• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शुक्रबार, बैशाख ०४, २०८३
☰
शुक्रबार, बैशाख ०४, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. वार्षिक राशिफल: २०८३

  • २. आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल वैशाख ३ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल वैशाख ४ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. मासिक राशिफल: वैशाख २०८३

  • ६. नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

चर्चित बुढीगण्डकी आयोजना अब नयां ढांचामा, २०८२ मा सुरु गरेर २०९० भित्र सम्पन्न गर्ने लक्ष्य


  •   बुधबार, बैशाख ०३, २०८२ मा प्रकाशित
  • काठमाडौं । बहु-चर्चित बुढीगण्डकी आयोजना अब नयां ढांचामा बन्ने भएको छ । निक्कै लामो रस्साकस्सी र प्रतीक्षापछि १२ सय मेगावाट क्षमताको बुढीगण्डकी जलविद्युत् आयोजना नयां स्वरुपमा अगाडि बढ्ने भएको छ । सरकारले स्वदेशी लगानीमै आयोजना अगाडि बढाउनेगरी मोडालिटीको टुंगो लगाएको छ।

    Advertisement

    अर्थ मन्त्रालयसमेत सहमत भएपछि ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले बुढीगण्डकी परियोजना अगामी आर्थिक वर्ष सुरू गर्ने र ८ वर्षभित्र सम्पन्न गर्नेगरी खाका तयार पारेको छ। जसमा आगामी आर्थिक वर्ष २०८२/८३ मा सुरू गरेर आर्थिक वर्ष २०९०/९१ सम्ममा निर्माण सम्पन्न गर्ने योजना बनाइएको छ।

    आयोजना ‘फाष्ट ट्रयाक’बाट अगाडि बढाउनेगरी काम भइरहेको ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले बताए। ‘नेपालका लागि अब पहिलो भनेको जलाशययुक्त आयोजना नै अपरिहार्य भएकोले सोहीअनुसार बुढीगण्डकी स्वदेशी लगानीमा सुरू गर्नका लागि तयारी गरेका हौँ,’ मन्त्री खड्काले भने। आगामी आर्थिक वर्षको बजेटबाटै सम्बोधन हुनेगरी खाकाहरू तयार पारेर काम अगाडि बढाउन लागेको मन्त्री खड्काले बताए।

    धेरै समय मोडालिटीको ढाँचामै अलमलमा रहेको आयोजनालाई ऊर्जा मन्त्रालयले नयाँ ढंगबाट अगाडि बढाउन गरेको प्रस्तावमा अर्थ मन्त्रालय सकारात्मक भएपछि आयोजना अगाडि बढ्नेमा विश्वस्त भएकोसमेत मन्त्री खड्काले बताए। लामो समयदेखि लगानी ढाँचामा अर्थ मन्त्रालय र ऊर्जा मन्त्रालयबीच सहमति जुट्न सकेको थिएन।

    ऊर्जामन्त्री दीपक खड्का र ऊर्जा मन्त्रालयका उच्च अधिकारीसहित विज्ञहरूले १२ सय मेगावाट क्षमताको जलाशययुक्त आयोजना अगाडि बढाउनका लागि प्रक्रिया अगाडि बढाएका हुन्। ‘लामो समयदेखि अड्किएको विषय अब टुंगिने चरणमा पुगेको छ,’ मन्त्री खड्काले भने।

    लगानी ढाँचा टुंगो लागेपनि अर्थ मन्त्रालयले स्वीकृत नगर्दा निर्माणको प्रक्रिया अनिश्चित बन्दै गएको थियो। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले २०८० साल चैतमा नै मोडालिटी टुंगो लगाएर स्वीकृतिका लागि अर्थ मन्त्रालयमा पठाएको थियो। चालु वर्षभित्रै वित्तीय व्यवस्थापन टुंगो लगाएर निर्माण प्रक्रिया सुरु गर्ने योजना भएपनि अर्थ मन्त्रालयले अहिलेसम्म स्वीकृत गरेको छैन। तर पछिल्लो पटकको छलफलपछि भने अब सहमतिको प्रक्रियामा पुगेको मन्त्री खड्काले जानकारी दिए।

    नयाँ मोडालिटीअनुसार पावर हाउस र बाँध निर्माणका लागि छुट्टाछुट्टै कम्पनीमार्फत काम अगाडि बढाइने छ। जसबाट अर्थ मन्त्रालयले राखेको वित्तीय जोखिमलाई कम गर्ने देखिएको मन्त्री खड्का बताउँछन्। बाँध निर्माणमा २ खर्ब २९ अर्ब र पावर हाउस निर्माणमा २ खर्ब रुपैयाँ खर्च हुने अनुमानसमेत ऊर्जा मन्त्रालयले अर्थ मन्त्रालयमा पठाएको छ।

    नयाँ मोडलमा बाँध र पावर हाउसको जिम्मा फरक फरक कम्पनीलाई दिने गरी प्रस्ताव पठाइएको छ। एउटैमा जाँदा ठूलो लगानी पर्ने देखिएको र लगानी जुटाउन पनि सजिलो हुने देखिएपछि छुट्टाएर पठाइएको जनाइएको छ। ‘नयाँ मोडलअनुसार कम्पनी खडा गरेर दुई भाग लगाउने र सोहीअनुसार लगानी जुटाउने गरी प्रस्ताव तयार पारिएको छ,’ मन्त्री खड्काले भने।

    २०८० चैतमा ऊर्जा मन्त्रालयले आर्थिक वर्ष २०८८/८९ भित्रै सम्पन्न गर्ने लक्ष्य राखेर मोडालिटी टुंगो लगाइएको थियो। आयोजना स्वदेशी लगानीमा नै निर्माण हुने गरी लगानी ढाँचासमेत सुनिश्चित गरेको थियो।

    मन्त्रिपरिषद्को २०८० कात्तिक २३ गतेको निर्णयबाट आयोजनाको लगानी ढाँचा निर्धारण गर्न निर्देशन भएको थियो। आयोजनामा सरकारले न्यून सम्भाव्यता कोष (भियाबिलिटी ग्याप फन्डिङ-भीजीएफ) उपलब्ध गराएको अवस्था र नगराएको दुईवटा अवस्थालाई हेरेर अनुमानित कुल लागत, वित्तीय योजनाको ढाँचा र प्रतिफलको योजना बनाएको छ।

    भीजीएफ उपलब्ध नगराउँदा र आयोजनाको जग्गा प्राप्तिलगायतमा नेपाल सरकारबाट हालसम्म भएको खर्चलाई स्वपुँजीमा समावेश गरी थप सहुलियतपूर्ण ऋण लगानी उपलब्ध गराउँदा आयोजनाको कुल लागत तीन खर्ब ९८ अर्ब दुई करोडबराबर रहने अनुमान गरिएको छ।

    आयोजना विकास गर्न बुढीगण्डकी जलविद्युत् कम्पनीलाई सरकारबाट जग्गा प्राप्ति, सार्वजनिक पूर्वाधारहरुको पुनःस्थापना, वातावरण संरक्षण र वन क्षेत्र प्रयोगको लागि खर्च वापत आवश्यक पर्ने ७३ अर्ब दुई करोड रूपैयाँ बराबरको भीजीएफ उपलब्ध गराउँदा आयोजनाको लागत तीन खर्ब १० अर्ब ४७ करोड रूपैयाँ बराबर पुग्ने अनुमान गरिएको छ।

    आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) सन् २०१४ मा नै फ्रान्सेली कम्पनी ट्याक्टबेलले तयार पारेको हो। सो डीपीआरलाई नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी एनईए इन्जिनियरिङ कम्पनीबाट भएको थप अध्ययन गरी समसामयिक बनाएको छ।

    मौजुदा वन नियमावली, २०७९ तथा राष्ट्रिय प्राथमिकता प्राप्त योजनाका लागि वन क्षेत्र प्रयोग गर्नेसम्बन्धी मापदण्डसहितको कार्यविधि-२०७६ बमोजिमको लागतसमेतलाई विश्लेषण गरी यस्तो अनुमान गरिएको छ।

    निर्माण अवधिको ब्याजसमेत जोडिएको उक्त लागतमा ७५ प्रतिशत कर्जा र २५ प्रतिशत स्वपुँजीबाट जुटाइने गरी विकल्प अघि सारिएको छ। यो विकल्पमा जाँदा आयोजनाका लागि कुल दुई खर्ब ९८ अर्ब दुई करोड रूपैयाँ कर्जा र एक खर्ब रूपैयाँ स्वपुँजी जुटाउनुपर्नेछ। कुल कर्जामध्ये नेपाल सरकारको एक प्रतिशत सहुलियतपूर्ण कर्जा २ खर्ब ६ करोड रूपैयाँ र व्यावसायिक कर्जा ९७ अर्ब ९७ करोड रूपैयाँ बराबर हुनेछ।

    यो विकल्पमा कुल स्वपुँजी लगानीमा नेपाल सरकारको स्वपुँजी लगानी ५१ प्रतिशत अर्थात् ५१ अर्ब रूपैयाँ रहनेछ। स्वपुँजीको बाँकी ४९ प्रतिशतमध्ये नेपाल विद्युत् प्राधिकरणको २० प्रतिशत अर्थात् २० अर्ब, अन्य सरकारी एवम् सार्वजनिक निकायको नौ प्रतिशत अर्थात ९ अर्ब र सर्वसाधारणको १० प्रतिशत अर्थात् १० अर्ब र आयोजना प्रभावित बासिन्दाको १० प्रतिशत अर्थात् १० अर्ब रूपैयाँ स्वपुँजीका रुपमा उठाइनेछ। यो विकल्पमा लगानी गर्दा ‘इक्विटी इन्टर्नल रेट अफ रिटर्न’ (इआईआरआर) ११ दशमलव २५ प्रतिशत र रिटर्न अन इक्विटी (आरओई) १७ दशमलव ५४ प्रतिशत अनुमान गरिएको छ।

    आयोजनाको हालसम्म जग्गा प्राप्ति, मुआब्जा, क्षतिपूर्ति वितरणलगायतमा खर्च भइसकेको ४२ अर्ब ५७ करोड रूपैयाँबराबर रकम नेपाल सरकारको स्वपुँजी लगानी ५१ अर्ब रूपैयाँमा समावेश गरिएको छ।

    बुधबार, बैशाख ०३, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मासिक राशिफल: वैशाख २०८३
    आज २०८३ साल वैशाख ४ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    वार्षिक राशिफल: २०८३
    आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न
    बालेन सरकारको १०० बुँदे कार्यसूची: मन्त्रालय १७ बनाइने, २०४८ यताका सबैको सम्पत्ति छानबिन हुने

    लोकप्रिय

    • १.
      वार्षिक राशिफल: २०८३

    • २.
      आज २०८३ साल वैशाख १ गते मंगलवार:

    • ३.
      आज २०८३ साल वैशाख ३ गते बिहीवार:

    • ४.
      आज २०८३ साल वैशाख ४ गते शुक्रवार:

    • ५.
      मासिक राशिफल: वैशाख २०८३

    • ६.
      नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    भर्खरै

    • १.
      मासिक राशिफल: वैशाख २०८३

    • २.
      आज २०८३ साल वैशाख ४ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल वैशाख ३ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      वार्षिक राशिफल: २०८३

    • ५.
      आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    • ७.
      आज २०८२ साल चैत १९ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८२ साल चैत १७ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer