• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बुधबार, असार १०, २०८३
☰
बुधबार, असार १०, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

संसारका धेरैले नजिकको वस्तु देख्दैनन्, यसबाट कसरी बच्‍ने ?


  •   मङ्गलबार, चैत ०५, २०८१ मा प्रकाशित
  • काठमाडौं । संसारका १८० करोड मानिस बढीले नजिकको वस्तु देख्दैनन् । तीमध्ये अधिकांश ४० वर्ष उमेर कटेकाहरू छन् । र, उनीहरूलाई देखिएको समस्या प्रेसबिओपिया हो ।

    Advertisement

    प्रेसबिओपिया भनेको नजिकको वस्तु नदेख्‍ने समस्या हो । त्यस्तो समस्या भएका मानिसका आँखामा चश्मा हुन्छ । तर, चश्माभन्दा माथिबाट टाढाका वस्तु हेर्छन्, चश्माबाट भने आँखा नजिक रहेका वस्तु, किताब या ग्याजेट हेरिरहेका हुन्छन् ।

    प्रेसबिओपिया एक उमेरसम्बन्धी समस्या हो । र, यो ४० वर्ष उमेर कटेपछि नै बढी देखिन्छ । जब आँखाको लेन्सको इलास्टिसिटी कम हुन्छ, प्रेसबिओपियाको समस्या शुरु हुन्छ । यसमा सुधारका लागि चश्मा, कन्ट्याक्ट लेन्स र सर्जरीजस्ता विकल्प उपलब्ध छन् ।

    प्रेसबिओपिया हुँदा आँखाको फोकस बदल्ने क्षमता समाप्त हुँदै जान्छ । र, कुनै नजिकको वस्तु हेर्न, पढ्न र लेख्‍न समस्या हुन थाल्छ । संसारका १८० करोड मानिसमा यो समस्या रहेको रिपोर्ट ‘नेसनल लाइब्रेरी अफ मेडिसिन’मा प्रकाशित भएको हो ।

    प्रेसबिओपियाका लक्षण यस्ता

    – पढ्नका लागि अधिक उज्यालो आवश्यक हुन्छ
    – सामान्य दूरीमै अक्षर धमिलो देखिन्छ
    – स-साना अक्षर पढ्न समस्या हुन्छ
    – कुनै वस्तु आँखा नजिक ल्याउँदा धमिलो देखिन्छ
    – पढ्नका लागि कम्तिमा एक हातको दूरीमा राख्‍नुपर्छ
    – नजिक हेर्ने कोशिस गर्दा टाउको दुख्‍न सक्छ
    – नजिकको वस्तु हेर्न आँखालाई हल्का बन्द गर्नुपर्ने हुन सक्छ

    कारण के के ?

    – एनिमिया
    – कार्डियो भास्कुलर बिरामी
    – डाइबिटिज
    – आँखाकै कुनै बिरामी
    – रक्त सञ्‍चार कमजोर हुनु
    – माइस्थेनिया ग्रेभिस नामक अटोइम्युन बिरामी, जसबाट शरीरका मांशपेशी कमजोर हुन्छन्

    यी औषधि पनि कारक

    – एन्टी एन्जाइटी औषधि (चिन्ता या घबराहटको औषधि)
    – एन्टी डिप्रेसेन्ट (डिप्रेसनको औषधि)
    – एन्टी हिस्टामाइन्स (एलर्जीको औषधि)
    – एन्टी साइकोटिक्स (मनोविकारको औषधि)
    – डायुरेटिक्स (मूत्रसम्बन्धी विकारको औषधि)

    कसरी बच्‍ने ?

    – आँखाको नियमित जाँच गराऊँ
    – डाइबिटिज या उच्च रक्तचापलाई व्यवस्थापन गरौं
    – चर्को घाममा सनग्लास लगाऊँ
    – एन्टी अक्सिडेन्ट्सका लागि सबै रंगका सागसब्जी र फलफूल खाऊँ
    – ‘भिटामिन ए’ प्राप्त गर्न हरिया सागसब्जी, दुग्धजन्य पदार्थ र माछा खाऊँ
    – बिटा केरोटिनका लागि गाँजर, पालक, टमाटर, सखरखण्ड, ब्रोकाउली खाऊँ
    – सही पावरको चश्मा लगाइरहेको छु भन्‍ने सुनिश्‍चित गरौं
    – पढ्न बसेको समयमा कोठामा राम्रो उज्यालोको व्यवस्था गरौं (भास्कर डट कम)

    मङ्गलबार, चैत ०५, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    मासिक राशिफल: असार २०८३
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार ५ गते (१९

    • २.
      आज २०८३ साल असार ७ गते (२१

    • ३.
      आज २०८३ साल असार ८ गते (२२

    • ४.
      आज २०८३ साल असार ६ गते (२०

    • ५.
      आज २०८३ साल असार ९ गते (२३

    • ६.
      आज २०८३ साल असार १० गते (२४

    भर्खरै

    • १.
      आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार ३ गते (१७ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार २ गते (१६ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer