काठमाडौं । लक्जरी इभी ब्रान्ड दिपलले नेपालमा आफ्नो पहिलो वर्ष मनाएको छ ।
नेपालमा सार्वजनिक गरेको एक वर्षमै दिपलले आठ सयभन्दा बढी ग्राहकको मन र विश्वास जितेर आफूलाई नेपालको १ नं को लक्जरी इभी ब्रान्डका रुपमा स्थापना गर्न सफल भएको दाबी गरेको छ। ग्राहकहरुको साथ र सहयोगबाट एमएडब्लु वृद्धि अटोकर्पले दिपललाई ‘इलेक्ट्रिक मोबिलिटी र इनोभेसन’मा आफूलाई स्थापित गरेको जनाएको छ।
पहिलो वर्ष दिपलले दिपल एस०७, दिपल एल०७, दिपल एस०७ एल र दिपल ई०७ गरी चार प्राविधिक रुपमा उच्च कोटीको इभी मोडेल सार्वजनिक गरेको छ। यी इभीहरुमा उपलब्ध ‘जेस्चर कन्ट्रोल’, ‘एआर–एचयुडी’, ‘सनफ्लावर टचस्क्रिन’ जस्ता १० भन्दा बढी ‘इन्डस्ट्री–फस्र्ट’ फिचरहरुको माध्यमबाट दिपलले इभीबाट ग्राहकले गर्ने अपेक्षालाई पुन–परिभाषित गरेको उल्लेख छ।
एमएडब्लु वृद्धिले हाल नेपालका ९६ भन्दा बढी स्थानमा चार्जिंग स्टेसन सञ्चालन गर्दै आएको छ जुन नेपालकै सबैभन्दा ठूलो सञ्जाल भएको कम्पनीले भनेको छ।
सार्वजनिक भएको पहिलो वर्षमा एमएडब्लु वृद्धिले चांगान अटोबाट नेपालमा ‘इभी इनोभेसन’मार्फत ‘ग्रिन मोबिलिटी’मा योगदान पुर्याएको भन्दै ‘सांग्रिला न्यु इनर्जी अवार्ड‘ पाएको थियो।
दोस्रो वर्षमा प्रवेश गरिरहँदा दिपल ब्रान्ड अझै धेरै आफ्नो ग्राहक, प्रविधि र नेपाललाई दीर्घकालीन तथा उत्साहजनक इलेक्ट्रिक भविष्यतिर डोर्याउन प्रतिबद्धता जाहेर गर्ने कम्पनीले जनाएको छ।




