☰
बिहिबार, कार्तिक १३, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

टी-२० आई क्रिकेटमा कतारविरुद्ध नेपालको सहज जित


  •   बिहिबार, चैत २८, २०८१ मा प्रकाशित
  • काठमाडौं । नेपालले चारदेशीय टी-२० अन्तर्राष्ट्रिय शृंखलामा विजयी सुरुवात गरेको छ । नेपालले बुधबार हङकङको मिसन रोड क्रिकेट मैदानमा कतारविरुद्ध आठ विकेटको जित निकाल्यो । हङकङको मोङ कोकमा भएको खेलमा कतारले प्रस्तुत गरेको १५२ रनको लक्ष्य नेपाली टिमले १७ ओभरमा दुई विकेट गुमाएर पूरा गर्‍यो ।

    Advertisement

    नेपालको जितमा ओपनरद्वय कुशल भुर्तेल र आसिफ सेखले आक्रामक सुरुवात गर्नुभएको थियो । भुर्तेलले १९ बलमा चार चौका र तीन छक्कासहित ३८ रन बनाउँदा आसिफ सेखले २१ बलमा चार छक्कासहित ३३ रन बनाउनुभयो ।

    यी दुईले पहिलो विकेटका निम्ति ५.४ ओभरमा ८१ रनको साझेदारी गर्दै नेपाललाई आक्रामक सुरुवात दिलाउनुभएको थियो । कप्तान रोहित पौडेलले नट आउट रहँदै ३७ रन जोड्नुभयो । बसिर अहमद ३० रनमा अविजित रहनुभयो । कतारका मुजिब-उर-रेहमानले दुई विकेट लिनुभयो ।

    त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको कतारले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै १५१ रनको योगफल तयार पा¥यो । कतारका लागि कप्तान इक्रमउल्लाह खानले ५४ बलमा पाँच चौका र दुई छक्काको मद्दतले सर्वाधिक ५४ रनको योगदान गर्नुभयोे । यसैगरी शहजाद जामिलले ३१, मुजिब-उर- रेहमानले अविजित २०, मोहम्मद इर्शदले अविजित १८ र अरुमुगागणेश नागराजनले १३ रन बनाउनुभयो ।

    नेपालका लागि करण केसी, सोमपाल कामी, नन्दन यादव, गुल्शनकुमार झा र ललितनारायण राजवंशीले समान एक विकेट लिनुभयो । नेपाली राष्ट्रिय टिमबाट नन्दनको यो ‘डेब्यु’ खेलसमेत हो । अब नेपालले आज(बिहीबार) कुवेतको सामना गर्नेछ ।

    बिहिबार, चैत २८, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दशैं: घटस्थापनाको बीउदेखि पूर्णिमाको उज्यालोसम्म
    भूगोल केन्द्रीय विभागमा रिमोट सेन्सिङ तथा जिआइएस केन्द्रको उद्घाटन
    सोह्र श्राद्ध : पौराणिक पृष्ठभूमि एवं वैज्ञानिक तादात्म्यता
    विपद् आउनुअघि थाहा होस् ‘कहाँ के छ?
    भोटेकोशी बाढी: विपद्को गहिराइ बुझ्ने भूगोल
    नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    लोकप्रिय

    भर्खरै

    • १.
      दशैं: घटस्थापनाको बीउदेखि पूर्णिमाको उज्यालोसम्म

    • २.
      भूगोल केन्द्रीय विभागमा रिमोट सेन्सिङ तथा जिआइएस केन्द्रको उद्घाटन

    • ३.
      सोह्र श्राद्ध : पौराणिक पृष्ठभूमि एवं वैज्ञानिक तादात्म्यता

    • ४.
      विपद् आउनुअघि थाहा होस् ‘कहाँ के छ?

    • ५.
      भोटेकोशी बाढी: विपद्को गहिराइ बुझ्ने भूगोल

    • ६.
      तीज : चेलीका गीतदेखि स्वतन्त्रताको आवाजसम्म

    • ७.
      सिसिटिभी क्यामेराले जोगाइदिएको नैतिकता

    • ८.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer