☰
बिहिबार, कार्तिक १३, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

राष्ट्रपति रनिङ शिल्डमा बागलुङ नगरपालिका प्रथम


  •   सोमबार, जेठ ०५, २०८२ मा प्रकाशित
  • काठमाडौं । बाङेचौर खेल मैदानमा सम्पन्न तेस्रो संस्करणको जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि बागलुङ नगरपालिकाले जितेको छ ।

    Advertisement

    २५ स्वर्ण, ६ रजत र १० कांस्य पदक जितेर ४१ अंक जोडेर बागलुङ नगरपालिकाले तेस्रो संस्करणको राष्ट्रपति रनिङ शिल्ड जितेको हो । खेलमा झण्डै एक हजार विद्यार्थी सहभागी थिए ।

    यस्तै, ११ स्वर्ण, १५ रजत र ९ कांस्य पदक जितेर २५ अंक जोडेको बडिगाड गाउँपालिका प्रतियोगिताको उपविजेता बनेको छ । २४ अंक जोडेर जैमिनी नगरपालिकाले तेस्रो स्थानमा चित्त बुझाएको छ । जैमिनीले ७ स्वर्ण, १० रजत र ७ कांस्य पदक जितेको जिल्ला खेलकुद विकास समिति बागलुङका कार्यालय सचिव राजेश बास्कोटाले जानकारी दिनुभयो ।

    जिल्लाका दशवटै पालिकामा खेल सम्पन्न भएपनि जिल्ला स्तरीय प्रतियोगितामा बागलुङ, गलकोट, जैमिनी नगरपालिका, काठेखोला र बडिगाड गाउँपालिका गरी ५ टिम सहभागि थिए । जिल्ला स्तरीय खेल जित्ने टिमले गण्डकी प्रदेश स्तरीय खेलमा सहभागि बन्न पाउनेछन् । प्रतियोगितामा भलिबल, एथलेटिक्स, कबड्डी र मार्सलआर्टका खेल भएका थिए ।

    प्रतियोगितामा काठेखोला र गलकोट नगरपालिकाले समान २० अंक जोडेर चौथो भए । काठेखोलाले ३ स्वर्ण, ४ रजत र १३ कांस्य पदक जित्दा गलकोट नगरपालिकाले ५ स्वर्ण, ५ रजत र कांस्य पदक जित्न सफल भयो । प्रतियोगिता ढोरपाटन नगरपालिकाले एउटा पनि स्वर्ण पदक जित्न सकेन । ढोरपाटनले कराँतेमा १ स्वर्ण, ५ रजत र ५ कांस्य पदक जित्यो ।

    प्रतियोगिताको आर्कषक खेलका रुपमा रहेको भलिबल खेलमा गलकोट र जैमिनीले स्वर्ण पदक जित्न सफल भएका छन् । प्रतियोगिताको विजेता टोली बागलुङ नगरपालिकाका मेयर बसन्त कुमार श्रेष्ठलाई जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कृष्ण प्रसाद कँडेलले शिल्ड प्रदान गर्नुभएको थियो । बजेट अभाव झेलिरहेको खेलकुद विकास समितिले बागलुङका स्थानीय तहहरुको सहकार्यमा प्रतियोगिता गरेको हो ।(गोरखापत्र)

     

    सोमबार, जेठ ०५, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दशैं: घटस्थापनाको बीउदेखि पूर्णिमाको उज्यालोसम्म
    भूगोल केन्द्रीय विभागमा रिमोट सेन्सिङ तथा जिआइएस केन्द्रको उद्घाटन
    सोह्र श्राद्ध : पौराणिक पृष्ठभूमि एवं वैज्ञानिक तादात्म्यता
    विपद् आउनुअघि थाहा होस् ‘कहाँ के छ?
    भोटेकोशी बाढी: विपद्को गहिराइ बुझ्ने भूगोल
    नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    लोकप्रिय

    भर्खरै

    • १.
      दशैं: घटस्थापनाको बीउदेखि पूर्णिमाको उज्यालोसम्म

    • २.
      भूगोल केन्द्रीय विभागमा रिमोट सेन्सिङ तथा जिआइएस केन्द्रको उद्घाटन

    • ३.
      सोह्र श्राद्ध : पौराणिक पृष्ठभूमि एवं वैज्ञानिक तादात्म्यता

    • ४.
      विपद् आउनुअघि थाहा होस् ‘कहाँ के छ?

    • ५.
      भोटेकोशी बाढी: विपद्को गहिराइ बुझ्ने भूगोल

    • ६.
      तीज : चेलीका गीतदेखि स्वतन्त्रताको आवाजसम्म

    • ७.
      सिसिटिभी क्यामेराले जोगाइदिएको नैतिकता

    • ८.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer