• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शुक्रबार, भदौ ०५, २०८३
☰
शुक्रबार, भदौ ०५, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

पर्यटक पर्खिरहेको ‘भाले बास्ने’ ताल


  •   शुक्रबार, बैशाख २६, २०८२ मा प्रकाशित
  • काठमाडौं । घना जङ्गलले घेरिएको । माथि पहाडको शीरमा प्रसिद्ध धार्मिक स्थल मालिका धुरी । आँखाले भ्याएसम्म देखिने सुन्दर ग्रामिण बस्तीहरु ।

    Advertisement

    दुखु लेकबाट छङछङ गर्दै झरना झरिहेको छ । यहि आकर्षक झरनाको फेदीमा करिब २२ वर्गमिटर क्षेत्रफलमा फैलिएको तालको नाम हो ‘भाले बास्ने’ ताल । लोकसेवा आयोगले लिने परीक्षा र सामान्य ज्ञानका पुस्तकहरुमा सोधिने भालेबास्ने ताल कुन जिल्लामा पर्दछ ? भन्ने प्रश्नको उत्तर आउँछ ‘म्याग्दी जिल्ला’ ।

    मालिका–६,मा पर्ने यो ताल प्रचुर पर्यटकीय सम्भावना भएपनि थप पूर्वाधार निर्माण नहुँदा ओझेलमा परेको छ । राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा परिचित ऐतिहासिक ताल मालिका र मङ्गला गाउँपालिकाको सिमानामा अवस्थित ताल पर्यटक पर्खिरहेको छ । मालिका गाउँपालिकाले तालसम्म पुग्ने पदमार्गसहित पूर्वाधार निर्माण गरेको छ भने स्थानीय दुखुबेँसीबासी यो तालको प्रचारप्रसार र प्रवर्द्धनमा जुटेका छन् ।

    गाउँपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत आर्थिक वर्ष २०७७-०७८ देखि गत वर्षसम्म ताल सम्म पुग्न दुखुबेँसी गाउँदेखि १५ लाख रुपियाँ लागतमा करिब दुई किलोमिटर ढुङ्गाको सिँढीसहित पदमार्ग निर्माण गरेको छ । चालु आर्थिक वर्षमा चाल लाख रुपियाँ लागतमा मन्दिर पुनर्निर्माण गरिएको पदमार्ग र मन्दिर पुर्ननिर्माण उपभोक्ता समिति अध्यक्ष गङ्ग रोकाले जानकारी दिनुभयो ।

    देवताको शक्ति रहेको धार्मिक विश्वासका कारण नजिकैको भाले बास्ने मन्दिरमा हरेक वर्ष स्थानीयले पूजाआजा गर्ने गर्दछन् । ऐतिहासिक धार्मिक तथा पर्यटकीय स्थल ‘भाले बास्ने ताल’ घुम्न आउन स्थानीय दुखुबेँसीका राज मगरले सबैलाई आग्रह गर्नुहुन्छ । केही वर्ष पहिले खोलामा आएको बाढीले पुरिएर साँघुरिएर सानो बन्दै गएको र कठिन भुगोलका कारण ताल अहिले मुस्किलले देख्न सकिने दुखुबेँसीका सौगात गुरुङले बताउनुभयो ।

    गाउँलेले खडेरीको समयमा पनि पानी पार्ने देवताको रुपमा समेत मान्दछन् ‘भाले बास्ने’लाई । दुई शताब्दी अघिको किंवदन्ती अनुसार दुखु गाउँका ९ भाइमध्ये एक भाइ लाहुरबाट घर फर्किंदा भरिया लिएर उक्त तालको बाटो हुँदै जानुभएछ । ताल नजिकै उखु र सुन्तलाबारीसहित एउटा उज्यालो घर देखिएछ । त्यही घरमा राती विश्राम गर्नुभएछ । बिहानै कुखराको भालेको आवाजले व्युझिँदा ती व्यक्ति र उहाँका भरिया ढुङ्गामा सुतेको अवस्थामा आफूलाई पाउनुभएछ ।

    ती व्यक्ति र भरिया डरले भागेर गाउँमा आउनुभएछ र गाउँलेहरुलाई उक्त घटना सुनाउनुभएछ । उक्त घटनाकै आधारमा तालको नामकरण गरिएको दुखुबेँसीका ७१ वर्षिय लालप्रसाद पुनले बताउनुभयो। ती व्यक्ति तालबाट फर्किएपछि लामो समयसम्म बली लिएर पूजा गर्ने गरेको भनाइ समेत छ । यो तालमा अझै पनि बिहान बिहानै कुखुराको भाले बास्छ भन्ने विश्वास स्थानीयलाई छ ।

    गाउँदेखि पैदलमार्फत करिब ४५ मिनेटमा यो तालमा पुग्न सकिन्छ ।(गोरखापत्र)

    शुक्रबार, बैशाख २६, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “
    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    भर्खरै

    • १.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    • २.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ४.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer