• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बिहिबार, असार ११, २०८३
☰
बिहिबार, असार ११, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ७. आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

एसपिए सुदूरपश्चिम स्पोर्ट्स अवार्डमा हेमराज र मानमती वर्ष खेलाडी घोषित


  •   शुक्रबार, चैत २२, २०८१ मा प्रकाशित
  • काठमाडौं । छैटौं एसपिए सुदूरपश्चिम स्पोर्ट्स अवार्ड २०८१ मा खोखोका हेमराज पनेरु र मानमती धामी वर्ष खेलाडी घोषित हुनुभएको छ । खेलकुद पत्रकार मञ्च कैलालीको आयोजना, सुदूरपश्चिमाञ्चल एकेडेमी एसपिएको मुख्य प्रायोजन तथा सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्को मुख्य प्रवद्र्धनमा भएको अवार्डमा पनेरु वर्ष खेलाडी पुरुष र धामी वर्ष खेलाडी महिला घोषित हुनुभएको हो ।

    Advertisement

    पनेरु प्रथम खोखो विश्वकपको महिलातर्फ नेपाललाई उपविजेता बनाउने कप्तान हुनुहुन्छ । पनेरुसँगै कराँतेका मोहमद शेखु आलम र भलिबलका अर्जुन नेपाली मनोनयनमा पर्नुभएको थियो । धामी प्रथम खोखो विश्वकपको महिलातर्फ नेपाललाई उपविजेता बनाउने खेलाडी हुनुहुन्छ । उहाँसँगै बक्सिङकी स्वस्तिका तिरुवा र कबड्डीकी मानमती विष्ट मनोनयनमा पर्नुभएको थियो । अवार्ड विजेता पनेरु र धामीले नगद ३५–३५ हजार रूपैयाँसँगै ट्रफी प्राप्त गर्नुभयो ।

    यस्तै, कबड्डीका हरिना थापा वर्ष प्रशिक्षक हुनुभयो । उक्त विधाको मनोनयनमा कबड्डीकै विष्णु भट्ट र भलिबलका जगदीश भट्ट पनि पर्नुभएको थियो । थापा नेपाललाई एसियन महिला कबड्डी च्याम्पियनसिपमा पहिलो पटक कांस्य पदक जिताउने प्रशिक्षक हुनुहुन्छ । विजेता थापाले नगद ३० हजार रूपैयाँसँगै ट्रफी प्राप्त गर्नुभयो ।

    वर्ष युवा खेलाडी भने कबड्डीका सुशील चुनारा हुनुभयो । बंगलादेशमा भएको चौथो बंगबन्धु पुरुष अन्तर्राष्ट्रिय कबड्डी प्रतियोगितामा नेपाली टोली उपविजेता बन्दा उहाँले उत्कृष्ट प्रदर्शन गर्नुभएको थियो । चुनाराले नगद २५ हजारसहित ट्रफी प्राप्त गर्नुभयो । उहाँसँगै वर्ष युवा खेलाडीको मनोनयनमा फुटबलका निराजन धामी र क्रिकेटका नरेन साउद पनि पर्नुभएको छ । यस्तै, पुरुषतर्फ पौडीका अथर्व सिंह र महिलातर्फ कराँतेका मनिषा बोहरा सुदूरपश्चिम आइकन घोषित हुनुभयो । सिंह वल्र्ड एक्वेटिक्स च्याम्पियनसिपको छनोट प्रतियोगितामा नयाँ राष्ट्रिय कीर्तिमान कायम गर्ने खेलाडी हुनुहुन्छ भने बोहरा भुटानको थिम्पुमा भएको आठौँ दक्षिण एसियाली कराँते प्रतियोगितामा नेपाललाई स्वर्ण पदक जिताउने खेलाडी हुनुहुन्छ । दुवै विजेता खेलाडीले नगद २५-२५ हजारसहित ट्रफी प्राप्त गर्नुभयो । पुरुषतर्फ सिंहसँगै क्रिकेटका हेमन्त धामी र कबड्डीका खगेन्द्र जोशी तथा महिलातर्फ कबड्डीका मनिषा जोशी र क्रिकेटकी सावित्री धामी मनोनयनमा पर्नुभएको थियो ।

    यस्तै, फुटबलका कमल लामालाई लाइफटाइम एचिभमेन्ट र क्रिकेटकी रितु कनौजियालाई स्पेशल अवार्ड प्रदान गरिएको आयोजक खेलकुद पत्रकार मञ्च कैलालीले जनाएको छ । लामा सुदूरपश्चिममा फुटबल खेलका सुरुवातकर्ता हुनुहुन्छ भने कनौजिया नेपाली महिला क्रिकेट टोलीकी पहिलो ब्याच हुनुहुन्छ । उहाँ अहिले पनि क्रिकेट खेलाडीकै रूपमा सक्रिय हुनुहुन्छ । उहाँहरू दुवैजनालाई नगद २५–२५ हजारसहित ट्रफी प्रदान गरिएको थियो ।

    छैटौं संस्करणको अवार्ड कार्यक्रम मंगलबार धनगढीमा भएको हो । सुदूरपश्चिमका सामाजिक विकासमन्त्री मेघराज खड्काको प्रमुख आतिथ्यता र आयोजक खेलकुद पत्रकार मञ्च कैलालीका अध्यक्ष प्रदीप पाठकको अध्यक्षतामा कार्यक्रम भएको थियो । कार्यक्रममा गायक दुर्गेश थापालगायतका कलाकारको प्रस्तुति पनि रहेको थियो ।

    शुक्रबार, चैत २२, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    मासिक राशिफल: असार २०८३
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार ५ गते (१९

    • २.
      आज २०८३ साल असार ८ गते (२२

    • ३.
      आज २०८३ साल असार ७ गते (२१

    • ४.
      आज २०८३ साल असार ९ गते (२३

    • ५.
      आज २०८३ साल असार ६ गते (२०

    • ६.
      आज २०८३ साल असार ११ गते (२५

    भर्खरै

    • १.
      आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार ३ गते (१७ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer