• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शुक्रबार, भदौ ०५, २०८३
☰
शुक्रबार, भदौ ०५, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

एमएम कपमा आज कोशी र आसाम टिम भिड्दै


  •   बुधबार, बैशाख १७, २०८२ मा प्रकाशित
  • काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लबविरुद्ध एकदिवसीय राष्ट्रिय प्रतियोगितामा ऐतिहासिक पहिलो जित दर्ता गर्दै कोशी प्रदेशले एमएम कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा विजयी सुरुवात गरेको छ । विराटनगरको बैजनाथपुर क्रिकेट मैदानमा सम्पन्न समूह ‘बी’ अन्तर्गतको पहिलो खेलमा कोशीले पुलिसलाई स्तब्ध पार्ने क्रममा ३७ रनको जित दर्ता गरेको हो । मात्र ९४ रनको लक्ष्य पछ्याएको पुलिसले २४.५ ओभरमा ५६ रनमा सबै विकेट गुमाएको थियो ।

    Advertisement

    नेपाल पुलिस क्लबको ब्याटिङमा कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । माथिल्लो क्रममा ब्याटिङ गर्नुभएका रोहन विकले ६, अविनाश कर्णले नौ, शंकर रानाले पाँच, दीपक डुम्रेले एक, अमित श्रेष्ठले नौ तथा अरुण ऐरी खाता नखोली आउट हुनुभयो । ३४ रनमा ६ विकेट गुमाएपछि कोशीले पुलिसलाई खेलमा फर्कन दिएन ।

    कोशीको बलिङमा डेब्यु गर्नुभएका देब्रे हाते स्पिनर प्रेम कामत एक्लैले पाँच विकेट लिनुभएको थियो । नौ ओभर बलिङ गर्दै तीन मेडन गरेर १५ रनमात्र खर्चिनुभएका कामत प्लेयर अफ द म्याच घोषित हुनुभयो । अर्का देब्रे हाते स्पिनर प्रकाश कार्कीले तीन विकेट लिने क्रममा उहाँले नौ ओभरमा दुई मेडन गर्दै १६ रनमात्र खर्चिनुभयो । भुपाल लुईंटेलले एक विकेट लिँदा पुलिसले एक विकेट रन आउटमार्फत् गुमायो ।
    यसअघि टस हारेर ब्याटिङ गरेको कोशी प्रदेशले २९.३ ओभरमा ९३ रनमा सबै विकेट गुमाएको थियो ।

    कोशीको ब्याटिङमा ओपनर रूपक बरालले सर्वाधिक २१ रन बनाउनुभयो भने मिनाश थापा र सुमन गहतराजले समान १५ रन बनाउनुभयो ।
    नेपाल पुलिस क्लबको बलिङमा पेसर सुनिल दौल्यालले पाँच विकेट लिनुभयो । उहाँले आठ ओभरमा २५ रन खर्चिनुभएको थियो । विपिन खत्री र चित्र विष्टले समान दुई विकेट लिनुभयो ।

    प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को दोस्रो खेलमा आज (बुधबार) कोशी प्रदेशले भारतको आसाम क्रिकेट टिमसँग प्रतिस्पर्धा गर्नेछ । आज कोशीले आसामलाई पराजित गरे फाइनल प्रवेश गर्नेछ । आसामले कोशीलाई पराजित गरेको खण्डमा बिहीबार हुने आसाम र नेपाल पुलिस क्लबविरुद्धको खेलले फाइनल पुग्ने टिमको निर्धारण गर्नेछ । समूह ‘ए’ को विजेताका रूपमा त्रिभुवन आर्मी क्लब फाइनल प्रवेश गरिसकेको छ ।

    प्रतियोगितामा ६ टिम सहभागी छन् जसलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा सशस्त्र प्रहरी बल, त्रिभुवन आर्मी क्लब र बागमती प्रदेश छन् । समूह ‘बी’मा नेपाल पुलिस क्लब, कोशी प्रदेश र भारतको आसाम क्रिकेट टिम छन् ।

    प्रतियोगिताको विजेता टोलीले चार लाख नगद रुपैयाँसहित ट्रफी, प्रमाणपत्र र मेडल प्राप्त गर्नेछ । उपविजेता टोलीले दुई लाख नगद रुपैयाँसहित ट्रफी, प्रमाणपत्र र मेडल पाउनेछ । त्यस्तै, प्रतियोगिताका उत्कृष्ट खेलाडीलाई २५ हजार, उत्कृष्ट ब्याट्सम्यान र बलरलाई जनही १५ हजार तथा प्रत्येक खेलको प्लेयर अफ द म्याचलाई चार हजार नगद रुपैयाँसहित ट्रफी प्रदान गरिनेछ ।

    बुधबार, बैशाख १७, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “
    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    भर्खरै

    • १.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    • २.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ४.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer