• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
मङ्गलबार, जेठ ०५, २०८३
☰
मङ्गलबार, जेठ ०५, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल वैशाख ३० गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल वैशाख ३१ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल जेठ १ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल जेठ ३ गते (१७ मे २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल जेठ २ गते शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. मासिक राशिफल: जेठ, २०८३

  • ७. आज २०८३ साल जेठ ५ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

पिएम कप क्रिकेटमा पुलिसको लगातार सातौं जित


  •   शुक्रबार, चैत ०८, २०८१ मा प्रकाशित
  • काठमाडौं । नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार सातौं जित निकालेको छ । बिहीबार बागमती प्रदेशलाई ९३ रनले हराउँदै पुलिसले आफ्नो जितको झण्डा निरन्तर फहराएको हो । यो जितसहित पुलिस फाइनलनजिक पुगेको छ । पुलिसको जितमा कुशल भुर्तेलले अलराउण्ड प्रदर्शन गर्नुभएको थियो । ब्याटिङमा ८८ रन बनाउनुभएका उहाँले तीन विकेट पनि झार्नुभएको थियो । पुलिसले दिएको २९८ रनको बलियो लक्ष्य पछ्याएको बागमती ४५.२ ओभरमा २०४ रनमा अलआउट भएको थियो ।

    Advertisement

    बागमतीका लागि इशान पाण्डेले सर्वाधिक ७० रन जोड्नुभयो भने शुभ कंसाकारले ३६ तथा विपिन आचार्यले २० रन बनाउनुभएको थियो । पुलिसका लागि ललित राजवंशीले १० ओभरमा ३४ रन दिएर चार विकेट लिनुभएको थियो भने भुर्तेलले ७.२ ओभरमा ५१ रन दिएर तीन विकेट, करण केसीले दुई र गुलशन झाले एक विकेट लिनुभएको थियो । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पुलिसले ५० ओभरमा आठ विकेट गुमाएर २९७ रन बनाएको थियो ।

    पुलिसका लागि ओपनर कुशल भुर्तेलले सर्वाधिक ८८ रन बनाउनुभएको थियो भने कप्तान दिपेन्द्रसिंह ऐरीले ६० रन बनाउनुभएको थियो । यस्तै, अमित श्रेष्ठले ४८ तथा आरिफ शेखले ३८ रन बनाउनुभयो । ओपनर कुशल र अमितले पहिलो विकेटका लागि १२४ रनको शतकीय साझेदारी गर्नुभएको थियो ।

    बागमतीका लागि प्रतिश जिसीले १० ओभरमा ४६ रन दिएर तीन विकेट लिनुभएको थियो । रिजन ढकाल, इशान पाण्डे, साकार गजुरेल र विपिन आचार्यले एक–एक विकेट लिनुभयो ।

    अपराजित टिम पुलिसले सात खेल जित्दै १४ अंक जोडेको छ र फाइनल खेल्ने लगभग निश्चित भइसकेको छ । बागमतीले भने ६ खेलमा दुई जितमात्र निकालेको छ ।

    लुम्बिनीमाथि कर्णालीको रोमाञ्चक जित
    कर्णाली प्रदेशले प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशमाथि रोमाञ्चक जित हासिल गरेको छ । तेस्रो जित निकाल्ने क्रममा बिहीबार कर्णालीले लुम्बिनीलाई पाँच रनले हराएको हो । कर्णालीले दिएको २०६ रनको लक्ष्य पछ्याएको लुम्बिनी तीन बलअगावै २०० रनमा समेटियो ।

    प्रज्ज्वल थापाले अर्धशतक बनाए पनि त्यो पर्याप्त हुन सकेन । उहाँले ८४ रन बनाउनुभयो भने कप्तान देव खनालले ४० रन जोड्नुभएको थियो । आकाश त्रिपाठीले २१ र मनिष थापाले १६ रन बनाउनुभयो ।

    कर्णालीका दिपेन्द्र रावतले १० ओभरमा ४१ रन दिएर तीन विकेट लिनुभएको थियो । दिनेश अधिकारीले पनि तीन विकेट लिँदा प्रकाश जैसीले दुई तथा दिवान पुन र सुनिल धमलाले एक–एक विकेट हात पार्नुभएको थियो ।

    त्यसअघि सिद्धार्थ क्रिकेट रंगशालामा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको कर्णालीले ४८.५ ओभरमा अलआउट हुँदै २०५ रन बनाएको थियो । कर्णालीका लागि दिपेन्द्रले सर्वाधिक ६६ रन बनाउनुभयो भने अर्जुन घर्तीले ५६ रन बनाउनुभएको थियो ।

    ५६ रनमा ६ विकेट गुमेपछि दबाबमा आएको कर्णालीका लागि दिपेन्द्र र अर्जुन मिलेर १०२ रनको साझेदारी गर्दै कमब्याक गराउनुभएको थियो ।

    लुम्बिनीका लागि रमेश कुर्मीले १० ओभरमा ३७ रन दिएर तीन विकेट लिनुभएको । निर्मल गुरुङ, अजय चौहान र विप्राशन केसीले दुई–दुई तथा कप्तान देव खनालले एक विकेट लिनुभएको थियो । लुम्बिनीले सात खेल खेल्दा चारमा जित निकालेको छ भने कर्णालीले योसँगै ६ खेलमा तीन जित निकालेको छ ।

    शुक्रबार, चैत ०८, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल जेठ ५ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    मासिक राशिफल: जेठ, २०८३
    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    मासिक राशिफल: वैशाख २०८३
    वार्षिक राशिफल: २०८३
    आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    लोकप्रिय

    • १.
      आज २०८३ साल वैशाख ३० गते बुधवार:

    • २.
      आज २०८३ साल वैशाख ३१ गते बिहीवार:

    • ३.
      आज २०८३ साल जेठ १ गते शुक्रवार:

    • ४.
      आज २०८३ साल जेठ ३ गते (१७

    • ५.
      आज २०८३ साल जेठ २ गते शनिवार:

    • ६.
      मासिक राशिफल: जेठ, २०८३

    भर्खरै

    • १.
      आज २०८३ साल जेठ ५ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल जेठ ३ गते (१७ मे २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल जेठ २ गते शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      मासिक राशिफल: जेठ, २०८३

    • ५.
      आज २०८३ साल जेठ १ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल वैशाख ३१ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल वैशाख ३० गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ वैशाख २९ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer