• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शुक्रबार, बैशाख ०४, २०८३
☰
शुक्रबार, बैशाख ०४, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. वार्षिक राशिफल: २०८३

  • २. आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल वैशाख ३ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल वैशाख ४ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. मासिक राशिफल: वैशाख २०८३

  • ६. नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

अब मस्तिष्कघात बिरामीका लागि नेपालगन्जमा विशिष्टिकृत उपचार सुरु


  •   शनिबार, जेठ ०३, २०८२ मा प्रकाशित
  • काठमाडौ। सञ्जिवनी कलेज अफ मेडिकल साइन्सेस प्रालिको नेपालगन्जस्थित अस्पतालमा मस्तिष्कघात भएका बिरामीको उपचारलाई ध्यानमा राखेर विशिष्टिकृत सेवा दिन सुरु गरिएको छ ।

    Advertisement

    मस्तिष्कघात भएर गम्भीर अवस्थामा पुगेका बिरामी अस्पतालमा पुगे लगत्तै तत्कालल नै उपचार गर्ने गरी सुविधा सम्पन्न कम्प्रिहेन्सिभ स्ट्रोक सेन्टर पहिलो पटक सुरु गरिएको अस्पतालका न्यूरोसाइन्सेस विभाग प्रमुख कन्सल्टेन्ट न्यूरोसर्जन डा.मनिष कोलाक्षपतीले बताउनुभयो ।

    सञ्जिवनी कलेजमा कम्प्रिहेन्सिभ स्ट्रोक सेन्टर र नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा प्राइमेरी स्ट्रोक केयर सेन्टरको एक कार्यक्रमका बिच अस्पतालका संस्थापकहरु डा.सुरेशकुमार कनोडिया र डा.एम किदवाईले सुभारम्भ भएको घोषणा गर्नुभयो ।

    कार्यक्रममा नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालका सिइओ डा.सन्तोष विएन, डा.केदार अग्रवाल, सञ्जिवनी कलेजका मेडिकल सुपरिन्टेन्डेन्ट डा.रोमन किदवाई, भेरी अस्पताल नेपालगन्जका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा. निराजन सुवेदी, बर्दिया अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा.सुभाष पाण्डेलगायत वरिष्ठ चिकित्सकहरुको उपस्थिति रहेको थियो ।

    मस्तिष्कघात भएका गम्भीर बिरामीको उपचार नेपालगन्जस्थित सञ्जिवनी अस्पतालमा रहेको कम्प्रिहेन्सिभ स्ट्रोक सेन्टर हुने छ भने नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा प्रारम्भिक मस्तिष्क घातको केयर र उपचार हुने छ ।

    कम्प्रिहेन्सिभ स्ट्रोक सेन्टरमा १६ वेडको छुट्टै आइसीयू वार्ड सञ्चालनमा ल्याइएको छ । कम्प्रिहेन्सिभ स्ट्रोक सेन्टरमा कन्सल्टेन्ट न्यूरो सर्जन डा.मनिष कोलाक्षपतीको नेतृत्वमा एमसिएच न्यूरो सर्जन डा.निरज घिमिरे, एमडी/डीएम कार्डियोलोजिष्ट डा. कृष्णचन्द्र अधिकारी, कन्सल्टेन्ट रेडियोलोजिस्ट डा. लेखनाथ बराल, न्यूरो क्रिटिकल केयर, एनेथेसियोलोजिष्ट, इर्मजेन्सी तथा न्यूरो रिहाबिलिटेसनको टीम तैनाथ छ ।

    यसैगरि नेपालगन्ज मेडिकल कलेज कोहलपुरको प्राइमेरी स्ट्रोक केयर सेन्टरमा एमए÷ एमसिएच न्यूरो सर्जन डा.सुवोध गौतमको नेतृत्वको टिम बिरामीको उपचारमा खटिएको छ ।

    मस्तिष्कघातका कारण मानिसहरुको अकालमा ज्यान गुमाउने अनुपात अस्वभाविक रुपमा बढ्दै जानु र कतिपय मानिसहरु आजिवन अपाङ्गता भएर जीवनभर अरुकै भरमा बाँच्नुपर्ने अवस्थालाई ध्यानमा राखेर डेडिकेटेड स्ट्रोक सेन्टर सञ्चालनमा ल्याइएको सञ्जिवनी अस्पतालका सिइओ डा.नितेश कुमार कनोडियाले जानकारी दिनुभयो ।

    पश्चिम नेपालमै पहिलो पटक सुरु गरिएको सो सेन्टरमा बिरामीलाई मस्तिष्कघात भएको चारदेखि पाँच घण्टाभित्र ल्याउन सकेमा तत्काल उपचार सेवा दिएर बचाउन सकिने सञ्जिवनी अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. रोमन किदवाईले बताउनुभयो ।

    उहाँले स्ट्रोकबारे समुदायस्तरमा सचेतना फैलाउन आवश्यक रहेको जनाउँदै सञ्जिवनी कलेजले अव पालिकाहरुसँगको सहकार्यमा समुदायस्तरमा सचेतना फैलाउने गरी योजना अगाडि बढाएको पनि बताउनुभयो ।(गोरखापत्रबाट)

    शनिबार, जेठ ०३, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न
    बालेन सरकारको १०० बुँदे कार्यसूची: मन्त्रालय १७ बनाइने, २०४८ यताका सबैको सम्पत्ति छानबिन हुने
    भूगोल केन्द्रीय विभागमा तीन दिने SWAT तालिम सम्पन्न
    धार्मिक पर्यटनलाई टेवा पुग्ने गरी बृहत् पाशुपत पदयात्रा-२०८२ आयोजना
    “समाज दलीय स्वार्थभन्दा माथि उठेको छ” स्वतन्त्र उम्मेदवार कविता भट्टराई
    वास्तुशास्त्र अनुसार कुन वार के काम गर्नु हुदैन

    लोकप्रिय

    • १.
      वार्षिक राशिफल: २०८३

    • २.
      आज २०८३ साल वैशाख १ गते मंगलवार:

    • ३.
      आज २०८३ साल वैशाख ३ गते बिहीवार:

    • ४.
      आज २०८३ साल वैशाख ४ गते शुक्रवार:

    • ५.
      मासिक राशिफल: वैशाख २०८३

    • ६.
      नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    भर्खरै

    • १.
      मासिक राशिफल: वैशाख २०८३

    • २.
      आज २०८३ साल वैशाख ४ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल वैशाख ३ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      वार्षिक राशिफल: २०८३

    • ५.
      आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    • ७.
      आज २०८२ साल चैत १९ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८२ साल चैत १७ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer