• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बिहिबार, असार ११, २०८३
☰
बिहिबार, असार ११, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ७. आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

यु-१९ विश्वकपमा पुग्न निक्कै नजिक नेपाल, मात्रै एक जित आवश्यकता


  •   बिहिबार, बैशाख ०४, २०८२ मा प्रकाशित
  • काठमाडौं । घरेलु मैदानमा जारी आइसिसी यु–१९ विश्वकप एसिया छनोटमा लगातार तेस्रो जित निकाल्दै नेपालले विजेता बन्ने बलियो दाबेदारी प्रस्तुत गरेको छ ।

    Advertisement

    मूलपानी क्रिकेट मैदान (माथिल्लो) मा नेपालले हिजो बुधवार हङकङमाथि ९ विकेटको फराकिलो जितसँगै जारी विश्वकप एशिया छनोटमा बलियो दाबेदारी प्रश्तुत गरेको छ । टेस्ट राष्ट्र अफगानिस्तान, हङकङ, ओमान र संयुक्त अरब इमिरेट्स (युएई) सम्मिलित छनोटको विजेताले सन् २०२६ मा जिम्बावे र नामिबियामा यु–१९ विश्वकपमा स्थान बनाउनेछ । लिगमा शीर्ष स्थानमा रहने टोली विजेता बन्नेछ ।

    हालसम्म अंकतालिकामा अफगानिस्तान र नेपाल बलिया दाबेदार हुन् । यी दुई बीच आगामी शनिबार लिगको अन्तिम खेलमा प्रतिष्पर्धा हुनेछ । त्यसले नै विश्वकप खेल्ने टोलीको टुङ्गो लाग्नेछ । तीन खेलबाट नेपाल ६ अंक बटुल्दै शिर्षमा छ ।

    अफगानिस्तानले ३६० रनको चुनौतीपूर्ण लक्ष्य दिएको थियाे । विशाल लक्ष्य पछ्याएको युएई ९५/४ को अवस्थामा छ । त्यसैले यो खेलमा पनि बलियो टोली युएई जितनजिक पुगेको मान्न सकिन्छ । यस्तो अवस्थामा अब उपाधिका दाबेदार अफगानिस्तान र नेपाल नै हुन् । जुन निर्णय शनिबार हुने खेलले टुङ्गो लगाउनेछ । नेपालले पनि हङकङमाथि सहजै नतिजा आफ्नो पक्षमा पार्दै तेस्रो जित निकालेको हो । हङकङले ११६ रनको सामान्य लक्ष्य दिएको थियो । जबाफमा नेपालले १२.३ ओभरमा मात्र एक विकेट गुमाउँदै लक्ष्य भेट्टायो ।

    नेपालका ओपनरद्वय साहिल पटेल र नीरजकुमार यादवले पहिलो विकेटका लागि ५५ रनको साझेदारी गर्दै सहज सुरुआत गरे । नीरजकुमार २३ रनमा आउट भए । उनको इनिङमा चार चौका रह्यो । तर, साहिल भने ४२ रनमा अविजित रहे । उनले ४१ बलमा आठ चौका हिर्काए । कप्तान नरेन भट्ट पनि ३९ रनमा अविजित रहँदै साहिललाई साथ दिए । नरेनले २३ बलमा आठ चौका हिर्काए । नरेन र साहिलबीच दोस्रो विकेटका लागि ६३ रनको अविजित साझेदारी भयो । हङकङको बलिङमा एक मात्र विकेट सायन पुरीले लिए । त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको हङकङ ४६.२ ओभरमा ११५ रनको सामान्य योगफलमा नै अलआउट हुन पुग्यो । हङकङका कप्तान शिव माथुरले ६३ रनको अर्धसतकीय इनिङ बनाए ।

    दोस्रो ओभरमा नै ओपनर जुड ली थोमसलाई शून्यमै गुमाएपछि हङकङले खराब शुरुवात ग¥यो । त्यसपछि आएका माथुरले इनिङ समाले । उनले अर्का ओपनर आर्या पन्ज्वानीसँग ५० रनको साझेदारी गरे । आर्या पनि १० रनमा नै आउट भए । चार रनको अन्तरमा हङकङले तीन विकेट गुमायो । आर्यासँगै अब्दुल समाद १ रन र प्रीत किशोर कुमार शून्यमा नै आउट भए । यससँगै हङकङ २७.५ ओभरमा ६४÷४ को अवस्थामा पुग्यो । त्यसपछि शिवले पाँचौं विकेटका लागि ह्यारी थोमससँग २६ रनको साझेदारी गरे । थोमस पनि १० रन जोडेर आउट भए । त्यसपछि शिव पनि छैटौं विकेटका रूपमा पेभेलियन फर्किए । शिवले ११६ बलमा चार चौका र एक छक्का हिर्काए ।

    उनी आउट हुँदा हङकङ ४१.१ ओभरमा १०७÷६ को अवस्थामा थियो । त्यसपछि खातामा थप ८ रन जोड्दा हङकङले चार विकेट नै गुमाउन पुग्यो । नेपालको बलिङमा युवराज खत्रीले चार, विपिनप्रसाद शर्माले तीन, सन्तोष यादवले दुई र अशोक धामीले एक विकेट लिँदै हङकङको इनिङ सस्तैमा रोके । यससँगै हङकङले दोस्रो हार सामना ग¥यो । यसअघि नेपालले युएईलाई डकवर्थ लुइस पद्धति (डिएसएल) का आधारमा पाँच रन र ओमानलाई आठ विकेटले पराजित गरेको थियो । लगातार दोस्रो हार व्ेहोरेको हङकङ अंकविहिन छ । हङकङ पहिलो खेलमा अफगानिस्तानसँग आठ विकेटले पराजित भएको थियो ।

    बिहिबार, बैशाख ०४, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित
    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार ५ गते (१९

    • २.
      आज २०८३ साल असार ८ गते (२२

    • ३.
      आज २०८३ साल असार ७ गते (२१

    • ४.
      आज २०८३ साल असार ९ गते (२३

    • ५.
      आज २०८३ साल असार ६ गते (२०

    • ६.
      आज २०८३ साल असार ११ गते (२५

    भर्खरै

    • १.
      आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार ३ गते (१७ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer