• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बिहिबार, असार ११, २०८३
☰
बिहिबार, असार ११, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ७. आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

दीपेन्द्रको कीर्तिमानमा नेपालको दोस्रो जित


  •   शुक्रबार, चैत २९, २०८१ मा प्रकाशित
  • काठमाडौँ । अलराउन्डर दीपेन्द्रसिंह ऐरीको कीर्तिमानसहित नेपालले हङ्कङमा जारी चारदेशीय टी–२० आई सिरिजमा दोस्रो जित निकालेको छ ।

    Advertisement

    हङकङको मिसन रोड क्रिकेट मैदानमा बिहीबार भएको दोस्रो खेलमा नेपालले कुवेतलाई ६ विकेटले हरायो । यसअघि नेपालले पहिलो खेलमा कतारलाई आठ विकेटले पराजित गरेको थियो । जितसँगै नेपालले दुई खेलबाट चार अङ्क बनाएको छ ।

    जितका लागि कुवेतले दिएको एक सय ८६ रनको लक्ष्य पछ्याएको नेपालले १८.५ ओभरमा चार विकेटको क्षतिमा लक्ष्य पूरा गरेको थियो । यो टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले पूरा गरेको सबैभन्दा ठुलो लक्ष्य हो । यसअघि नेपालले मलेसियाविरुद्ध एक सय ६६ रनको लक्ष्य पूरा गरेको थियो ।

    नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक ८१ रन बनाउनुभयो । उहाँले ५० बलमा ६ चौका र ६ छक्काको सहयोगमा उक्त रन बनाउनुभएको हो । यस्तै आसिफ शेखले ५३ रन बनाउनुभयो ।

    उहाँले ३८ बलमा चार छक्का र दुई चौक हान्नुभएको थियो । दीपेन्द्रसिंह ऐरीले ३१ रन बनाउनुभयो । बलिङमा कुवेतका यासिन पटेलले दुई तथा मोहम्मद सफिक र कप्तान मोहम्मद अस्लामले एक एक विकेट लिनुभयो ।

    यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको कुवेतले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा एक सय ८५ रनको चुनौतीपूर्ण लक्ष्य खडा गरेको थियो । कुवेतका लागि क्लिन्टो एन्टोले सर्वाधिक ४१ रन बनाउनुभयो ।

    यस्तै मित भवसरले ३५, बिलाल ताहिरले ३२, रविजा सन्दारुवानले २६, मोहम्मद अस्लामले अविजित १७ र उस्मान पटेलले १३ रन बनाउनुभया । बलिङमा नेपालका सोमपाल कामीले तीन विकेट लिनुभयो । नन्दन यादवले दुई तथा ललितनारायण राजवंशी र कुशल भुर्लेलले समान एक विकेट झार्नुभयो ।

    यस खेलमा नेपालका दीपेन्द्रसिंह ऐरीले अर्को विश्व कीर्तिमान कायम गर्नुभएको छ । कुवेतविरुद्ध उहाँले सबैभन्दा धेरै इनिङ डकआउट नहुने खेलाडीको कीर्तिमान बनाउनुभएको हो । उहाँ अन्तर्राष्ट्रियमा लगातार ६६ इनिङ्समा डकआउट हुनुभएको छैन ।

    यसअघि यो कीर्तिमान वेस्ट इन्डजका मार्लोन नथालिएल स्यामुएल्सको नाममा लगातार ६५ खेलमा डकआउट थियो । दीपेन्द्रसिंहको नाममा सबैभन्दा कम बलमा अर्धशतक बनाउने खेलाडीको कीर्तिमान पनि छ । उहाँले मङ्गोलियाविरुद्ध ९ बलमा अर्धशतक प्रहार गर्नुभएको थियो ।

    चार टोलीसम्मिलित यस सिरिजको अन्तिम खेल नेपालले शनिबार हङकङसँग खेल्ने छ । लिग चरणको शीर्ष दुई टोलीबिच फाइनल भिडन्त हुने छ । अन्तिममा दुई टोलीले तेस्रो स्थानका लागि खेल्ने छन् ।

    शुक्रबार, चैत २९, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    मासिक राशिफल: असार २०८३
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार ५ गते (१९

    • २.
      आज २०८३ साल असार ८ गते (२२

    • ३.
      आज २०८३ साल असार ७ गते (२१

    • ४.
      आज २०८३ साल असार ९ गते (२३

    • ५.
      आज २०८३ साल असार ६ गते (२०

    • ६.
      आज २०८३ साल असार ११ गते (२५

    भर्खरै

    • १.
      आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार ३ गते (१७ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer