• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शनिबार, असार २०, २०८३
☰
शनिबार, असार २०, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

मासिक राशिफल: जेठ २०८२


  •   बिहिबार, जेठ ०१, २०८२ मा प्रकाशित
  • मासिक राशिफल – जेठ २०८२
    उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य)

    Advertisement

    मेष – Aries
    चु, चे, चो, ला, लि, लु, ले, लो, अ
    आर्थिक लगानी र श्रम गर्नुपरे पनि महिना उत्साहवर्धक रहनेछ। व्यवसाय र उद्योगधन्दामा राम्रो फाइदा मिल्नेछ। मिहिनेतले नयाँ अवसर दिलाउन सक्छ। दोहोर्याएर प्रयत्न गर्दा रोकिएको कामसमेत सम्पादन हुने समय छ। सामान्य कामबाट पनि मनग्य आर्जन गर्न सकिनेछ। बहुमूल्य रत्न, धातु आदि संग्रह गर्ने योग छ। कलाक्षेत्रमा रुचि बढ्नुका साथै प्रतिभाको उचित कदर हुनेछ। सामाजिक योगदानले मान–सम्मान दिलाउनेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ। विलासी वस्तुका लागि धन खर्च हुन सक्छ। पढाइलेखाइमा धेरै समय जुट्न नसकिएला। शिर वा आँखाको समस्याले सताउन सक्छ। केही धनमाल हराउने वा ठगीमा परिने सम्भावना देखिएकाले सजग रहनुहोला।

    वृष – Taurus
    इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
    यो महिना केही चुनौतीपूर्ण देखिए पनि लगनशीलताले लक्ष्यमा पुर्याउनेछ। स्वास्थ्यमा उच्च रक्तचाप, टाउको दुखाइ र मौसमी समस्याले सताउने हुँदा सजग रहनुहोला। प्रयत्न गर्दा सहयोगीहरूले साथ दिनेछन् र कामको बोझ हलुका हुनेछ। पहिलेका आलोचक र प्रतिद्वन्द्वीसमेत कर्मयोगका प्रेरक बन्नेछन्। प्रेम र मित्रताको बन्धन कसिनेछ। सकारात्मक चिन्तनले मनको डर इच्छाशक्तिमा रूपान्तरित हुनेछ। वस्त्र, भोजन वा उपयोगी उपहार हातलागी हुनेछ। कृषि तथा पशुधनबाट मनग्य फाइदा पुग्नेछ। आयस्रोत सबल बन्नेछ र भोगविलासमा मन रमाउनेछ। बलभन्दा बुद्धिविवेकले काम लिने चेष्टा गर्नुहोला, मिहिनेतले नाम, दाम र प्रतिष्ठा आर्जन गर्न सफल भइनेछ।

    मिथुन – Gemini
    का, कि, कु, घ, ङ, छ, के, को, ह
    यस महिनामा केही व्यावहारिक उतारचढाव आउन सक्छन्। आयस्रोत कमजोर बन्नेछ। उठ्नुपर्ने रकम अड्किनाले अर्थ अभाव र काममा बाधा हुने देखिन्छ। आशा देखाउनेहरूको विश्वास गर्दा धोका पाइनेछ। परिस्थितिवश सञ्चित रकम खर्चनुपर्ने अवस्था आउन सक्छ। अप्ठ्यारो समयमा पनि आफन्तजन टाढा हुनेछन्। पेसा र व्यापारमा मन्दी आउनेछ, घरखर्च बढ्नेछ। नियमित काम रोकिनाले वैकल्पिक उपायबारे सोच्न बाध्य भइनेछ। शुभचिन्तकहरूको सहयोग र सद्भाव प्राप्त हुनाले महिनाको उत्तरार्धमा केही समस्या सुल्झनेछन्। स्वास्थ्यमा शिर र पाउको समस्याले सताउन सक्छ। अभावका समयमा धनमाल हराउने सम्भावना देखिएकाले सुरक्षामा सजग रहनुहोला।

    कर्कट – Cancer
    हि, हु, हे, हो, डा, डि, डु, डे, डो
    यो महिनामा कर्मसाधनातर्फ केही चुनौती देखिए पनि राम्रो प्रतिफल प्राप्त गर्न सफल भइनेछ। आयआर्जनका नयाँ स्रोत फेला पर्नेछन्। अध्ययनमा प्रगति हुनेछ। नोकरी तथा राजनीतिमा विशेष अवसर प्राप्त हुनेछ। तारिफयोग्य कामले प्रशंसा, ख्याति र मानसम्मान दिलाउनेछ। आत्मसम्मानका साथ आम्दानी बढ्नेछ। भाग्यले असल प्रेमपात्र जुराउनेछ। कृषि, भूमि र पशुधनबाट पनि यथेष्ट लाभ हुनेछ। घर–गृहस्थीमा मन रमाउनेछ। परिवारजनमा आत्मीय भाव बढ्नेछ। कार्यक्षेत्रमा केही चुनौतीपूर्ण जिम्मेवारी आउन सक्छन्। अत्यधिक परिश्रमले शरीरमा थकान र कमजोरी निम्त्याउन सक्छ। तत्काललाई केही समस्या देखिए पनि दिगो काममा जग बसाउने अवसर प्राप्त हुनेछ।

    सिंह – Leo
    मा, मि, मु, मे, मो, टा, टि, टु, टे
    तारिफयोग्य काम गर्दै नाम, दाम र इनाम हातपार्ने मौका छ। कामको सन्दर्भमा विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ। लगनशीलताले सम्मानित स्थान दिलाउनेछ। नोकरीमा प्रवेश, पदोन्नति वा विशेष स्थान प्राप्त हुने समय छ। व्यापार तथा उद्योगतर्फ प्रशस्त फाइदा हुनेछ। खर्च लागे पनि भविष्यका लागि विशेष काममा जग बसाउने अवसर जुट्नेछ। कृषिकर्म एवं पशुधनबाट लाभ उठाउन सकिनेछ। प्रयत्न गर्दा महत्त्वाकांक्षी कामसमेत सम्पादन हुनेछ। अध्ययनतर्फ मिहिनेतले लक्ष्यमा पुर्याउनेछ। समुदायको प्रतिनिधिका रूपमा काम गर्ने अवसर प्राप्त हुनेछ। परिवारमा केही असमझदारी र प्रेम–सम्बन्धमा खटपटी बढ्न सक्छ। प्रयत्न गर्दा यात्राको प्रक्रिया अघि बढ्नेछ।

    कन्या – Virgo
    टो, प, पि, पु, ष, ण, ठ, पे, पो
    परिस्थितिसँग केही सम्झौता गर्नुपरे पनि दिगो काम प्रारम्भ हुनेछ। चुनौती देखिए पनि बुद्धिको उपयोगले समस्या सुल्झाउन सकिनेछ। तर, अत्यधिक परिश्रमले थकान र कमजोरी भने निम्त्याउनेछ। सरोकार नभएका विषयमा चासो राख्नाले वादविवादमा परिएला। परिस्थिति र आवश्यकता कर्मयोगका प्रेरक बन्नेछन्। लगनशीलताले बिस्तारै लक्ष्यमा पुर्याउनेछ। सुरुमा अरूका काममा समय खर्चनुपरे पनि कालान्तरमा आफैंलाई फाइदा हुनेछ। नयाँ व्यवसाय प्रारम्भ गर्न सकिनेछ। धार्मिक तथा सामाजिक क्रियाकलापमा रुचि बढ्नेछ। बन्धुबान्धव तथा गुरुजनसँग आत्मीयता बढ्नेछ। वादविवाद पनि सम्झौतामा टुंगिनेछ। आफ्नो अभियानमा शुभचिन्तकहरूले साथ दिनेछन्।

    तुला – Libra
    र, रि, रु, रे, रो, ता, ति, तु, ते
    यो महिनामा केही सावधानी अपनाउनुपर्ने देखिन्छ। आफन्तबाट टाढा भइनेछ। निकटजनहरूसँग असमझदारी बढ्न सक्छ। स्वास्थ्य कमजोर हुनाले काममा जुट्न समस्या पर्नेछ। राजनीतिक तथा सामाजिक प्रभाव कमजोर बन्नेछ। द्वेष गर्नेहरूबाट सजग रहनुहोला। व्यवसायमा मन्दी आउनाले आयआर्जनमा कमी आउनेछ र सञ्चित रकम खर्चनुपर्नेछ। नियमित काममा पनि सोचेको उपलब्धि नहुन सक्छ। असावधानीले चोटपटक लाग्न सक्छ। कब्जियत वा ढाड–कम्मर सम्बन्धी समस्याले सताउनेछ। अप्ठ्यारो समयमा शुभचिन्तकहरूको सहयोग जुट्नाले राहत मिल्नेछ। सत्पात्रको संगतले दैनिक व्यवहारमा पनि सुधार ल्याउन सकिनेछ। अध्ययनमा भने समय दिन नसकिएला।

    वृश्चिक – Scorpio
    तो, ना, नि, नु, ने, नो, या, यि, यु
    घर–गृहस्थीमा केही समस्या देखिए पनि यो महिना समग्रमा शुभफलदायी रहनेछ। समयको प्रतिकूलताले नयाँ काम थाल्न नसकिए पनि प्राप्त उपलब्धि र पहिलेको साख जोगाउन सकिनेछ। आस मारेको कामले पनि आशा जगाउनेछ। प्रयत्न गर्दा यात्राको प्रक्रिया अघि बढ्न सक्छ। तर, हतारको निर्णयले गलत दिशामा डोहोर्याउने हुँदा सावधान रहनुहोला। नयाँ आर्थिक कारोबार र लगानी सुरक्षित नहुन सक्छ। घरखर्च बढ्नेछ भने आयआर्जनमा कमी आउनेछ। सोखले फजुल खर्च पनि बढाउन सक्छ। बलजफ्ती गर्ने बानीले परिवारमा असमझदारी निम्त्याउनेछ र आफन्तजन निराश बन्नेछन्। आलोचकहरूलाई शुभचिन्तकका रूपमा लिनुहोला, महिना फलदायी रहनेछ।

    धनु – Sagittarius
    ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
    रोकिएका काम पुनः प्रारम्भ हुनाले यो महिना फलदायी रहनेछ। धन आर्जनका नयाँ स्रोत प्राप्त हुनेछन्। मिहिनेत गर्दा स्वरोजगार बन्न सफल भइनेछ। प्रतिस्पर्धीहरूले हात झिक्नाले कर्मयोगको व्यवधान स्वतः हट्नेछ। विवाद तथा द्वन्द्व सम्झौतामा टुंगिनेछ। आफ्नो अभियानमा शुभचिन्तकहरूले साथ दिनेछन्। अध्ययनमा धेरै समय दिन नसकिए पनि प्रगति हुनेछ। बुद्धिको उपयोगले अघि बढ्नेहरूलाई विशेष फाइदा हुनेछ। हिम्मत गर्दा दिगो काममा जग बसाउने अवसर प्राप्त हुनेछ। शत्रुबाधा, मुद्दामामिला वा कामका झमेलाहरूबाट मुक्ति मिल्नेछ। आर्थिक समस्या सुल्झनुका साथै भौतिक साधनहरू जुट्नेछन्। सामान्य उपलब्धिलाई गुणात्मक बनाउने चेष्टा गर्नुहोला।

    मकर – Capricorn
    भो, ज, जि, खि, खु, खे, खो, गा, गि
    अवसरका लागि केही दौडधुप गर्नुपर्ला। मौसमी समस्याले स्वास्थ्य कमजोर बन्ने र आलस्य बढ्ने सयम छ। खानपान र विश्राममा विशेष ध्यान पुर्याउनुहोला। काम रोकिनाले उत्साहमा कमी आउनेछ। तर समस्या दर्साउँदा शुभचिन्तकहरूले साथ दिनेछन् र दोहोर्याएर प्रयत्न गर्दा अड्किएका काम सम्पादन हुनेछन्। परिश्रम गर्नेहरूलाई सम्भावनाका बाटाहरू प्रशस्त फेला पर्नेछन्। गुरुजनको प्रेरणाले हौसला र उपलब्धि प्राप्त हुनेछ। प्रयत्न गर्दा यात्राको अवसर प्राप्त हुनेछ। परोपकारी कामले सामाजिक प्रतिष्ठा दिलाउनेछ। सरोकार नभएका विषयमा चासो राख्ने बानीले व्यर्थैमा झमेला निम्त्याउनेछ, वादविवादमा अघि नसर्नुहोला। सन्तानका माध्यमबाट सुखानुभूति हुनेछ।

    कुम्भ – Aquarius
    गु, गे, गो, सा, सि, सु, से, सो, द
    यो महिनामा केही घरेलु समस्या देखापर्न सक्छन्। उच्च महत्त्वाकांक्षाले व्यवहारमा समस्या निम्त्याउने देखिन्छ। घरभित्रै असमझदारी बढ्नाले सामूहिक भावना विखण्डित हुनेछ। असंयम व्यवहारले निकटजनहरू टाढिन सक्छन्। आफन्त र साथीभाइबाट समेत एक्लिनुपर्ने अवस्था आउन सक्छ। उच्च रक्तचापले पनि सताउन सक्छ। तर, सद्विचारले प्रेरित हुनेहरूलाई शुभचिन्तकहरूले साथ दिनेछन्। मिहिनेत गर्दा कृषि र व्यापारमा फाइदा हुनेछ। साझेदारसँग असमझदारी बढ्नाले सहकार्य विखण्डित हुने सम्भावना छ। सगोलको सम्पत्तिमा भागबन्डा लाग्न सक्छ। परिस्थितिले व्यावसायिक मार्गतर्फ अग्रसर गराउनेछ। नयाँ काम थालनी गर्न केही समय प्रतीक्षा गर्नुहोला।

    मीन – Pisces
    दि, दु, थ, झ, ञ, दे, दो, च, चि
    केही संघर्ष गर्नुपरे पनि यो महिना लाभदायक रहनेछ। आवश्यक स्रोत–साधन जुट्नाले दिगो काममा जग बसाउने अवसर प्राप्त हुनेछ। लामो समयदेखि रोकिएका काम सम्पादन हुनेछन्। प्रयत्न गर्दा नोकरीमा प्रवेश, पदोन्नति वा सुगम स्थानान्तरण हुन सक्छ। द्वेष गर्नेहरूले केही समस्या निम्त्याउनेछन् तापनि प्रतिस्पर्धीहरूलाई उछिन्न सकिनेछ। प्रयत्न गर्दा सामान्य व्यवसायलाई उद्योगमा रूपान्तरित गर्न सकिनेछ। प्रतिष्ठित काम शुभारम्भ हुनेछ। राजनीतिक क्षेत्रमा पनि पद–प्रतिष्ठा प्राप्त हुनेछ। आर्थिक पक्ष सबल बन्नेछ। प्रशस्त धन र बहुमूल्य धातुहरू संग्रह गर्न सकिनेछ। तर केही धनमाल हराउने वा ठगीमा परिने समेत सम्भावना देखिन्छ, समयमै सजग रहनुहोला।

    बिहिबार, जेठ ०१, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार १४ गते (२८

    • २.
      आज २०८३ साल असार १६ गते (३०

    • ३.
      आज २०८३ साल असार १८ गते (२

    • ४.
      आज २०८३ साल असार १५ गते (२९

    • ५.
      आज २०८३ साल असार १९ गते (३

    भर्खरै

    • १.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer