☰
बिहिबार, कार्तिक १३, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

चनौटे भच्चेक सडक निर्माण सुरु


  •   शुक्रबार, बैशाख २६, २०८२ मा प्रकाशित
  • काठमाडौं । गोरखाको अजिरकोट गाउँपालिकाको चनौटे-ढिस्का-भच्चेक सडक निर्माण सुरु भएको छ । पूर्वाधार विकास कार्यालय गोरखाले अजिरकोट गाउँपालिकाको चनौटेदेखि ढिस्का हुँदै पालिकाको केन्द्र भच्चेक जोड्ने १४.३० किलोमिटर सडक कालोपत्र गर्न लागेको हो ।

    Advertisement

    सडक निर्माण कार्यको शुक्रबार गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले चनौटेमा शिलन्यास गर्नुभयो । कार्यालयका इञ्जिनियर कपिल काप्रीका अनुसार सडक निर्माणका लागि यही वैशाख २१ गते एम एस खड्का कृष्ण नवकान्तिपुर जेभीसँग ४४ करोड ४६ लाख २४ हजार रुपियाँमा ठेक्का सम्झौता भएको छ ।

    वि.स. २०८४ असार २५ गतेसम्म म्याद रहेको ठेक्कामार्फत ११.२ किलोमिटरमा अक्सफाल्ट प्रविधीको कालोपत्र र ३.१ किलोमिटर सडक ढलान गरिने भएको कार्यालयले जनाएको छ । सडक फराकिलो पार्ने, टेवा पर्खाल लगाउने, घुम्ती तथा मोड र ग्रेड सुधार गरि ढल ब्यवस्थापनका लागि पक्कि नाली समेत निर्माण हुने इञ्जिनियर काप्रिले बताउनुभयो ।

    वि.स. २०६५ मा ट्याक खुलेको यो सडकबाट अजिरकोट गाउँपालिकाको चार वटा वडाका बासिन्दा लाभान्वित हुने गाउँपालिकाका अध्यक्ष दिपक देवकोटाले बताउनुु्भयो । आवत जावतका साथै ढुवानी र कृषि तथा पशुुजन्य बस्तु निकासीमा सहज हुने उहाँले बताउनुु्भयो । उच्च पहाडी क्षेत्रमा पर्ने अजिरकोटका भच्चेकबजार, सिसानडाडा, सिरानचोक लगायत पर्यटकीय स्थल घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकहरुलाई पनि सहज हुने अपेक्षा गरिएको छ ।

    ट्रयाक खुलेको १७ वर्षपछि सडक कालोपत्र गर्ने योजना सुरु भएकामा स्थानीयवासी हर्षित भएका छन् । मुख्यमन्त्री पाण्डेले सडक शिलान्यास गर्दै प्रदेश सरकारले स्थानीय तहका केन्द्र जोड्ने सडक स्तरोन्नतिलाई प्राथमिकता दिएको बताउनुभयो ।

    सडक स्तरोन्नतिसँगै ग्रामिण क्षेत्रमा उद्यम, कृषि पशुपालन, पर्यटन विकास गरी रोजगारी सृजना गरी बसाईसराई रोक्न प्रयास गरेको बताउनुभयो ।(गोरखापत्र)

    शुक्रबार, बैशाख २६, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दशैं: घटस्थापनाको बीउदेखि पूर्णिमाको उज्यालोसम्म
    भूगोल केन्द्रीय विभागमा रिमोट सेन्सिङ तथा जिआइएस केन्द्रको उद्घाटन
    सोह्र श्राद्ध : पौराणिक पृष्ठभूमि एवं वैज्ञानिक तादात्म्यता
    विपद् आउनुअघि थाहा होस् ‘कहाँ के छ?
    भोटेकोशी बाढी: विपद्को गहिराइ बुझ्ने भूगोल
    नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    लोकप्रिय

    भर्खरै

    • १.
      दशैं: घटस्थापनाको बीउदेखि पूर्णिमाको उज्यालोसम्म

    • २.
      भूगोल केन्द्रीय विभागमा रिमोट सेन्सिङ तथा जिआइएस केन्द्रको उद्घाटन

    • ३.
      सोह्र श्राद्ध : पौराणिक पृष्ठभूमि एवं वैज्ञानिक तादात्म्यता

    • ४.
      विपद् आउनुअघि थाहा होस् ‘कहाँ के छ?

    • ५.
      भोटेकोशी बाढी: विपद्को गहिराइ बुझ्ने भूगोल

    • ६.
      तीज : चेलीका गीतदेखि स्वतन्त्रताको आवाजसम्म

    • ७.
      सिसिटिभी क्यामेराले जोगाइदिएको नैतिकता

    • ८.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer