☰
बिहिबार, कार्तिक १३, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

साँगामा स्कुल टु ओलम्पिक कार्यक्रम


  •   शनिबार, जेठ ०३, २०८२ मा प्रकाशित
  • काठमाडौँ । नेपाल ओलम्पियन्स सङ्घको‌ सक्रियतामा स्कुल टु ओलम्पिक कार्यक्रम सुरु भएको छ । सङ्घले चार वर्षअघि कर्णालीको सुर्खेतबाट स्कुल ओलम्पिक कार्यक्रम सुरु गरेको थियो ।

    Advertisement

    सङ्घले यस वर्षपनि बागमती प्रदेश युवा तथा खेलकुद मन्त्रालय, प्रदेश खेलकुद विकास परिषद्को सहयोगमा काभ्रेपलाञ्चोकको साँगास्थित नेपाल पुलिस स्कुलमा ओलम्पियन र अन्य अन्तराष्ट्रिय खेलाडीको उपस्थितिमा स्कुल टु ओलम्पिक कार्यक्रम आयोजना गरेको हो ।

    ओलम्पियन एथलेटिक्सकी सन्तोषी श्रेष्ठ, जुडोकी मनिता श्रेष्ठ, ब्याडमिन्टनका प्रिन्स दाहाल र भलिबलकी राष्ट्रिय खेलाडी उषा भण्डारीले आफ्नो खेल यात्राका बारेमा पुलिस स्कुलका विद्यार्थीसँग अनुभव साट्नुभयो ।

    सोही पुलिस स्कुलमा समेत अध्ययन गर्नुभएका प्रिन्सले आफ्नो बुवाको प्रभावबाट ब्याडमिन्टन खेल्न सुरु गरेको बताउनुभयो। उहाँले पुलिस स्कुलमा हुँदा ब्याडमिन्टन खेलेको दिनको स्मरण पनि गर्नुभयो ।

    उषाले बुवाको करले भलिबल सुरु गरेपनि पछि यसैमा रमाउन थालेको बताउनुभयो । उहाँले खेलले पढाईमा असर गर्ने भएपनि त्यसलाई व्यवस्थापन गर्ने सके दुबैलाई सँगसँगै लान सकिने धारणा राख्नुभयो ।

    यस्तै मनिताले होस्टेलमा बस्ने क्रममा विस्तारै जुडो खेलमा आकर्षित भएको र आफ्नो गुरुको सपना पूरा गर्ने क्रममा ओलम्पिकसम्म पुगेको बताउनुभयो ।

    सन्तोषीले १२ वर्षको उमेरबाट खेल्न सुरु गरेको स्मरण गर्दै पीडा सहन सक्ने क्षमतापछि मात्र सफलता मिल्ने बताउनुभयो । पुलिस स्कुलका विद्यार्थीले पढाइ र खेललाई कसरीसँगै लान सकिन्छ भन्ने प्रश्नमा सन्तोषीले भन्नुभयो, ‘‘समयअनुसार खेल र अध्ययनलाई प्राथमिकतामा राखेर तयारी गर्नु उपयुक्त हुन्छ ।’’

    विभिन्न खेलमा प्रशिक्षण गरिरहेका आफ्ना विद्यार्थीलाई पुलिसले कार्यक्रममा सहभागी गरेको थियो । उनीहरुले उत्साहित हुँदै खेलाडीहरुलाई प्रश्न राखेका थिए। स्कुलका कराते, तेक्वान्दो,जुडो र जिम्न्यास्टिकका खेलाडीले डेमोस्ट्रेसन र नृत्य प्रस्तुत गरेका थिए।

    सो‌ अवसरमा नेपाल ओलम्पियन्स सङ्घका अध्यक्ष दिपक विष्ट, महासचिव राजेन्द्र भण्डारी, सचिव देवु थापा, स्कुलका इन्चार्ज, प्रिन्सिपलको उपस्थिति थियो । सङ्घले विभिन्न खेलका खेल सामग्री पनि स्कुलका प्रिन्सिपललाई‌ हस्तान्तरण गरेको थियो।

    सर्भिस टु सोसाइटी , सर्भिस टु ओलम्पियनु भन्ने नाराका साथ २०७८ को चैतमा सुर्खेतबाट सुरु भएको स्कुल टु ओलम्पिक कार्यक्रम सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, बागमती र कोशीका विभिन्न जिल्लाका १६ ठाउँमा आयोजना भइसकेको छ ।

    सङ्घको आयोजनामा पुलिस स्कुलमा स्कुल टु ओलम्पिक कार्यक्रम आयोजना गरिएको यो दोस्रो पटक हो।(गोरखापत्रबाट)

    शनिबार, जेठ ०३, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दशैं: घटस्थापनाको बीउदेखि पूर्णिमाको उज्यालोसम्म
    भूगोल केन्द्रीय विभागमा रिमोट सेन्सिङ तथा जिआइएस केन्द्रको उद्घाटन
    सोह्र श्राद्ध : पौराणिक पृष्ठभूमि एवं वैज्ञानिक तादात्म्यता
    विपद् आउनुअघि थाहा होस् ‘कहाँ के छ?
    भोटेकोशी बाढी: विपद्को गहिराइ बुझ्ने भूगोल
    सिसिटिभी क्यामेराले जोगाइदिएको नैतिकता

    लोकप्रिय

    भर्खरै

    • १.
      दशैं: घटस्थापनाको बीउदेखि पूर्णिमाको उज्यालोसम्म

    • २.
      भूगोल केन्द्रीय विभागमा रिमोट सेन्सिङ तथा जिआइएस केन्द्रको उद्घाटन

    • ३.
      सोह्र श्राद्ध : पौराणिक पृष्ठभूमि एवं वैज्ञानिक तादात्म्यता

    • ४.
      विपद् आउनुअघि थाहा होस् ‘कहाँ के छ?

    • ५.
      भोटेकोशी बाढी: विपद्को गहिराइ बुझ्ने भूगोल

    • ६.
      तीज : चेलीका गीतदेखि स्वतन्त्रताको आवाजसम्म

    • ७.
      सिसिटिभी क्यामेराले जोगाइदिएको नैतिकता

    • ८.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer