जनावरदेखि चोरीसम्मको डर हुने गरेको विश्वकर्माको भनाइ छ । “घर घरमा वायरिङ गर्दा र पोलहरू गाड्दा गाउँमा छिट्टै विद्युत् आउने विश्वास थियो, वायरिङ बिग्रन थालिसक्यो बिजुली आउने पत्तो छैन,” विश्वकर्माले भन्नुभयो ।

    निसेलढोरमा विद्युत् विस्तारका लागि गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०७८/७९ मा विनियोजन गरेको ३१ लाख रुपियाँ बजेटबाट पोल गाड्ने काम भए पनि ट्रान्सफर्मरलगायतका सामग्री खरिद गर्न नसक्दा बजेट फ्रिज भएको थियो ।

    विद्युतीकरणका लागि गाउँपालिकाले निरन्तर प्रयास गरे पनि सफल भने हुन सकेको छैन । “ढोरपाटन भुजी लघु जलविद्युत् आयोजनाको विद्युत् जोड्ने गरी केही पोल गाड्ने काम भए पनि बजेट फ्रिज हुँदा कामै अघि बढ्न सकेन,” निसीखोला गाउँपालिकाका उपाध्यक्ष प्रेमबहादुर घर्ती मगरले भन्नुभयो । विद्युत् नपुगेको ठाउँमा सोलार जोड्ने योजना पनि सफल हुन नसकेको घर्ती मगरले सुनाउनुभयो । गण्डकी प्रदेश सरकारसँग छलफल चलिरहेकाले निसेलढोरमा छिट्टै विद्युतीकरण हुने विश्वास उहाँको छ ।

    नेपाल विद्युत् प्राधिकरण बागलुङ वितरण केन्द्रका प्रमुख पवन पौडेलले प्रदेश सरकारले गाडेका पोलहरू प्राधिकरणलाई हस्तान्तरण गरे निसेलढोरमा छिट्टै विद्युत् विस्तार हुने बताउनुहुन्छ । प्रदेश सरकारले गाडेका आठ मिटर अग्ला पोलहरू ११ केभी लाइन प्रसारण गर्ने मानकका नभए पनि काम भने अघि बढाउन सकिने उहाँको भनाइ छ ।(गोरखापत्रबाट)

    आइतबार, चैत ०३, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मासिक राशिफल: वैशाख २०८३
    आज २०८३ साल वैशाख ४ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    वार्षिक राशिफल: २०८३
    आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न
    बालेन सरकारको १०० बुँदे कार्यसूची: मन्त्रालय १७ बनाइने, २०४८ यताका सबैको सम्पत्ति छानबिन हुने

    लोकप्रिय

    • १.
      वार्षिक राशिफल: २०८३

    • २.
      आज २०८३ साल वैशाख १ गते मंगलवार:

    • ३.
      आज २०८३ साल वैशाख ३ गते बिहीवार:

    • ४.
      आज २०८३ साल वैशाख ४ गते शुक्रवार:

    • ५.
      मासिक राशिफल: वैशाख २०८३

    • ६.
      नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    भर्खरै

    • १.
      मासिक राशिफल: वैशाख २०८३

    • २.
      आज २०८३ साल वैशाख ४ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल वैशाख ३ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      वार्षिक राशिफल: २०८३

    • ५.
      आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    • ७.
      आज २०८२ साल चैत १९ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८२ साल चैत १७ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer