• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शनिबार, असार २०, २०८३
☰
शनिबार, असार २०, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

बाइस वर्षदेखि विद्यार्थीविहीन छात्रावास


  •   बुधबार, बैशाख ३१, २०८२ मा प्रकाशित
  • काठमाडौं । दक्षिण क्षेत्रमा रहेको तत्कालीन चार वटा गाउँ विकास समितिको एक मात्र सूर्योदय माध्यमिक विद्यालय २०१७ मा तत्कालीन समयमा गाउँका मुखियासमेत रहेका प्रधानपञ्च तथा समाजसेवी दानबहादुर भण्डारीको पहलमा स्थापना भएको थियो । भौगोलिक हिसाबले निकै टाढा रहेको मैला, मदना र मुगु जिल्ला सोरू गाउँपालिकालगायतका ठाउँबाट विद्यार्थीलाई आउन गाह्रो भएपछि एउटा छात्रावासको स्थापना भएको थियो । विभिन्न निकायसँगको पहलमा २०५२ मा १२ कोठे छात्रावाससहित निर्माण भएको छात्रावासमा २०६० सम्म विद्यार्थी खचाखच हुन्थे । छात्रावासमा कोठा नपाएर बाहिर गाउँमा समेत बसेर अध्ययन गर्ने गर्दथे विद्यार्थी ।

    Advertisement

    तर त्यसबेलाको सशस्त्र द्वन्द्वमा छात्रावासबाटै धेरै जना विद्यार्थी पूर्णकालीन सदस्य भएर जाँदा खेरी अभिभावकले छात्रावासमा राख्न छोडे । त्यसपछि यो छात्रावासमा कहिल्यै पनि विद्यार्थी नफर्केको सो विद्यालयका पूर्वप्रधानाध्यापक हरिप्रसाद गोर्खालीले बताउनुभयो । यता लामो समय सूर्योदय माविमा अध्यापन गराई अहिले गृहजिल्ला सरुवा भई जानुभएका शिक्षक बुद्धिसागर शर्माले आफू त्यहाँ कार्यरत रहँदा विद्यार्थी निकै हुन्थे तर पछि मैलाको धर्मोदयमा र कालिकाको सल्लाघारी मावि सञ्चालनमा आएपछि छात्रावासमा ठप्प भएको बताउनुभयो । त्यसपछि विद्यार्थीले छात्रावासभन्दा गाउँमा बसेर अध्ययन गर्न थाले ।

    त्यतिबेला सबैभन्दा धेरै विद्यार्थी मुगुको भिईबाट बस्ने गरेको अहिले जनकल्याण आधारभूत विद्यालयकी रमिता धामीको भनाइ छ । उहाँले विदेशी नागरिकले उक्त भवन बनाइसकेपछि अहिले त्यसको संरक्षण र पुनर्निर्माण नभएको बताउनुभयो । यसको पुनर्निर्माणमा कसैको पनि ध्यान नगएको विद्यालय व्यवस्थापन समितिका सदस्यसमेत रहेको अदानचुली गाउँपालिका–२ का हिमबहादुर भण्डारीको भनाइ छ । अहिले मदनामा दुई वटा र मैलामा दुई वटा माध्यमिक विद्यालय छन् भने उता मुगुको भिईमा पनि एउटा माध्यमिक विद्यालय सञ्चालनमा रहेकाले सो छात्रावासमा बस्ने कुनै विद्यार्थी नहुँदा छात्रावास विद्यार्थीविहीन बन्न पुगेको छ ।(गोरखापत्र)

    बुधबार, बैशाख ३१, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित
    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार १४ गते (२८

    • २.
      आज २०८३ साल असार १६ गते (३०

    • ३.
      आज २०८३ साल असार १८ गते (२

    • ४.
      आज २०८३ साल असार १५ गते (२९

    • ५.
      आज २०८३ साल असार १९ गते (३

    भर्खरै

    • १.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer