☰
बिहिबार, कार्तिक १३, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

एसियन बुद्धिस्ट सांस्कृतिक महोत्सव सम्पन्न


  •   शुक्रबार, बैशाख २६, २०८२ मा प्रकाशित
  • काडमाडाैँ । चौथो एसियन बुद्धिस्ट सांस्कृतिक महोत्सव २०२५ सम्पन्न भएको छ । लुम्बिनीमा आयोजना भएको सम्मेलन विभिन्न कार्यक्रमका साथ सम्पन्न भएको हो ।

    Advertisement

    महोत्सवमा बौद्ध धर्मका विभिन्न धार्मिक अनुष्ठान र प्रवचन र विभिन्न कार्यक्रमहरू आयोजना भएको थियो । तीन दिनसम्म चलेको महोत्सवमा विश्वभरका बौद्ध धर्म अनुयायीहरू, विद्वानहरू, युवाहरू र संस्कृति अनुरागीहरूको सहभागिता थियो ।

    लुम्बिनीलाई अन्तर्राष्ट्रिय बौद्ध दर्शन, अध्यात्म र शान्तिको केन्द्रका रूपमा अझ सुदृढ बनाउने लक्ष्यका साथ महोत्सवको आयोजना गरिएको लुम्बिनी विकास कोषका उपाध्यक्ष ल्यारक्याल लामाले बताउनुभयो ।

    प्रधानमन्त्री केपी ओलीको प्रमुख आतिथ्य रहेको कार्यक्रममा पर्यटन मन्त्री, प्रदेशका मुख्य मन्त्री लगायत अतिथिहरूको सहभागिता थियो । यस महोत्सवमा चीन, थाइल्यान्ड, श्रीलङ्का, क्याम्बोडिया, म्यानमार, भुटान, जापान, दक्षिण कोरिया, भारत लगायत ५० भन्दा बढी राष्ट्रका प्रतिनिधि सहभागी थिए।

    महोत्सव बौद्ध दर्शन र संस्कृतिको प्रवर्द्धन गरी विश्वशान्ति, सद्भाव अभिवृद्धि गर्ने उद्देश्यले सारिपुत्र फ़ाउण्डेशनको आयोजनामा नेपाल सरकार लुम्बिनी विकास कोष, चाइनिज कल्चर प्रोमोशन सोसाइटी, लुम्बिनी विश्वविद्यालय, वर्ल्ड एलायन्स फर बुद्धिस्ट कल्चरल एक्सचेन्ज लिमिटेड र वुजोउ पीस कलिग्राफी एण्ड पेन्टिङ एकेडेमी संस्थाहरुको सहकार्यमा सम्पन्न भएको हो।

    सारीपुत्र फ़ाउण्डेशनका अध्यक्ष भन्ते सुमंगलोका अनुसार यो महोत्सवको आयोजना सन् २०११ मा पहिलो पटक क्याम्बोडियाबाट सुरु भएको थियो र त्यसयता श्रीलङ्का, थाइल्यान्ड हुँदै यस पटक नेपालको लुम्बिनीमा चौथो संस्करण सम्पन्न भएको हो। यस आयोजनाले लुम्बिनीको मात्र नभई रामग्राम, मधुवन र विशेष गरेर तिलौराकोटको अन्तर्राष्ट्रिय स्तरमा उच्च तहमा प्रचार हुन सहयोग पुगेको बताउनुभयो। यसका साथै स्थानीय पर्यटन र आर्थिक विकासमा समेत टेवा पुगेको र पुर्‍याउने अपेक्षा गरिएको बताउनु भयो।

    यसै गरी उक्त महोत्सवले आध्यात्मिक एवं सांस्कृतिक प्रभाव मात्र नभई ,विश्व समुदायमा नै करुणा, सहिष्णुता र शान्तिको सन्देश दिने एउटा उदाहरणीय प्रयास भएको पनि बताउनुभयो।

    महोत्सवको पहिलो दिनको, साँझमा लिटिल बुद्धको परिसरमा आयोजित “महादीप प्रज्वलन कार्यक्रम” विशेष आकर्षण बनेको थियो । सारिपुत्र फाउन्डेसन र लुम्बिनी विकास कोषको सहकार्यमा आयोजित यस कार्यक्रममा ६० हजार बत्ती बालिएको थियो, जसले करुणा, शान्ति र एकताको सन्देश विश्वभर फैलाएको थियो। हजारौँ भिक्षु, भिक्षुणी, अतिथि तथा भक्तजन यस अवसरमा उपस्थित थिए।

    हालै म्यानमारमा गएको विनाशकारी ७.७ म्याग्निच्युडको भूकम्पका पीडितहरूप्रति श्रद्धाञ्जली र प्रार्थना पनि गरिएको थियो।

     

    शुक्रबार, बैशाख २६, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दशैं: घटस्थापनाको बीउदेखि पूर्णिमाको उज्यालोसम्म
    भूगोल केन्द्रीय विभागमा रिमोट सेन्सिङ तथा जिआइएस केन्द्रको उद्घाटन
    सोह्र श्राद्ध : पौराणिक पृष्ठभूमि एवं वैज्ञानिक तादात्म्यता
    विपद् आउनुअघि थाहा होस् ‘कहाँ के छ?
    भोटेकोशी बाढी: विपद्को गहिराइ बुझ्ने भूगोल
    नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    लोकप्रिय

    भर्खरै

    • १.
      दशैं: घटस्थापनाको बीउदेखि पूर्णिमाको उज्यालोसम्म

    • २.
      भूगोल केन्द्रीय विभागमा रिमोट सेन्सिङ तथा जिआइएस केन्द्रको उद्घाटन

    • ३.
      सोह्र श्राद्ध : पौराणिक पृष्ठभूमि एवं वैज्ञानिक तादात्म्यता

    • ४.
      विपद् आउनुअघि थाहा होस् ‘कहाँ के छ?

    • ५.
      भोटेकोशी बाढी: विपद्को गहिराइ बुझ्ने भूगोल

    • ६.
      तीज : चेलीका गीतदेखि स्वतन्त्रताको आवाजसम्म

    • ७.
      सिसिटिभी क्यामेराले जोगाइदिएको नैतिकता

    • ८.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer