काठमाडौँ । सर्वोच्च अदालतले राष्ट्रिय प्रजातन्त्र पार्टी (रास्वापा)का उपाध्यक्ष रवीन्द्र मिश्रको तर्फबाट बन्दीप्रत्यक्षीकरण रिटमा बन्दीसहित अदालतमा उपस्थित गराउन आदेश गरेको छ ।
Advertisement
बुधबार सर्वोच्चका न्यायाधीश सुनिलकुमार पोखरेलको एकल इजलासले कारण देखाउ आदेश जारी गर्दै बन्दी मिश्रलाई इजलासमा उपस्थित गराउन आदेश गरेको हो ।
गत चैत्र १५ गते काठमाडौँको तीनकुनेमा राजावादी समूहले हिंसात्मक गतिविधि गरेको भन्दै प्रहरीले बिगत लामि समयदेखी मिश्रसहित दुर्गा प्रसाईं लगायतलाई पक्राउ गरि पटक पटक म्याद थप गर्दै हिरासतमा राखेको थियो । मिश्रमाथि प्रहरीले राज्यद्रोह, सङ्गठित अपराध, आपराधिक उपद्रव कसुरमा अनुसन्धान गरिरहेको छ ।




