काठमाडौं । काठमाडौं जिल्ला तेक्वान्दो संघको आयोजनामा भएको दुईदिने तेक्वान्दो पुम्से सेमिनार सम्पन्न भएको छ । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको प्रशिक्षण केन्द्रमा उक्त पुम्से सेमिनार सम्पन्न भएको हो ।
Advertisement
तेक्वान्दो हल सातदोबाटोमा भएको सेमिनारमा मुख्य प्रशिक्षकमा अन्तर्राष्ट्रिय रेफ्री नोर्बु लामा र सहायक प्रशिक्षकका रूपमा अस्मिता खड्काले प्रशिक्षण दिनुभएको थियो ।
उक्त सेमिनारमा एक सय एकजना सहभागी भएको काठमाडौं जिल्ला तेक्वान्दो संघका अध्यक्ष विक्रम खड्गीले जानकारी दिनुभयो । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य-सचिव टंकलाल घिसिङले तेक्वान्दो पुम्से सेमिनारमा सहभागी खेलाडीलाई प्रमाणपत्र वितरण गर्नुभएको थियो ।




