• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बिहिबार, असार ११, २०८३
☰
बिहिबार, असार ११, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ७. आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

गिट्टी नकुटे चिसै रहन्छ चुनमतीको चुलो


  •   शुक्रबार, बैशाख २६, २०८२ मा प्रकाशित
  • काठमाडौं । मुगु छायानाथ रारा नगरपालिका–७, पिनागाउँका चुनमती शाहीको घरखर्च गिट्टी कुटेर चलिरहेको छ ।

    Advertisement

    उहाँको घर मुगु भए पनि जुम्ला चन्दननाथ नगरपालिका–४, मालाभिडको सडकमा गिट्टी कुटेर घरखर्च चलाई रहनुभएको छ । वैशाखको चर्को गर्मीमा चुनमतीको शरीर पसिनाले भिजेको हुन्छ । अनुहार धुलाम्मे हुनुका साथै ओठमुख सुकेका हुन्छन् । गिट्टी कुटेरै उहाँको हत्केलामा ठेलासमेत बसेका छन् । दायाँ हातमा हथौडा र बायाँमा शाहीको ढुङ्गा हुन्छ । च्यातिएका पन्जा लगाएर उहाँ गिट्टी कुट्ने गर्नुहुन्छ ।

    तर भनेको बेला ‘गिट्टी बिक्री हुँदैन । कोहीनजिक आउँदा उहाँलाई ‘गिट्टी किन्न आएको हो कि ? भन्ने लाग्छ तर ग्राहक नभएको थाहा पाएपछि उहाँ निराश बन्नुहुन्छ । गिट्टीको थुप्रो हेर्दै लामो सास फेर्नु हुन्छ । दुई वर्षअघि श्रीमान् गोरखराज शाही जेल पर्नुभयो । मुगुको छायानाथ रारा नगरपालिका–६, मन्दुगाउँमा सामूहिक हत्या प्रकरणमा संलग्न भएको आरोपमा उहाँ जेलमा हुनुहुन्छ ।

    श्रीमान् जेलमा परेपछि ३५ वर्षीय चुनमतीको दैनिकी गिट्टी कुटेर बित्ने गरेको छ । गिट्टी नकुटे उहाँको चुलो बल्दैन । गत भदौदेखि उहाँ जुम्लाको चन्दननाथ नगरपालिका–४, सिङ्गाचौरमा अर्काको घरमा भाडामा बस्नुहुन्छ । गाउँमा हुँदा उहाँलाई केही कमी थिएन । घर थियो, अन्न बिक्री हुन्थ्यो, छोराछोरी स्कुल जान्थे तर श्रीमान् जेल परेपछि सबै सपना चकनाचुर भएको उहाँले पिडा सुनाउनुभयो । नौ महिनादेखि उहाँ तीन जनाको परिवारसहित जुम्लामा बस्दै आउनुभएको छ ।

    उहाँले भन्नुभयो, “मेरो छोरा लक्की पाँच वर्षको छ, छोरी खुसी ११ वर्षकी छिन् । स्कुल जान पाएका छैनन् । मलाई ढुङ्गा ल्याउन सघाउँछन् । अरूका छोराछोरी अक्षर चिन्छन्, मेरा ढुङ्गा गन्छन् ।” उहाँले थप्नुभयो, “शरीर कमजोर छ, ज्यान पनि सन्चो छैन । गिट्टी कुट्न खोज्छु तर सकिँदैन । भाग्य फुटेपछि गिट्टी पनि फुट्दैन ।”

    साना छोराछोरीको खर्च जुटाउने जिम्मा उहाँकै काँधमा छ । धेरै गिट्टी कुट्न नसक्दा छाक टार्न चुनमतीलाई मुस्किल छ । जुम्लामा गिट्टी प्रतिट्याक्टर चार हजारमा बिक्री हुन्छ ।(गोरखापत्र)

    शुक्रबार, बैशाख २६, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित
    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार ५ गते (१९

    • २.
      आज २०८३ साल असार ८ गते (२२

    • ३.
      आज २०८३ साल असार ७ गते (२१

    • ४.
      आज २०८३ साल असार ९ गते (२३

    • ५.
      आज २०८३ साल असार ६ गते (२०

    • ६.
      आज २०८३ साल असार ११ गते (२५

    भर्खरै

    • १.
      आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार ३ गते (१७ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer