• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शुक्रबार, भदौ ०५, २०८३
☰
शुक्रबार, भदौ ०५, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

सिंगापुर र मलेसियामा खेल्न जाने फुटबल टिमको बिदाइ


  •   बुधबार, चैत ०६, २०८१ मा प्रकाशित
  • काठमाडौं । सिंगापुरसँग मैत्रीपूर्ण खेल र एसियन कप छनोट खेल्न जान लागेका नेपाली राष्ट्रिय फुटबल टिमलाई बिदाइ गरिएको छ । मंगलबार काठमाडौंमा राखेप सदस्य-सचिव टंकलाल घिसिङ र एन्फा पदाधिकारीहरूले नेपाली राष्ट्रिय फुटबल टिमलाई बिदाइ गर्नुभएको हो । नेपालले यही चैत ८ गते (शुक्रबार)देखि सिंगापुरसँग मैत्रीपूर्ण खेल खेल्नेछ भने एसियन कप छनोटमा चैत १२ गते मलेसियासँग उसकै घरेलु मैदानमा खेल्ने तालिका छ ।

    Advertisement

    बिदाइ कार्यक्रममा नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान किरण चेम्जोङले नयाँ प्रशिक्षक र नयाँ खेलाडीका साथै छोटो समयको प्रशिक्षणपछि पनि खेलका लागि उत्साहित भएको बताउनुभयो ।

    नयाँ कोच भए पनि त्यसलाई सबैले सहजरूपमा लिएर प्रशिक्षणमा सहभागी भएको उहाँको भनाइ थियो । उहाँले अबको खेलमा नेपाली टोलीले राम्रो प्रदर्शन गर्ने र साफको राम्रो तयारी हुने समेत उल्लेख गर्नुभयो ।

    त्यस्तै, नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले खेलाडीको प्रशिक्षण र व्यवहार निकै राम्रो भएकाले उत्कृष्ट टिम निर्माण भएको सुनाउनुभयो । २३ सदस्यीय टोली बनाउँदा केही खेलाडी छुटे पनि मैत्रीपूर्ण खेल र एसियन कप छनोट खेलमा राम्रो नतिजा आउनेमा आफू सकारात्मक रहेको उहाँको भनाइ थियो ।

    उहाँले जारी गरेको टिममा गोलकिपर अञ्जल श्रेष्ठ, डिफेन्डर रक्षक सुमन श्रेष्ठ र फरवार्ड सुवास बम ठकुरीले पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाउनुभएको हो । फरवार्ड रेजिन सुब्बा र मिडफिल्डर कृतिशरत्न छुन्जु राष्ट्रिय टोलीमा फर्किनुभएको छ ।

    फरवार्ड सुवास बम ठकुरी, गोलकिपर अञ्जल श्रेष्ठ र रक्षक सुमन श्रेष्ठलाई समेट्दै मुख्य प्रशिक्षक म्याट रसले २३ सदस्यीय टोली घोषणा गर्नुभएको थियो ।

    नेपाली टोलीमा गोलकिपर किरण चेम्जोङ, दीप कार्की, अञ्जल श्रेष्ठ, रक्षक अनन्त तामाङ, विमल पाण्डे, सनिश श्रेष्ठ, रन्दीप पौडेल, सुमित श्रेष्ठ, अभिषेक लिम्बू, सुमन श्रेष्ठ, मिडफिल्डर रोहित चन्द ठकुरी, लाकेन लिम्बू, रोहन कार्की, मणिकुमार लामा, भरत खवास, एरिक विष्ट, मनिष डाँगी, कृतिशरत्न छुन्जु, आयुश घलान र फरवार्ड जिलेस्पीजंग कार्की, अञ्जन विष्ट, सुवास बम ठकुरी, रेजिन सुब्बा रहनुभएको छ ।

    बुधबार, चैत ०६, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “
    आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    मासिक राशिफल: असार २०८३
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    लोकप्रिय

    भर्खरै

    • १.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    • २.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ४.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer