काठमाडौं । ‘रावासावा प्राज्ञिक समाज, नेपाल’ ले ‘रावासावा पुरस्कार तथा सम्मान-२०८२’ को घोषणा गरेको छ । समाजले यस वर्षका पुरस्कार तथा सम्मान विजेताहरूको नाम सार्वजनिक गरेको हो । समाजले बबिता बस्नेत, तेजबहादुर राई, देवराज कटुवाल र गंगा राई ‘कान्छी’लाई प्रतिष्ठित ‘रावासावा-सम्मान’ प्रदान गर्ने निर्णय गरेको छ ।
Advertisement
यसैगरी, कवि तथा गीतकार टीका चाम्लिङलाई ‘रावासावा कमलाभक्त कला पुरस्कार’ र हास्यकलाकार गोकुल परियारलाई ‘रावासावा कमलाभक्त साहित्य पुरस्कार’ प्रदान गरिने समाजले जनाएको छ ।दुवै पुरस्कारको राशि जनही २५ हजार रुपैयाँ नगद र सम्मान रहेको छ । ‘रावासावा प्राज्ञिक समाज’ले खोटाङमा जन्मेर नेपाली साहित्य र कला क्षेत्रको उन्नयनमा योगदान पु¥याउनुभएको व्यक्तित्वहरूलाई सम्मान गर्दै आएको छ ।




