☰
बिहिबार, कार्तिक १३, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

उपत्यकाव्यापी खुला मेयर कप फुटबलमा महालक्ष्मीको पहिलो जित, बागमती बाहिर


  •   बिहिबार, बैशाख २५, २०८२ मा प्रकाशित
  • काठमाडौं । उपत्यकाव्यापी अन्तरपालिका खुला मेयर कप फुटबल २०८२ अन्तर्गत बुधबार भएको खेलमा महालक्ष्मी नगरपालिकाले पहिलो जित दर्ता गरेको छ । च्यासल मैदानमा महालक्ष्मीले बागमती गाउँपालिकाविरुद्ध ५-१ को सहज जित निकाल्यो । जितसँगै समूह ‘ए’ को महालक्ष्मीले दुई खेलमा तीन अंक जोडेको छ । दुवै खेलमा पराजित बागमती भने प्रतियोगिताबाट बाहिरिएको छ ।

    Advertisement

    यसअघि महालक्ष्मी आयोजक गोदावरी नगरपालिकासँग ६-१ तथा बागमती ललितपुर महानगरपालिकासँग ७-३ ले पराजित भएको थियो । महालक्ष्मीलाई जित दिलाउन सिद्धान्त अधिकारीले दुई तथा रामकृष्ण चौधरी, अमृत चन्द र सनम धितालले समान एक गोल गर्नुभयो । बागमतीका लागि दिलिप घलानले गोल फर्काउनुभयो ।

    खेलको ३६औँ मिनेटमा रामकृष्णको गोलमार्फत् महालक्ष्मीले अग्रता लिएको थियो । ४६औँ मिनेटमा अमृतले टोलीको अग्रता दोब्बर बनाउनुभयो । सनमले ६७औँ मिनेटमा गोल गर्दा महालक्ष्मीको अग्रता ३-० मा पुग्यो । सिद्धान्तले ७७औँ मिनेटमा पेनाल्टीमार्फत् टोलीका लागि चौथो गोल गर्नुभयो । दिलिपले ७९औँ मिनेटमा बागमतीका लागि गोल फर्काउनुभयो । इन्जुरी समयमा सिद्धान्तले व्यक्तिगत दोस्रो गोल गर्दा महालक्ष्मी ५-१ ले अगाडि बढ्यो । इन्जुरी समयमै आयुश लामा पेनाल्टीमा चुक्दै बागमतीले गोल अन्तर कम गर्ने सुनौलो अवसर गुमायो । उहाँको प्रहार बाहिरिएको थियो ।

    प्रतियोगितामा काठमाडौं जिल्लाबाट काठमाडौं महानगरपालिका, चन्द्रगिरि नगरपालिका, तारकेश्वर नगरपालिका, दक्षिणकाली नगरपालिका, कीर्तिपुर नगरपालिका, कागेश्वरी मनोहरा नगरपालिका गरी ६ वटा स्थानीय तह प्रतिस्पर्धामा छन् । यस्तै, ललितपुर जिल्लाबाट ललितपुर महानगरपालिका, आयोजक गोदावरी नगरपालिका, महालक्ष्मी नगरपालिका, कोन्ज्योसोम गाउँपालिका र बागमती गाउँपालिकासहित पाँचवटा स्थानीय तह छन् । भक्तपुर जिल्लाको चाँगुनारायण नगरपालिका र मध्यपुर ठिमी नगरपालिका प्रतिस्पर्धामा छन् ।

    सेमिफाइनलको पहिलो खेल समूह ‘ए’ को विजेता र समूह ‘सी’ को विजेताबीच हुनेछ । यस्तै, दोस्रो खेल समूह ‘बी’ र समूह ‘डी’ का बीच हुनेछ । सेमिफाइनल खेल ‘१’ का विजेता र सेमिफाइनल खेल ‘२’ का विजयीबीच फाइनल खेल हुनेछ । लगातार वर्षाका कारण पूर्वनिर्धारित तालिकामा खेल सञ्चालन हुन सकेको छैन । प्रतियोगिताको विजेता टिमलाई नगद पाँच लाख रुपैयाँसहित ट्रफी, उपविजेता टिमलाई नगद तीन लाख रुपैयाँसहित ट्रफी प्रदान गरिनेछ ।

    बिहिबार, बैशाख २५, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दशैं: घटस्थापनाको बीउदेखि पूर्णिमाको उज्यालोसम्म
    भूगोल केन्द्रीय विभागमा रिमोट सेन्सिङ तथा जिआइएस केन्द्रको उद्घाटन
    सोह्र श्राद्ध : पौराणिक पृष्ठभूमि एवं वैज्ञानिक तादात्म्यता
    विपद् आउनुअघि थाहा होस् ‘कहाँ के छ?
    भोटेकोशी बाढी: विपद्को गहिराइ बुझ्ने भूगोल
    नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    लोकप्रिय

    भर्खरै

    • १.
      दशैं: घटस्थापनाको बीउदेखि पूर्णिमाको उज्यालोसम्म

    • २.
      भूगोल केन्द्रीय विभागमा रिमोट सेन्सिङ तथा जिआइएस केन्द्रको उद्घाटन

    • ३.
      सोह्र श्राद्ध : पौराणिक पृष्ठभूमि एवं वैज्ञानिक तादात्म्यता

    • ४.
      विपद् आउनुअघि थाहा होस् ‘कहाँ के छ?

    • ५.
      भोटेकोशी बाढी: विपद्को गहिराइ बुझ्ने भूगोल

    • ६.
      तीज : चेलीका गीतदेखि स्वतन्त्रताको आवाजसम्म

    • ७.
      सिसिटिभी क्यामेराले जोगाइदिएको नैतिकता

    • ८.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer