• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शुक्रबार, बैशाख ०४, २०८३
☰
शुक्रबार, बैशाख ०४, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. वार्षिक राशिफल: २०८३

  • २. आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल वैशाख ३ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल वैशाख ४ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. मासिक राशिफल: वैशाख २०८३

  • ६. नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

कुष्ठरोगको उपचारका लागि आवश्यक जनशक्ति छैनः निर्देशक झा


  •   शुक्रबार, बैशाख २६, २०८२ मा प्रकाशित
  • काठमाडौँ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चन्द्रभाल झाले कुष्ठरोगको उपचारका लागि जनशक्तिको अभाव रहेको बताउनुभएको छ ।

    Advertisement

    नेपालमा कुष्ठरोगको उल्मुलन तथा कुष्ठरोग प्रभावित व्यक्तिमाथि हुने भेदभावविरुद्धको दुई दिने राष्ट्रिय सम्मेलनको उद्घाटनपछिको पत्रकार सम्मलेनका क्रममा बोल्नुहुँदै उहाँले नेपालमा छालासम्बन्धी रोगको उपचार गर्ने जनशक्ति अभाव रहेको बताउनुभएको हो ।

    उहाँले उहाँले छाला विशेषज्ञहरुको दरबन्दी पुरानै रहेको र दरबन्दीअनुसार पहिला अञ्चल अस्पतालमा मात्रै डर्मिटोलोजिस्टहरुको दरबन्दी रहेको बताउनुभयो । दरबन्दी थप्ने काम इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको नभएर स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालएको भएकाले मन्त्रालयले विस्तारै दरबन्दी थप गरेपनि पर्याप्त नरहेको जानकारी दिनुभयो ।

    सबै ठाउँमा दरबन्दी पठाउन नसकेको स्वीकार उहाँले गर्नुभयो । कुष्ठरोग उल्मुलनका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साझेदारी, प्रभावित व्यक्तिलाई राज्यबाट प्रदान गरिने सेवा सुविधा, संरक्षणका लागि विद्यमान नीति, कानुनी पाटोकाबारे पनि सम्मेलनमा गहन छलफल हुने बताइएको छ । मानिसको छालामा फुस्रो दाग देखिने र वरिपरिको भागलाई नष्ट गर्ने कुष्ठ रोग समयमै पहिचान र उपचार नभए व्यक्ति अपाङ्ग हुने सम्भावना रहने चिकित्सकहरुको भनाइ छ । नेपालमा प्रत्येक बर्ष करिव दुई हजार ८ सय ६७ वटा कुष्ठ रोगका नयाँ विरामी दर्ता हुने गरेको तथ्याङक छ । हाल नेपालमा करिव दुई लाखको सङ्ख्यामा कुष्ठरोगका बिरामी रहेकामा करिव ३० हजार अपाङ्गताको अवस्थामा रहेको अनुमान छ ।

    उहाँले भन्नुभयो, ‘‘दरबन्दी हाम्रो पुरानै छ । दरबन्दीअनुसार पहिला अञ्चल अस्पतालमा मात्रै डर्मिटोलोजिस्टहरुको दरबन्दी थियो । त्यो पुरानै दरबन्दी अहिले पनि कायम छ । छात्रवृत्तिमा थोरै छन् जनशक्तिहरु । तर पठाएकै छ । हुनतः पठाउने स्वास्थ्य मन्त्रालयले हो । विभिन्न ठाउँमा पठाएको छ तर अहिले पनि अपर्याप्त त छँदैछ । सबै ठाउँमा पठाउन सकिएको छैन ।’’

    आजबाट नेपालमा कुष्ठरोगको उल्मुलन तथा कुष्ठरोग प्रभावित व्यक्तिमाथि हुने भेदभावविरुद्धको दुई दिने राष्ट्रिय सम्मेलन सुरु भएको छ । बिहीबार काठमाडौँमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्मेलनको उद्घाटन गर्नुभयो । पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ, प्रतिनिधिसभा शिक्षा तथा स्वास्थ्य समितिका सभापति अम्बरबहादुर थापा,नेपाल कानुन समाजका अध्यक्ष एवम् पूर्वउपसभामुख पुष्पा भुसाल, विश्व स्वास्थ्य सङ्गठनका प्रतिनिधि डा. राजेश सम्भाजिराओ, सङ्गठनका गुडवील एम्बास्डर योही साकाकावा, सहआयोजककातर्फबाट शोभाखर कँडेल र आइडिया नेपालका अमर तिमिल्सिनाले सम्मेलनका क्रममा उच्चतम स्तरको राजनीतिक प्रतिवद्धताका लागि वकालत गर्ने, कुष्ठरोग उल्मुलन तथा बिरामीको सहयोग र सुधारका लागि थप बल प्रदान गर्ने तथा प्रभावित व्यक्तिको समावेशीकरण र स्वीकार्यता अभिवृद्धिका लागि सक्दो प्रयास गरिने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

    सासाकावा लेप्रोसी इनिसेटिभ,नेपाल कानुन समाज, विश्व स्वास्थ्य सङ्गठन नेपाल, कुष्ठरोग मिसन नेपाललगायतका संस्थाको सहकार्यमा भएको सम्मेलनमा कुष्ठ रोगनिवारणका क्षेत्रमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा संलग्न संघ/संस्थाका विशेषज्ञ र जानकारसहित करिव ३ सय जनाको सहभागिता रहेको छ ।

    सम्मेलनमा नेपालमा कुष्ठरोग उन्मुलनका लागि भएका प्रयास अभिवृद्धिसम्बन्धी विषयगत छलफलका साथै प्रदेश र स्थानीय तहमा कुष्ठरोग उल्मुलनको गति बढाउने विषयमा गहन मन्थन हुनेछ । साथै, कुष्ठ रोगको उच्चदरबाट प्रभावित छानिएका स्थानीय तहबाट भएका असल अभ्यास तथा चुनौती, भेदभाव न्यूनीकरण तथा मानवअधिकारसम्बन्धी छलफल र प्रस्तुती हुनेछ ।(गोरखापत्र)

    शुक्रबार, बैशाख २६, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न
    बालेन सरकारको १०० बुँदे कार्यसूची: मन्त्रालय १७ बनाइने, २०४८ यताका सबैको सम्पत्ति छानबिन हुने
    भूगोल केन्द्रीय विभागमा तीन दिने SWAT तालिम सम्पन्न
    धार्मिक पर्यटनलाई टेवा पुग्ने गरी बृहत् पाशुपत पदयात्रा-२०८२ आयोजना
    “समाज दलीय स्वार्थभन्दा माथि उठेको छ” स्वतन्त्र उम्मेदवार कविता भट्टराई
    वास्तुशास्त्र अनुसार कुन वार के काम गर्नु हुदैन

    लोकप्रिय

    • १.
      वार्षिक राशिफल: २०८३

    • २.
      आज २०८३ साल वैशाख १ गते मंगलवार:

    • ३.
      आज २०८३ साल वैशाख ३ गते बिहीवार:

    • ४.
      आज २०८३ साल वैशाख ४ गते शुक्रवार:

    • ५.
      मासिक राशिफल: वैशाख २०८३

    • ६.
      नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    भर्खरै

    • १.
      मासिक राशिफल: वैशाख २०८३

    • २.
      आज २०८३ साल वैशाख ४ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल वैशाख ३ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      वार्षिक राशिफल: २०८३

    • ५.
      आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    • ७.
      आज २०८२ साल चैत १९ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८२ साल चैत १७ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer