• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शनिबार, असार २०, २०८३
☰
शनिबार, असार २०, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

५ दशकमा दुई आर्थिक वर्षमात्र विनियोजनभन्दा बजेट खर्च धेरै


  •   मङ्गलबार, बैशाख ३०, २०८२ मा प्रकाशित
  • काठमाडौं । १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँ हाराहारी बजेट विनियोजन गरेको सरकारले चालु आर्थिक वर्ष १० महिना सकिँदासम्म ११ खर्ब ४६ अर्ब ५९ करोड रुपैयाँ खर्च गर्न सकेको छ । यो लक्ष्यको ६१.६३ प्रतिशतमात्र हो ।

    Advertisement

    विनियोजित लक्ष्य अनुसार बजेट खर्च गर्ने हो भने बाँकी दुई महिना (जेठ र असार) मा सरकारले ७ खर्ब १३ अर्ब ७१ करोड रुपैयाँ खर्च गर्नुपर्छ । अर्थात्, हरेक महिना ३ खर्ब ५६ अर्ब ८५ करोड बजेट खर्च गर्नुपर्छ । जुन असम्भव छ ।

    अर्थ मन्त्रालयले बजेटको अर्धवार्षिक समीक्षा मार्फत यो लक्ष्य घटाइसकेको छ । यसले सरकारको विनियोजन र खर्चबीच खाडल यस वर्ष पनि ठूलो रहने निश्चित भएको छ । उता, पछिल्लो ५० वर्षयताको तथ्यांक विश्लेषण गर्दा दुई पटक विनियोजनको तुलनामा खर्च माथि भएको देखिएको छ ।

    पूर्वमुख्यसचिव डा. बैकुण्ठ अर्यालका अनुसार अर्थ मन्त्रालयको तथ्यांकले आव २०४७/४८ र २०६३/६४ मा विनियोजनको तुलनामा बजेट खर्चमाथि भएको देखाएको छ ।

    उनका अनुसार २०४७/४८ मा ११८.९९ प्रतिशत बजेट खर्च भएको थियो । त्यसयताका हरेक आवमा विनियोजन र खर्चबीचको असन्तुलन निरन्तर बढ्दो क्रममा छ । यसबाट सरकारको विनियोजन दक्षतामाथि प्रश्न उठिरहेको अर्यालको निष्कर्ष छ ।

    पछिल्लो ५० वर्षमा सबैभन्दा कम बजेट खर्च भने २०७६/७७ मा भएको छ । त्यसबेला ७१.१९ प्रतिशत बजेट खर्च भएको थियो । उक्त वर्ष कोभिड महामारीले बजेट खर्च प्रभावित भएको थियो । पछिल्लो ५ दशकमा औसत बजेट खर्च ८६.९७ प्रतिशत हाराहारी मात्र देखिएको छ ।

    नयाँ संविधानपछि झनै कमजोर बजेट प्रणाली

    मुलुकमा राजनीतिक परिवर्तन र नयाँ संविधान लागु भएयता बजेट प्रणाली (विनियोजन र खर्च) अझ असन्तुलित भएको देखिन्छ । आव २०३१/३२ देखि २०७१/७२ सम्म ४१ वर्ष अवधिमा ३ पटकमात्र ८० प्रतिशतभन्दा कम बजेट खर्च भएको देखिन्छ ।

    तर, २०७२/७३ देखि २०८०/८१ सम्म ९ वर्ष अवधिमा भने ३ पटक मात्र ८० प्रतिशतभन्दा बढी खर्च हुन सकेको देखिएको छ । २०७३/७४, २०७७/७८ र २०८०/८१ मा मात्र ८० प्रतिशत बजेट खर्च कटेको तथ्यांकमा देखिन्छ ।

    पछिल्लो एक दशकको औसत बजेट खर्चसमेत ८०.५८ प्रतिशत हाराहारी मात्र छ । यसमध्ये चालु शीर्षकको खर्चले उचाइ लिँदै गर्दा वित्तीय व्यवस्थातर्फको खर्च बढ्दै र पूँजीगत खर्चको हिस्सा निरन्तर ओरालो लाग्ने क्रममा देखिएको छ । जसलाई विज्ञले चिन्ताजनक अवस्था मान्ने गर्छन् ।
    यस अवधिमा रक्षा, सार्वजनिक शान्ति सुरक्षा, मनोरञ्जन, संस्कृति र धर्मका नाममा विनियोजित बजेट पूरै खर्च हुने गरेको देखिन्छ । तर, पूँजी निर्माणमा हुने खर्च भने निरन्तर घट्दो क्रममा रहेको देखिएको छ ।

    बजेट तर्जुमामा रहेका समस्या, विनियोजन दक्षता नदेखिनु, स्रोतको तुलनामा अत्यधिक माग, कार्यान्वयनका पूर्वसर्त पूरा नहुनु र अध्ययनविनाका आयोजना बजेटमा राख्दा बजेट चक्र समस्यामा देखिएको हो ।

    उता, पूँजीगत बजेटमात्र विश्लेषण गर्दा पछिल्लो १३ वर्षमा दुई आर्थिक वर्षमात्र ८० प्रतिशत प्रगति नाघेको छ । २०६९/७० र २०७४/७५ मा मात्र प्रगति ८० प्रतिशत माथि गएको छ ।

    सम्बोधन गर्ला नयाँ बजेटले ?

    सरकारले आगामी बजेटको सिद्धान्त र प्राथमिकता आइतबार संसदमा प्रस्तुत गरेको छ । जसको मुख्य उद्देश्य बजेट प्रणाली सुधार देखिन्छ । उपप्रधानमनत्री एवं अर्थमन्त्री विष्णु पौडेलले सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्दै आगामी वर्ष स्रोत व्यवस्थापन तथा बजेट कार्यान्वयनमा दक्षता ल्याई सीमित साधनबाट अधिकतम प्रतिफल हासिल गर्न जोड दिइने बताएका छन् । पूर्वतयारी सम्पन्न भएका, प्रतिफल दर उच्च भएका र ठूला आयोजनामा मात्र सरकारी लगानी केन्द्रित गर्ने तयारी सरकारले गरेको छ ।

    साना, छरिएका, दोहोरो परेका, स्रोत सुनिश्चित नभएका र सम्पन्न हुन लामो समय लाग्ने विद्यमान आयोजना संख्या कटौतीको तयारी समेत सरकारले गरेको जनाएको छ ।

    क्रमागत आयोजनाको पुनः प्राथमिकीकरण, पुनर्संरचना वा स्थगन गरिने भएको छ । आगामी आवमा सम्पन्न हुने आयोजनाले भने पर्याप्त बजेट पाउने सिद्धान्त तथा प्राथमिकतामा उल्लेख छ ।

    खरिद तथा ठेक्का व्यवस्थापन सम्बन्धी विद्यमान कानुनी जटिलता समाधान गर्ने र आयोजना कार्यान्वयन गर्न अन्तरनिकाय समन्वय सशक्त बनाउने विषय सिद्धान्त र प्राथिमकितामा समेटिएको छ ।

    बजेटको आकार यथार्थपरक बनाउन निजी क्षेत्रको सुझाव

    निजी क्षेत्रले समेत नीतिगत स्थिरतालाई प्राथमिकता दिएर आगामी आवको बजेट बनाउन सुझाव दिएको छ । नेपाल उद्योग वाणिज्य महासंघले आइतबार अर्थमन्त्रीलाई बुझाएको सुझावमा बजेटको आकार राजस्वको वृद्धि अनुमानका आधारमा यथार्थपरक बनाउन भनिएको छ । यसबाट कार्यान्वयनयोग्य बजेट बन्ने निजी क्षेत्रको अनुमान छ ।

    महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालले बजेटको करिब १७ प्रतिशत जति मात्रै पूँजीगत खर्च छुट्याइने र त्यो पनि ६० प्रतिशत हाराहारी मात्रै खर्च हुने प्रवृत्तिले अपेक्षित विकास हुन नसकेको बताए । यसबाट बजारमा न्यून माग हुने र निजी क्षेत्रको व्यवसाय पनि प्रभावित भएको उनको भनाइ छ ।

    अबको कम्तीमा दुई वर्ष बजेटको आकार तय गर्दा राजस्व वृद्धिदरकै हाराहारी बजेट आकार वृद्धि गर्नुपर्ने अध्यक्ष ढकालको सुझाव छ ।

    मङ्गलबार, बैशाख ३०, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित
    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार १४ गते (२८

    • २.
      आज २०८३ साल असार १६ गते (३०

    • ३.
      आज २०८३ साल असार १८ गते (२

    • ४.
      आज २०८३ साल असार १५ गते (२९

    • ५.
      आज २०८३ साल असार १९ गते (३

    भर्खरै

    • १.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer