☰
बिहिबार, कार्तिक १३, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

राष्ट्रिय क्रिकेट टिमका प्रशिक्षक स्टुअर्ट ल शुक्रबार नेपाल आउँदै


  •   बुधबार, बैशाख १०, २०८२ मा प्रकाशित
  • काठमाडौं । राष्ट्रिय क्रिकेट टिमका प्रशिक्षक स्टुअर्ट ल शुक्रबार नेपाल आइपुग्ने हुनुभएको छ । नेपाल क्रिकेट संघ (क्यान)का अनुसार उहाँ अप्रिल २५ तारिखमा नेपाल आउने कार्यतालिका छ । गत चैत १५ गते प्रमुख प्रशिक्षकका रूपमा नियुक्त हुनुभएका उहाँ करिब एक महिनापश्चात् नेपाल आउन लाग्नुभएको हो । उहाँको नियुक्तिपश्चात् नेपालले ज्ञानेन्द्र मल्लको प्रशिक्षणमा हङकङ सिरिज खेलेको थियो । जसमा नेपाल उपविजेता हुँदै फर्किएको छ ।

    Advertisement

    ५६ वर्षीय स्टुअर्ट ल २०११ मा श्रीलंका, बंगलादेश, वेष्ट इण्डिज, अफगानिस्तान, बंगालदेशको यू-१९ टिम तथा अमेरिकाको प्रमुख प्रशिक्षकका रूपमा काम गरिसकेको अनुभव बटुलेका प्रशिक्षक हुनुहुन्छ । उहाँ अष्टे«लियाका पूर्वखेलाडी हुनुहुन्छ ।

    यसअघि क्यानले नेपालको प्रशिक्षकमा भारतीय मूलका मोन्टी देशाईलाई नियुक्त गरेको थियो । २०७९ माघमा नियुक्त हुनुभएका देशाईको सम्झौता २०८१ माघमा सकिएको थियो । उहाँको प्रशिक्षणमा नेपालले एसिया कप र १० वर्षपश्चात् टी-२० विश्वकप खेलेको थियो । उहाँले नेपालको टिममा रहेर दुई वर्ष काम गरिसकेपश्चात् क्यानले नयाँ प्रशिक्षकका रूपमा ललाई नियुक्त गरेको हो ।

    ५२ खेलाडीलाई चार टोलीमा विभाजन गरेर अभ्यास खेल

    स्टुअर्टले आफू आएको भोलिपल्टैबाट अभ्यास खेलहरू सञ्चालन गर्दै हुनुुहुन्छ । अभ्यास खेलहरू शनिबारदेखि हुँदैछन् । मूलपानीका दुईवटा मैदानमा बन्द प्रशिक्षणका दौरान खेलहरू हुनेछन् । जसमा ६ दिनमा १२ वटा खेलहरू हुनेछन् । दुवै मैदानमा दिनको एक खेल हुनेछ ।
    जसमा ५२ खेलाडीलाई १३-१३ खेलाडी सम्मिलित चार टोली बनाइएको छ । यसअघि घोषणा गरिएको ४८ जनाको टोलीमा यू-१९ टोलीका कप्तान नरेन भट्टसहित युवराज खत्री र सन्तोष यादव थपिनुभएको छ ।

    यस्तै, कमलसिंह ऐरी पनि टोलीमा थपिएनुभएको छ । चार टोलीमा टिम ब्लुको कप्तान रोहितकुमार पौडेल, टिम ग्रिनको कप्तानमा आसिफ शेख, टिम रेडको कप्तानमा सन्दीप लामिछाने र टिम एल्लोको कप्तानमा दीपेन्द्रसिंह ऐरी रहनुभएको छ । यो सिरिजपछि नेपालले जुन पहिलो साता स्कटल्याण्डमा हुने आइसिसी विश्वकप लिग-२ को सिरिज खेल्दैछ । सिरिजमा नेपाल र स्कटल्याण्डसहित नेदरल्याण्ड्सबीच प्रतिस्पर्धा हुनेछ ।

    बुधबार, बैशाख १०, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दशैं: घटस्थापनाको बीउदेखि पूर्णिमाको उज्यालोसम्म
    भूगोल केन्द्रीय विभागमा रिमोट सेन्सिङ तथा जिआइएस केन्द्रको उद्घाटन
    सोह्र श्राद्ध : पौराणिक पृष्ठभूमि एवं वैज्ञानिक तादात्म्यता
    विपद् आउनुअघि थाहा होस् ‘कहाँ के छ?
    भोटेकोशी बाढी: विपद्को गहिराइ बुझ्ने भूगोल
    नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    लोकप्रिय

    भर्खरै

    • १.
      दशैं: घटस्थापनाको बीउदेखि पूर्णिमाको उज्यालोसम्म

    • २.
      भूगोल केन्द्रीय विभागमा रिमोट सेन्सिङ तथा जिआइएस केन्द्रको उद्घाटन

    • ३.
      सोह्र श्राद्ध : पौराणिक पृष्ठभूमि एवं वैज्ञानिक तादात्म्यता

    • ४.
      विपद् आउनुअघि थाहा होस् ‘कहाँ के छ?

    • ५.
      भोटेकोशी बाढी: विपद्को गहिराइ बुझ्ने भूगोल

    • ६.
      तीज : चेलीका गीतदेखि स्वतन्त्रताको आवाजसम्म

    • ७.
      सिसिटिभी क्यामेराले जोगाइदिएको नैतिकता

    • ८.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer