• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शुक्रबार, बैशाख ०४, २०८३
☰
शुक्रबार, बैशाख ०४, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. वार्षिक राशिफल: २०८३

  • २. आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल वैशाख ३ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल वैशाख ४ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. मासिक राशिफल: वैशाख २०८३

  • ६. नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

पुन: लोडसेडिङ हुने हल्लाप्रति निजी क्षेत्रको आपत्ति


  •   शुक्रबार, चैत ०८, २०८१ मा प्रकाशित
  • काठमाडौं । निजी क्षेत्रका छाता संगठनहरूले औद्योगिक क्षेत्रमा पटक-पटक दोहोरिने घोषित-अघोषित लोडसेडिङप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन् । निजी क्षेत्रका छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल उद्योग परिसंघ(सिएनआई)ले बिहीबार विज्ञप्ति जारी गर्दै पछिल्लो समयमा देशभरका विभिन्न औद्योगिक क्षेत्रहरूमा १२ घण्टासम्मको अनियमित तथा अग्रिम जानकारीबिना गरिएको विद्युत् कटौतीले औद्योगिक उत्पादन र व्यावसायिक वातावरणमा गम्भीर असर पुर्‍याइरहेको भन्दै नियमित विद्युत् आपूर्ति व्यवस्था मिलाउन माग गरेका छन् ।

    Advertisement

    महासंघद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘लोडसेडिङका कारण उद्योगहरू ठूलो समस्यामा परेका छन् । नियमित तथा आकस्मिक विद्युत् अवरोधले उद्योगहरूको निरन्तर सञ्चालन अवरुद्ध गर्दै उत्पादन प्रक्रियामा अनपेक्षित असर पु¥याइरहेको छ, जसका कारण उत्पादनमा भारी गिरावट आएको छ ।

    त्यसैगरी बारम्बार दोहोरिने विद्युत् आपूर्तिको अस्थिरताले मेसिनरी र अन्य उपकरणमा क्षति पु¥याई मर्मत, सम्भार र प्रतिस्थापनमा उद्योगहरूले ठूलो आर्थिक भार बेहोरिरहेका छन् । यस्ता व्यवधानहरूले मुलुकको अर्थतन्त्रमा देखिएको झिनो सुधार प्रभावित पार्दै दीर्घकालीनरूपमा आर्थिक संकटको जोखिम बढाउने सम्भावना छ ।’

    महासंघले उद्योग क्षेत्रका लागि अविच्छिन्न, भरपर्दो र नियमित विद्युत् आपूर्ति सुनिश्चित गर्न तत्काल आवश्यक कदम चाल्न सरकारको ध्यानाकर्षण गराउँदै दीर्घकालीनरूपमा मुलुकको औद्योगिकीकरणलाई गति दिन ऊर्जा पूर्वाधारमा थप लगानी गर्न, ऊर्जा आपूर्ति सहज बनाउन तथा निजी क्षेत्रसँग निरन्तर संवाद र सहकार्यलाई सशक्त बनाउन आग्रह गरेको छ ।

    त्यसैगरी सिएनआईले पनि अर्थतन्त्रको मेरुदण्ड रहेको उद्योगहरूमा लोडसेडिङ गरिएकोप्रति चिन्ता व्यक्त गरेको छ । विगतमा पनि नेपाल विद्युत् प्राधिकरणले उद्योगहरूमा लोडसेडिङ गर्दै आएकोमा अहिले पुनः दैनिक १२ घण्टासम्म लोडसेडिङ गराएर उद्योगलाई प्रताडित पार्ने काम भएको उल्लेख गर्दै उक्त कार्यले मुलुकमा लगानीको वातावरणमा गम्भीर असर पार्नुका साथै नयाँ उद्योग स्थापना गर्न र उद्योग विस्तार गर्न गम्भीर भएर सोच्नुपर्ने गरी सशंकित बनाइएको जनाएको छ । सिएनआईद्वारा बिहीबार जारी विज्ञप्तिमा भनिएको छ, ‘विगतमा पनि नेपालका उद्योगहरूमा लोडसेडिङ गर्दै प्राधिकरणले विद्युत् निर्यात गरेकाले उद्योगहरूमा विद्युत् उपलब्ध नगराइँदा उत्पादन लागत बढ्नुका साथै उत्पादनमा गम्भीर असर परेको थियो । सरकारले स्वदेशी उद्योग प्रवद्र्धन गर्ने, निजी क्षेत्रको मनोबल बढाउन कानुनमा सुधार गर्दै लगानीको वातावरण बनाउन प्रयासरत भइरहेको अवस्थामा सरकारी निकाय नै रहेको विद्युत् प्राधिकरणले स्वदेशी उद्योगहरूमा गरेको लोडसेडिङले उद्योगलाई मर्माहत बनाएको छ । मुलुकमा विद्युत् बचत हुँदा पनि उद्योगहरूलाई पर्याप्त विद्युत् उपलब्ध नगराई निर्यात गरेको प्राधिकरणले अहिले फेरि उद्योगहरूमा लोडसेडिङ गराएर देशमा उद्योग नगर्न प्रेरित गरेको त होइन ?’

    विद्युत् कुनै पनि उद्योगहरूका लागि कच्चा पदार्थ भएको उल्लेख गर्दै कच्चा पदार्थको अभावमा कुनै पनि वस्तु उत्पादन गर्न सम्भव नहुने भएकाले उद्योगलाई नियमित विद्युत् आपूर्ति व्यवस्था तत्काल गर्न पनि सिएनआईले प्राधिकरण र सरकारको ध्यानाकर्षण गराएको छ ।

    शुक्रबार, चैत ०८, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मासिक राशिफल: वैशाख २०८३
    आज २०८३ साल वैशाख ४ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    वार्षिक राशिफल: २०८३
    आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न
    बालेन सरकारको १०० बुँदे कार्यसूची: मन्त्रालय १७ बनाइने, २०४८ यताका सबैको सम्पत्ति छानबिन हुने

    लोकप्रिय

    • १.
      वार्षिक राशिफल: २०८३

    • २.
      आज २०८३ साल वैशाख १ गते मंगलवार:

    • ३.
      आज २०८३ साल वैशाख ३ गते बिहीवार:

    • ४.
      आज २०८३ साल वैशाख ४ गते शुक्रवार:

    • ५.
      मासिक राशिफल: वैशाख २०८३

    • ६.
      नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    भर्खरै

    • १.
      मासिक राशिफल: वैशाख २०८३

    • २.
      आज २०८३ साल वैशाख ४ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल वैशाख ३ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      वार्षिक राशिफल: २०८३

    • ५.
      आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    • ७.
      आज २०८२ साल चैत १९ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८२ साल चैत १७ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer