• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बिहिबार, असार ११, २०८३
☰
बिहिबार, असार ११, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ७. आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

कर्णालीमा घट्दै छन् सामुदायिक विद्यालय


  •   बुधबार, बैशाख ३१, २०८२ मा प्रकाशित
  • काठमाडौं । कर्णाली प्रदेशमा सामुदायिक विद्यालयको सङ्ख्या घटेका छन् भने संस्थागत (निजी) विद्यालय बढेको पाइएको छ । सहरोन्मुख बस्तीको विकास हुनु, थोरै विद्यार्थी भएका विद्यालय मर्ज हुनु, मावि तहसम्मको विद्यालय खोल्ने अनुमति स्थानीय तहले दिने अधिकार हुनु र सामुदायिक विद्यालय राजनीतिको सिकार भइरहने हुँदा सामुदायिक विद्यालय घटेको जानकार बताउँछन् ।

    Advertisement

    सामाजिक विकास मन्त्रालयका अनुसार अहिले सामुदायिक विद्यालयको सङ्ख्या तीन हजार २१० रहेका छन् । जबकि अघिल्लो वर्ष तीन हजार २३३ थिए । गत वर्षको भन्दा यस वर्ष २३ वटा घटेका छन् । मन्त्रालयका शैक्षिक योजना तथ्याङ्क तथा अनुसन्धान शाखाका अधिकृत आठौँ बलवीर सुनारले शिक्षा तथा मानवस्रोत विकास केन्द्रको २०८१ को फ्ल्यास रिपोर्टमा कर्णालीमा अघिल्लो वर्षको तुलनामा यस वर्ष सामुदायिक विद्यालयको सङ्ख्या २३ वटाले घटेको उल्लेख भएको जानकारी दिनुभयो ।

    यसै गरी संस्थागत विद्यालयको सङ्ख्या २७७ वटा पुगेको छ । अघिल्लो वर्ष २५० वटा थियो । अघिल्लो वर्षको तुलनामा संस्थागत विद्यालय २७ वटा बढेको फ्ल्यास रिपोर्टमा उल्लेख भएको उहाँले बताउनुभयो । सामुदायिक विद्यालय केही मर्ज पनि गरिएकोले सङ्ख्या घटेको उहाँले जानकारी दिनुभयो । विद्यार्थी सङ्ख्या निकै थोरै भएका सामुदायिक विद्यालय मर्ज गर्दा विद्यालय घटेको, बस्ती विकास भएपछि अभिभावकले आफ्ना सन्तानलाई सामुदायिकभन्दा निजीमा पढाउन थालेका कारणले गर्दा सामुदायिक विद्यालय घटेको मन्त्रालयका अनुसन्धान शाखा अधिकृत सुनारले बताउनुभयो ।

    यसै गरी कर्णालीमा आधारभूत तह (कक्षा १–८) सम्मका ४० प्रतिशत विद्यार्थी संस्थागत विद्यालयमा अध्ययन गर्ने गरेका छन् । सो तहसम्म कर्णालीमा कुल तीन लाख ५४ हजार ७४० जना विद्यार्थी छन् । जसमध्ये ४०.२ प्रतिशत अर्थात् ५२ हजार ८८६ जना विद्यार्थी संस्थागत विद्यालयमा पढ्छन् । सामुदायिक विद्यालयमा ६० प्रतिशत अर्थात् तीन लाख एक हजार ९०४ जना अध्ययन गर्ने गरेको जानकारी उहाँले दिनुभयो । मावि तह (कक्षा ९–१२) का एक लाख २७ हजार ८३३ विद्यार्थीमध्ये सामुदायिकमा एक लाख २१ हजार ४७ जना र छ हजार ७७६ जना संस्थागतमा पढ्ने गरेका छन् ।

    मावि तहसम्म संस्थागत विद्यालयमा पढाइ अङ्ग्रेजी भाषाको सुधार हुने भएकोले अभिभावकले यो तहमा बढी सामुदायिक विद्यालयमा भन्दा संस्थागत विद्यालयमा बढी भर्ना गर्ने गरेको पाइएको छ ।

    यता शिक्षा विकास निर्देशनालयले पनि विद्यालय सञ्चालनको अनुमति दिने अधिकार स्थानीय तहलाई भएको र विद्यार्थी अभावमा सामुदायिक विद्यालय मर्ज हुँदै गए आगामी वर्ष पनि सामुदायिक विद्यालयको सङ्ख्या घट्दै जाने जनाएको छ । निर्देशक दीपा हमालले मावि तहसम्म विद्यालय खोल्ने अधिकार स्थानीय तहलाई भएकोले बजार विस्तार भएका ठाउँमा संस्थागत विद्यालय बढ्ने बताउनुभयो । यस्तै थोरै विद्यार्थी भएका विद्यालय पनि गाभिएका कारण सामुदायिक विद्यालयको सङ्ख्या घटेको र आगामी वर्ष पनि घट्न सक्ने उहाँले जनाउनुभयो ।(गोरखापत्र)

    बुधबार, बैशाख ३१, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित
    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार ५ गते (१९

    • २.
      आज २०८३ साल असार ८ गते (२२

    • ३.
      आज २०८३ साल असार ७ गते (२१

    • ४.
      आज २०८३ साल असार ९ गते (२३

    • ५.
      आज २०८३ साल असार ६ गते (२०

    • ६.
      आज २०८३ साल असार ११ गते (२५

    भर्खरै

    • १.
      आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार ३ गते (१७ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer