☰
बिहिबार, कार्तिक १३, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

बाइस वर्षदेखि विद्यार्थीविहीन छात्रावास


  •   बुधबार, बैशाख ३१, २०८२ मा प्रकाशित
  • काठमाडौं । दक्षिण क्षेत्रमा रहेको तत्कालीन चार वटा गाउँ विकास समितिको एक मात्र सूर्योदय माध्यमिक विद्यालय २०१७ मा तत्कालीन समयमा गाउँका मुखियासमेत रहेका प्रधानपञ्च तथा समाजसेवी दानबहादुर भण्डारीको पहलमा स्थापना भएको थियो । भौगोलिक हिसाबले निकै टाढा रहेको मैला, मदना र मुगु जिल्ला सोरू गाउँपालिकालगायतका ठाउँबाट विद्यार्थीलाई आउन गाह्रो भएपछि एउटा छात्रावासको स्थापना भएको थियो । विभिन्न निकायसँगको पहलमा २०५२ मा १२ कोठे छात्रावाससहित निर्माण भएको छात्रावासमा २०६० सम्म विद्यार्थी खचाखच हुन्थे । छात्रावासमा कोठा नपाएर बाहिर गाउँमा समेत बसेर अध्ययन गर्ने गर्दथे विद्यार्थी ।

    Advertisement

    तर त्यसबेलाको सशस्त्र द्वन्द्वमा छात्रावासबाटै धेरै जना विद्यार्थी पूर्णकालीन सदस्य भएर जाँदा खेरी अभिभावकले छात्रावासमा राख्न छोडे । त्यसपछि यो छात्रावासमा कहिल्यै पनि विद्यार्थी नफर्केको सो विद्यालयका पूर्वप्रधानाध्यापक हरिप्रसाद गोर्खालीले बताउनुभयो । यता लामो समय सूर्योदय माविमा अध्यापन गराई अहिले गृहजिल्ला सरुवा भई जानुभएका शिक्षक बुद्धिसागर शर्माले आफू त्यहाँ कार्यरत रहँदा विद्यार्थी निकै हुन्थे तर पछि मैलाको धर्मोदयमा र कालिकाको सल्लाघारी मावि सञ्चालनमा आएपछि छात्रावासमा ठप्प भएको बताउनुभयो । त्यसपछि विद्यार्थीले छात्रावासभन्दा गाउँमा बसेर अध्ययन गर्न थाले ।

    त्यतिबेला सबैभन्दा धेरै विद्यार्थी मुगुको भिईबाट बस्ने गरेको अहिले जनकल्याण आधारभूत विद्यालयकी रमिता धामीको भनाइ छ । उहाँले विदेशी नागरिकले उक्त भवन बनाइसकेपछि अहिले त्यसको संरक्षण र पुनर्निर्माण नभएको बताउनुभयो । यसको पुनर्निर्माणमा कसैको पनि ध्यान नगएको विद्यालय व्यवस्थापन समितिका सदस्यसमेत रहेको अदानचुली गाउँपालिका–२ का हिमबहादुर भण्डारीको भनाइ छ । अहिले मदनामा दुई वटा र मैलामा दुई वटा माध्यमिक विद्यालय छन् भने उता मुगुको भिईमा पनि एउटा माध्यमिक विद्यालय सञ्चालनमा रहेकाले सो छात्रावासमा बस्ने कुनै विद्यार्थी नहुँदा छात्रावास विद्यार्थीविहीन बन्न पुगेको छ ।(गोरखापत्र)

    बुधबार, बैशाख ३१, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दशैं: घटस्थापनाको बीउदेखि पूर्णिमाको उज्यालोसम्म
    भूगोल केन्द्रीय विभागमा रिमोट सेन्सिङ तथा जिआइएस केन्द्रको उद्घाटन
    सोह्र श्राद्ध : पौराणिक पृष्ठभूमि एवं वैज्ञानिक तादात्म्यता
    विपद् आउनुअघि थाहा होस् ‘कहाँ के छ?
    भोटेकोशी बाढी: विपद्को गहिराइ बुझ्ने भूगोल
    सिसिटिभी क्यामेराले जोगाइदिएको नैतिकता

    लोकप्रिय

    भर्खरै

    • १.
      दशैं: घटस्थापनाको बीउदेखि पूर्णिमाको उज्यालोसम्म

    • २.
      भूगोल केन्द्रीय विभागमा रिमोट सेन्सिङ तथा जिआइएस केन्द्रको उद्घाटन

    • ३.
      सोह्र श्राद्ध : पौराणिक पृष्ठभूमि एवं वैज्ञानिक तादात्म्यता

    • ४.
      विपद् आउनुअघि थाहा होस् ‘कहाँ के छ?

    • ५.
      भोटेकोशी बाढी: विपद्को गहिराइ बुझ्ने भूगोल

    • ६.
      तीज : चेलीका गीतदेखि स्वतन्त्रताको आवाजसम्म

    • ७.
      सिसिटिभी क्यामेराले जोगाइदिएको नैतिकता

    • ८.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer