☰
बिहिबार, कार्तिक १३, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

यु-१९ विश्वकपमा पुग्न निक्कै नजिक नेपाल, मात्रै एक जित आवश्यकता


  •   बिहिबार, बैशाख ०४, २०८२ मा प्रकाशित
  • काठमाडौं । घरेलु मैदानमा जारी आइसिसी यु–१९ विश्वकप एसिया छनोटमा लगातार तेस्रो जित निकाल्दै नेपालले विजेता बन्ने बलियो दाबेदारी प्रस्तुत गरेको छ ।

    Advertisement

    मूलपानी क्रिकेट मैदान (माथिल्लो) मा नेपालले हिजो बुधवार हङकङमाथि ९ विकेटको फराकिलो जितसँगै जारी विश्वकप एशिया छनोटमा बलियो दाबेदारी प्रश्तुत गरेको छ । टेस्ट राष्ट्र अफगानिस्तान, हङकङ, ओमान र संयुक्त अरब इमिरेट्स (युएई) सम्मिलित छनोटको विजेताले सन् २०२६ मा जिम्बावे र नामिबियामा यु–१९ विश्वकपमा स्थान बनाउनेछ । लिगमा शीर्ष स्थानमा रहने टोली विजेता बन्नेछ ।

    हालसम्म अंकतालिकामा अफगानिस्तान र नेपाल बलिया दाबेदार हुन् । यी दुई बीच आगामी शनिबार लिगको अन्तिम खेलमा प्रतिष्पर्धा हुनेछ । त्यसले नै विश्वकप खेल्ने टोलीको टुङ्गो लाग्नेछ । तीन खेलबाट नेपाल ६ अंक बटुल्दै शिर्षमा छ ।

    अफगानिस्तानले ३६० रनको चुनौतीपूर्ण लक्ष्य दिएको थियाे । विशाल लक्ष्य पछ्याएको युएई ९५/४ को अवस्थामा छ । त्यसैले यो खेलमा पनि बलियो टोली युएई जितनजिक पुगेको मान्न सकिन्छ । यस्तो अवस्थामा अब उपाधिका दाबेदार अफगानिस्तान र नेपाल नै हुन् । जुन निर्णय शनिबार हुने खेलले टुङ्गो लगाउनेछ । नेपालले पनि हङकङमाथि सहजै नतिजा आफ्नो पक्षमा पार्दै तेस्रो जित निकालेको हो । हङकङले ११६ रनको सामान्य लक्ष्य दिएको थियो । जबाफमा नेपालले १२.३ ओभरमा मात्र एक विकेट गुमाउँदै लक्ष्य भेट्टायो ।

    नेपालका ओपनरद्वय साहिल पटेल र नीरजकुमार यादवले पहिलो विकेटका लागि ५५ रनको साझेदारी गर्दै सहज सुरुआत गरे । नीरजकुमार २३ रनमा आउट भए । उनको इनिङमा चार चौका रह्यो । तर, साहिल भने ४२ रनमा अविजित रहे । उनले ४१ बलमा आठ चौका हिर्काए । कप्तान नरेन भट्ट पनि ३९ रनमा अविजित रहँदै साहिललाई साथ दिए । नरेनले २३ बलमा आठ चौका हिर्काए । नरेन र साहिलबीच दोस्रो विकेटका लागि ६३ रनको अविजित साझेदारी भयो । हङकङको बलिङमा एक मात्र विकेट सायन पुरीले लिए । त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको हङकङ ४६.२ ओभरमा ११५ रनको सामान्य योगफलमा नै अलआउट हुन पुग्यो । हङकङका कप्तान शिव माथुरले ६३ रनको अर्धसतकीय इनिङ बनाए ।

    दोस्रो ओभरमा नै ओपनर जुड ली थोमसलाई शून्यमै गुमाएपछि हङकङले खराब शुरुवात ग¥यो । त्यसपछि आएका माथुरले इनिङ समाले । उनले अर्का ओपनर आर्या पन्ज्वानीसँग ५० रनको साझेदारी गरे । आर्या पनि १० रनमा नै आउट भए । चार रनको अन्तरमा हङकङले तीन विकेट गुमायो । आर्यासँगै अब्दुल समाद १ रन र प्रीत किशोर कुमार शून्यमा नै आउट भए । यससँगै हङकङ २७.५ ओभरमा ६४÷४ को अवस्थामा पुग्यो । त्यसपछि शिवले पाँचौं विकेटका लागि ह्यारी थोमससँग २६ रनको साझेदारी गरे । थोमस पनि १० रन जोडेर आउट भए । त्यसपछि शिव पनि छैटौं विकेटका रूपमा पेभेलियन फर्किए । शिवले ११६ बलमा चार चौका र एक छक्का हिर्काए ।

    उनी आउट हुँदा हङकङ ४१.१ ओभरमा १०७÷६ को अवस्थामा थियो । त्यसपछि खातामा थप ८ रन जोड्दा हङकङले चार विकेट नै गुमाउन पुग्यो । नेपालको बलिङमा युवराज खत्रीले चार, विपिनप्रसाद शर्माले तीन, सन्तोष यादवले दुई र अशोक धामीले एक विकेट लिँदै हङकङको इनिङ सस्तैमा रोके । यससँगै हङकङले दोस्रो हार सामना ग¥यो । यसअघि नेपालले युएईलाई डकवर्थ लुइस पद्धति (डिएसएल) का आधारमा पाँच रन र ओमानलाई आठ विकेटले पराजित गरेको थियो । लगातार दोस्रो हार व्ेहोरेको हङकङ अंकविहिन छ । हङकङ पहिलो खेलमा अफगानिस्तानसँग आठ विकेटले पराजित भएको थियो ।

    बिहिबार, बैशाख ०४, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दशैं: घटस्थापनाको बीउदेखि पूर्णिमाको उज्यालोसम्म
    भूगोल केन्द्रीय विभागमा रिमोट सेन्सिङ तथा जिआइएस केन्द्रको उद्घाटन
    सोह्र श्राद्ध : पौराणिक पृष्ठभूमि एवं वैज्ञानिक तादात्म्यता
    विपद् आउनुअघि थाहा होस् ‘कहाँ के छ?
    भोटेकोशी बाढी: विपद्को गहिराइ बुझ्ने भूगोल
    नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    लोकप्रिय

    भर्खरै

    • १.
      दशैं: घटस्थापनाको बीउदेखि पूर्णिमाको उज्यालोसम्म

    • २.
      भूगोल केन्द्रीय विभागमा रिमोट सेन्सिङ तथा जिआइएस केन्द्रको उद्घाटन

    • ३.
      सोह्र श्राद्ध : पौराणिक पृष्ठभूमि एवं वैज्ञानिक तादात्म्यता

    • ४.
      विपद् आउनुअघि थाहा होस् ‘कहाँ के छ?

    • ५.
      भोटेकोशी बाढी: विपद्को गहिराइ बुझ्ने भूगोल

    • ६.
      तीज : चेलीका गीतदेखि स्वतन्त्रताको आवाजसम्म

    • ७.
      सिसिटिभी क्यामेराले जोगाइदिएको नैतिकता

    • ८.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer