• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शुक्रबार, बैशाख ०४, २०८३
☰
शुक्रबार, बैशाख ०४, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. वार्षिक राशिफल: २०८३

  • २. आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल वैशाख ३ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल वैशाख ४ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. मासिक राशिफल: वैशाख २०८३

  • ६. नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

७५ वर्षको अवधिमा पाँच सय ३२ जना अन्नपूर्णको शिखरमा


  •   शनिबार, जेठ ०३, २०८२ मा प्रकाशित
  • काठमाडौं । जेठो हिमालको उपाधि हासिल गरेको आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमाल आरोहणको ७५ वर्षको अवधिमा स्वदेशी र विदेशी गरेर पाँच सय ३२ जनाले सफल आरोहण गरेका छन् ।

    Advertisement

    चालु वसन्तकालीन याममा ६ समूहका ४९ पुरुष र १७ महिला गरी ६६ जनाले अनुमति लिएकोमा हाल सम्म ४४ जनाले सफल आरोहण गरेको पर्यटन विभागका निर्देशक तथा सूचना अधिकारी लीलाधर अवस्थीले जानकारी दिनुभयो । पछिल्ला केही वर्ष यता अन्नपूर्ण आरोहण गर्ने आरोहीहरुको सङ्ख्यामा वृद्धि हुँदै जानथालेको उहाँले बताउनुभयो ।

    म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४ नारच्याङमा पर्ने उक्त हिमालमा सन् १९५० जुन ३ का दिन पहिलोपटक मानव पाइला परेको थियो । सफल आरोहणसँगै अन्नपूर्णले उबेला संसारभर चर्चा कमाएको थियो ।

    फ्रान्सेली पर्वतारोही मौरिस हर्जोग नेतृत्वमा लुइस लचेन र दुई नेपाली शेर्पासमेत चार जनाले अन्नपूर्ण प्रथम हिमालको सफल आरोहण गरेसँगै हिमाल आरोहणको युगको सुरुवात भएको थियो ।

    म्याग्दीको दाना हुँदै मुस्ताङको घाँसाबाट पूर्व निलगिरि साउथ हिमालको फेदीबाट म्याग्दीको नारच्याङ गाउँको सिरानमा पर्ने हुमखोला देखि भुस्केटमेला हुँदै आरोहीहरु अन्नपूर्ण प्रथम हिमाल पुगेका थिए । अन्नपूर्ण हिमाल आरोहणको सफलतासँगै सन् १९५३ मई २९ तारिखको दिन सर्वोच्च शिखर सगरमाथामा सर्वप्रथम स्वः तेन्जिङ नोर्गे शेर्पा र सर एडमन्ड हिलारीले सफल आरोहण गरेर कीर्तिमान कायम गरेका थिए ।

    हिमाल आरोहणको गौरवपूर्ण इतिहास भएको अन्नपूर्ण आरोहणको यही जेठ २० गते ७५ वर्ष पूरा हुँदै छ । हिमाल आरोहण भएको ७५ वर्ष पूरा भएको अवसरमा अन्नपूर्ण गाउँपालिकाले हीरक महोत्सव मनाउने तयारी थालेको छ । हिमाल आरोहणको गौरबमय इतिहास भएको अन्नपूर्णमा यसपाली सात दिनसम्म विविध कार्यक्रमका साथ हीरक महोत्सव मनाउन लागिएको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले बताउनुभयो ।

    गाउँपालिकाका अध्यक्ष पुनले भन्नुभयो, ‘‘हीरक महोत्सव मार्फत अन्नपूर्ण हिमालको विश्वव्यापी रुपमा प्रचारप्रसार गरेर गौरवपूर्ण इतिहास भएको अन्नपूर्णमा पर्यटक भित्र्याउने हाम्रो उद्देश्य छ ।’’ गाउँपालिका अध्यक्ष पुनको संयोजकत्वमा हिरक महोत्सव मुल समारोह समिति गठन गरी महोत्सवको प्रचारप्रसार समेत थालिएको छ ।

    आगामी जेठ १६–२२ सम्म विभिन्न कार्यक्रमका साथमा अन्नपूर्ण हीरक महोत्सवको आयोजना गरिएको गाउँपालिका अध्यक्ष पुनले बताउनुभयो । अन्नपूर्ण गाउँपालिकाको नेतृत्वमा पर्यटन बोर्ड, पर्वतारोहण सङ्घ, एक्याप र स्थानीय पर्यटन व्यवस्थापन समितिको अगुवाईमा अन्नपूर्ण हीरक महोत्सव आयोजना गर्न लागिएको अध्यक्ष पुनले बताउनुभयो । महोत्सवले अन्नपूर्णको प्रचारप्रसार गरी पर्यटन प्रवर्धनमा टेवा पुग्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

    महोत्सवको असवरमा अन्नपूर्ण प्रथम हिमालको उत्तरी आधार शिविरमा पहिलो आरोही मौरिस हर्जोग, लुइस लचेनल र नेपाली सहयोगी सोनाम वाङ्चुक शेर्पाको सालिक प्रधानमन्त्री केपी शर्मा ओलीले अनावरण गर्ने कार्यक्रम समेत रहेको मौरिस हर्जोग पदमार्गका अभियान्ता तथा अन्नपूर्ण हीरक महोत्सव मुल समारोह समितिका सदस्य तेजबहादुर गुरुङले बताउनुभयो ।

    महोत्सवका अवसरमा आधार शिविरसम्म पदयात्रा,ऐतिहासिक हिमाली उपकरण हस्तान्तरण, पुस्तक विमोचन,पुर्ख्याैली नृत्य प्रस्तुति, म्याराथन प्रतियोगिता, शालिक अनावरण र खुल्ल सङ्ग्रहालय उद्घाटन लगायतका कार्यक्रमहरु आयोजना गरिने भएको छ । पहिलो आरोही मौरिस हर्जोगका छोरा माथिएस हर्जोगसहित अन्य आरोहीहरु समेतलाई निमान्त्रणा गरिएको उहाँले बताउनुभयो ।

    गाउँपालिका अध्यक्ष पुनले भन्नुभयो, ‘‘म्याग्दीको भूगोलमा पर्ने अन्नपूर्ण प्रथम हिमालको आरोहण दिवस भव्य कार्यक्रमका साथमा आधार शिविरमा पुगेर मनाउँदै छौं । जेठो हिमाल समेत रहेको अन्नपूर्णलाई देश तथा विदेशमा प्रचारप्रसार गरी पर्यटन प्रवर्धन गर्ने उद्देश्यका साथ प्रधानमन्त्री ओली, विभिन्न देशका राजदुतहरु, मौरिस हर्जोगका छोरा माथिएस हर्जोग, कम्तीमा दस जना आरोही, फ्रेन्च पत्रकार, विशिष्ट व्यक्तिहरुसहितको टोलीलाई आधार शिविरमा पुर्‍याउने तयारी छ ।’’ उक्त दिन फ्रान्सेली कलाकारहरुले आधार शिविरमै साङ्गीतिक प्रस्तुति गर्ने कार्यक्रम रहेको उहाँले बताउनुभयो ।

    प्रधानमन्त्री ओलीबाट मौरिस हर्जोगले अङ्ग्रेजीमा लेखेको ‘द अन्नपूर्ण’ लाई नेपाली भाषामा अनुवाद गरी प्रकाशित गरिएको किताबको पोखरामा विमोचन गरिने कार्यक्रमसमेत रहेको पालिका अध्यक्ष पुनले बताउनुभयो ।

    पर्यटकको सहजताका लागि पदमार्गको हुमखोलादेखि आधार शिविरसम्मको विभिन्न स्थानहरुमा अस्थायी संरचना निर्माण गरी चिया तथा खाजा पसल र खाना र बस्ने सुविधा सहितका होटल सञ्चालन ल्याइएको छ । सन्धिखर्क, भुसकेट मेला, पञ्चकुण्ड ताल परिसरमा ४० लाखको लागतमा तीन वटा आश्रयस्थल निर्माण गर्न लागिएको छ । हुमखोला, फुतफुते झरना, गुफाफाट, भुसकेट र पञ्चकुुण्डमा खानेपानी र शौचालय निर्माणको काम अघि बढेको छ ।

    अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरबाट २२ किलोमिटरसम्म सवारीसाधनको यात्रा गरी होमखोलासम्म पुगेपछि त्यहाँबाट २१ किलोमिटरको पदैलयात्राबाट आधार क्षेत्र पुगिन्छ । पदमार्गमा रहेको फुतफते झरना, आधार शिविरमा रहेको पञ्चकुण्ड ताल र हिमालको प्राकृतिक सुन्दरताले गर्दा यो क्षेत्र पछिल्लो समय पर्यटकीय गन्तव्यका रूपमा विकास भएको छ ।(गोरखापत्रबाट)

    शनिबार, जेठ ०३, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न
    बालेन सरकारको १०० बुँदे कार्यसूची: मन्त्रालय १७ बनाइने, २०४८ यताका सबैको सम्पत्ति छानबिन हुने
    भूगोल केन्द्रीय विभागमा तीन दिने SWAT तालिम सम्पन्न
    धार्मिक पर्यटनलाई टेवा पुग्ने गरी बृहत् पाशुपत पदयात्रा-२०८२ आयोजना
    “समाज दलीय स्वार्थभन्दा माथि उठेको छ” स्वतन्त्र उम्मेदवार कविता भट्टराई
    वास्तुशास्त्र अनुसार कुन वार के काम गर्नु हुदैन

    लोकप्रिय

    • १.
      वार्षिक राशिफल: २०८३

    • २.
      आज २०८३ साल वैशाख १ गते मंगलवार:

    • ३.
      आज २०८३ साल वैशाख ३ गते बिहीवार:

    • ४.
      आज २०८३ साल वैशाख ४ गते शुक्रवार:

    • ५.
      मासिक राशिफल: वैशाख २०८३

    • ६.
      नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    भर्खरै

    • १.
      मासिक राशिफल: वैशाख २०८३

    • २.
      आज २०८३ साल वैशाख ४ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल वैशाख ३ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      वार्षिक राशिफल: २०८३

    • ५.
      आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    • ७.
      आज २०८२ साल चैत १९ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८२ साल चैत १७ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer