☰
बुधबार, कार्तिक १२, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

रेसुङ्गाबाट हप्तामा तीन दिन उडान हुने


  •   शुक्रबार, बैशाख २६, २०८२ मा प्रकाशित
  • काठमाडौं । गुल्मीको रेसुङ्गा बिमानस्थलबाट पुन : सातामा तीन दिन उडान हुने भएको छ । रेसुङ्गा विमानस्थलका प्रमुख सुमन थापाका अनुसार आइतबार, मंगलबार र बिहिबार उडान हुनेछ।

    Advertisement

    नेपाल एयरलाइन्सको हरेक उडानमा यात्रुको चाप भएपनि जहाज अभाव र मौसम लगायतको कारण सेवा नियमित हुन सकेको छैन । जसका कारण एयरलाइन्सप्रति नागरिक विश्वसस्त छैनन् । यद्यपी उडान थप भएपछि स्थानीयमा खुसीयाली छाएको छ ।

    जहाज मर्मतका कारण साढे तीन महिना रेसुङ्गा विमानस्थलको हवाई उडान अवरुद्ध भएको थियो । त्यसपछि चैतबाट सुरु भएको उडानमा अहिलेसम्म चार उडान भएको विमानस्थल प्रमुख थापाले बताउनुभयो । रेसुङ्गा विमानस्थलमा नेपाल एयरलाइन्स उडान गर्दै आएको छ । रेसुङ्गा नगरपालिका–८ का वल बहादुर घर्तिले धेरै पटक धोका पाएकाले तीन दिन उडान हुनेमा आफु ढुक्क नभएको बताउनुभयो । उहाँले भन्नुभयो, “पहिलो कुरा आम नागरिकले टिकट पाइँदैन । अर्को कुरा दैनिक उडान भनेपनि ढुक्क नभएपछि विश्वास गर्न सक्ने अवस्था छैन ।’

    बिहान ६:१५ मा काठमाडांैबाट र ७:१५ मा रेसुङ्गा विमानस्थलबाट उडान हुने विमानस्थल प्रमुख थापाले बताउनुभयो । गुल्मीको सिमिचौरमा निर्माण भएको रेसुङ्गा विमानस्थलमा ०७५ साल जेठ २५ गते तारा एयरको जहाजले कच्ची धावनमार्गमा सफलतापूर्वक धुले उडान गरेको थियो ।

    तारा एयरकै जहाजले ०७९ पुस २४ गते ‘प्रुभिङ फ्लाइट’ गरेको हो । ०८० वैशाख १५ गतेबाट नेपाल एयरलायन्सको जहाजले परिक्षण उडान गर्यो । काठमाडौं–सिमीचौर करिव ५० मिनेटको उडानमा हुने गरेको छ । काठमाडौंबाट रेसुङ्गा सात हजार ५०० रुपियाँ र रेसुङ्गा विमानस्थलबाट काठमाडांै सात हजार ३०० रुपियाँ हवाई भाडा रहेको एयरलाइन्सले जनाएको छ ।(गोरखापत्रबाट)

    शुक्रबार, बैशाख २६, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दशैं: घटस्थापनाको बीउदेखि पूर्णिमाको उज्यालोसम्म
    भूगोल केन्द्रीय विभागमा रिमोट सेन्सिङ तथा जिआइएस केन्द्रको उद्घाटन
    सोह्र श्राद्ध : पौराणिक पृष्ठभूमि एवं वैज्ञानिक तादात्म्यता
    विपद् आउनुअघि थाहा होस् ‘कहाँ के छ?
    भोटेकोशी बाढी: विपद्को गहिराइ बुझ्ने भूगोल
    नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    लोकप्रिय

    भर्खरै

    • १.
      दशैं: घटस्थापनाको बीउदेखि पूर्णिमाको उज्यालोसम्म

    • २.
      भूगोल केन्द्रीय विभागमा रिमोट सेन्सिङ तथा जिआइएस केन्द्रको उद्घाटन

    • ३.
      सोह्र श्राद्ध : पौराणिक पृष्ठभूमि एवं वैज्ञानिक तादात्म्यता

    • ४.
      विपद् आउनुअघि थाहा होस् ‘कहाँ के छ?

    • ५.
      भोटेकोशी बाढी: विपद्को गहिराइ बुझ्ने भूगोल

    • ६.
      तीज : चेलीका गीतदेखि स्वतन्त्रताको आवाजसम्म

    • ७.
      सिसिटिभी क्यामेराले जोगाइदिएको नैतिकता

    • ८.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer