• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बुधबार, बैशाख ०९, २०८३
☰
बुधबार, बैशाख ०९, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. मासिक राशिफल: वैशाख २०८३

  • २. आज २०८३ साल वैशाख ३ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल वैशाख ४ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल वैशाख ६ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

आजदेखि बंगलादेशसँग पाँचदिवसीय महिला कबड्डी शृंखला


  •   आइतबार, बैशाख ०७, २०८२ मा प्रकाशित
  • काठमाडौं । नेपाली राष्ट्रिय महिला कबड्डी टोलीले आज (आइतबार)देखि घरेलु भूमिमा बंगलादेशसँग पाँचदिवसीय शृंखला खेल्ने भएको छ । अखिल नेपाल कबड्डी संघ (एएनकेए)ले शुक्रबार पत्रकार सम्मेलन आयोजना गर्दै बंगलादेशसँग नेपालको पाँचदिवसीय शृंखला खेल्ने घोषणा गरेको हो । वैशाख १२ गते शुक्रबारसम्म हुने शृंखलाका खेलहरू सातदोबाटोस्थित तेक्वान्दो कभर्डहलमा हुने भएका छन् ।

    Advertisement

    कबड्डी संघका महासचिव अरविन्दकुमार झाले कबड्डीको लोकप्रियता बढेसँगै सुखद नतिजा आएको समयमा बंगलादेशसँग शृंखला खेल्न लागेको उल्लेख गर्नुभयो । नेपाली महिला कबड्डीले सन् २०२३ मा चीनको हाङझाउमा भएको एसियन गेम्समा ऐतिहासिक कांस्य पदक जितेपछि नेपालमा यो खेलको लोकप्रियता बढ्दै गएको छ । नेपालको कबड्डीले पहिलोपल्ट एसियन गेम्समा पदक जितेको हो । त्यतिबेला बंगलादेशलाई हराउँदै नेपालले त्यो पदक हात पारेको थियो । त्यसपछि पहिलोपल्ट बंगलादेशसँग नेपालले खेल्न लागेको हो ।

    बंगलादेश कबड्डी संघसँग हरेक वर्ष तीनवटा शृंखला खेल्ने अखिल नेपाल कबड्डी संघले सम्झौता गरेको छ । यसअघि नै नेपाली पुरुष टोलीले भने बंगलादेश भ्रमण गरिसकेको छ । उक्त पाँच खेलको शृंखलामा बंगलादेशले चार-एकको जित निकालेको थियो । यस शृंखला एसिया कबड्डी महासंघको मान्यतामा हुन लागेको हो । कबड्डीमा कुनै पनि राष्ट्रिय महिला टोलीले पहिलोपल्ट शृंखला खेल्न लागेको अखिल नेपाल कबड्डी संघले जनाएको छ ।

    संघले पछिल्लो दुई वर्षयता नियमित रूपमा नेपाली पुरुष र महिला कबड्डी टोलीलाई मूलपानीमा बन्द प्रशिक्षणमा राखेको छ । नेपाली महिला टोली अहिले विश्व वरीयतामा तेस्रो स्थानमा छ । नेपाली टोली अहिले भारतको बिहारमा जुन १ देखि १३ सम्म हुने विश्वकपको तयारीमा पनि छ । यसैको तयारी स्वरूप नेपालले बंगलादेशसँग शृंखला खेल्न लागेको हो । उक्त शृंखलाको पहिलो खेल वैशाख ७ गते, दोस्रो वैशाख ८ र तेस्रो खेल वैशाख ९ गते हुनेछन् । त्यसपछि वैशाख १० गते विश्राम दिइएको छ । वैशाख ११ गते चौथो र वैशाख १२ गते पाँचौं खेल तय गरिएको छ । शुक्रबार संघले पत्रकार सम्मेलनमाफ्त् आगामी एक वर्षका लागि सञ्चारकर्मी तथा मोडल विभूषा बस्नेतलाई ब्राण्ड एम्बासडर घोषणा गरेको छ ।

    आइतबार, बैशाख ०७, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न
    बालेन सरकारको १०० बुँदे कार्यसूची: मन्त्रालय १७ बनाइने, २०४८ यताका सबैको सम्पत्ति छानबिन हुने
    भूगोल केन्द्रीय विभागमा तीन दिने SWAT तालिम सम्पन्न
    धार्मिक पर्यटनलाई टेवा पुग्ने गरी बृहत् पाशुपत पदयात्रा-२०८२ आयोजना
    “समाज दलीय स्वार्थभन्दा माथि उठेको छ” स्वतन्त्र उम्मेदवार कविता भट्टराई
    वास्तुशास्त्र अनुसार कुन वार के काम गर्नु हुदैन

    लोकप्रिय

    • १.
      मासिक राशिफल: वैशाख २०८३

    • २.
      आज २०८३ साल वैशाख ३ गते बिहीवार:

    • ३.
      आज २०८३ साल वैशाख ४ गते शुक्रवार:

    • ४.
      आज २०८३ साल वैशाख ६ गते आइतवार:

    • ५.
      आज २०८३ साल वैशाख ९ गते बुधवार:

    भर्खरै

    • १.
      आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल वैशाख ६ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      मासिक राशिफल: वैशाख २०८३

    • ४.
      आज २०८३ साल वैशाख ४ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल वैशाख ३ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      वार्षिक राशिफल: २०८३

    • ७.
      आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer