• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शुक्रबार, बैशाख ०४, २०८३
☰
शुक्रबार, बैशाख ०४, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. वार्षिक राशिफल: २०८३

  • २. आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल वैशाख ३ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल वैशाख ४ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. मासिक राशिफल: वैशाख २०८३

  • ६. नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

राष्ट्रपति रनिङ शिल्डमा बागलुङ नगरपालिका प्रथम


  •   सोमबार, जेठ ०५, २०८२ मा प्रकाशित
  • काठमाडौं । बाङेचौर खेल मैदानमा सम्पन्न तेस्रो संस्करणको जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि बागलुङ नगरपालिकाले जितेको छ ।

    Advertisement

    २५ स्वर्ण, ६ रजत र १० कांस्य पदक जितेर ४१ अंक जोडेर बागलुङ नगरपालिकाले तेस्रो संस्करणको राष्ट्रपति रनिङ शिल्ड जितेको हो । खेलमा झण्डै एक हजार विद्यार्थी सहभागी थिए ।

    यस्तै, ११ स्वर्ण, १५ रजत र ९ कांस्य पदक जितेर २५ अंक जोडेको बडिगाड गाउँपालिका प्रतियोगिताको उपविजेता बनेको छ । २४ अंक जोडेर जैमिनी नगरपालिकाले तेस्रो स्थानमा चित्त बुझाएको छ । जैमिनीले ७ स्वर्ण, १० रजत र ७ कांस्य पदक जितेको जिल्ला खेलकुद विकास समिति बागलुङका कार्यालय सचिव राजेश बास्कोटाले जानकारी दिनुभयो ।

    जिल्लाका दशवटै पालिकामा खेल सम्पन्न भएपनि जिल्ला स्तरीय प्रतियोगितामा बागलुङ, गलकोट, जैमिनी नगरपालिका, काठेखोला र बडिगाड गाउँपालिका गरी ५ टिम सहभागि थिए । जिल्ला स्तरीय खेल जित्ने टिमले गण्डकी प्रदेश स्तरीय खेलमा सहभागि बन्न पाउनेछन् । प्रतियोगितामा भलिबल, एथलेटिक्स, कबड्डी र मार्सलआर्टका खेल भएका थिए ।

    प्रतियोगितामा काठेखोला र गलकोट नगरपालिकाले समान २० अंक जोडेर चौथो भए । काठेखोलाले ३ स्वर्ण, ४ रजत र १३ कांस्य पदक जित्दा गलकोट नगरपालिकाले ५ स्वर्ण, ५ रजत र कांस्य पदक जित्न सफल भयो । प्रतियोगिता ढोरपाटन नगरपालिकाले एउटा पनि स्वर्ण पदक जित्न सकेन । ढोरपाटनले कराँतेमा १ स्वर्ण, ५ रजत र ५ कांस्य पदक जित्यो ।

    प्रतियोगिताको आर्कषक खेलका रुपमा रहेको भलिबल खेलमा गलकोट र जैमिनीले स्वर्ण पदक जित्न सफल भएका छन् । प्रतियोगिताको विजेता टोली बागलुङ नगरपालिकाका मेयर बसन्त कुमार श्रेष्ठलाई जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कृष्ण प्रसाद कँडेलले शिल्ड प्रदान गर्नुभएको थियो । बजेट अभाव झेलिरहेको खेलकुद विकास समितिले बागलुङका स्थानीय तहहरुको सहकार्यमा प्रतियोगिता गरेको हो ।(गोरखापत्र)

     

    सोमबार, जेठ ०५, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न
    बालेन सरकारको १०० बुँदे कार्यसूची: मन्त्रालय १७ बनाइने, २०४८ यताका सबैको सम्पत्ति छानबिन हुने
    भूगोल केन्द्रीय विभागमा तीन दिने SWAT तालिम सम्पन्न
    धार्मिक पर्यटनलाई टेवा पुग्ने गरी बृहत् पाशुपत पदयात्रा-२०८२ आयोजना
    “समाज दलीय स्वार्थभन्दा माथि उठेको छ” स्वतन्त्र उम्मेदवार कविता भट्टराई
    वास्तुशास्त्र अनुसार कुन वार के काम गर्नु हुदैन

    लोकप्रिय

    • १.
      वार्षिक राशिफल: २०८३

    • २.
      आज २०८३ साल वैशाख १ गते मंगलवार:

    • ३.
      आज २०८३ साल वैशाख ३ गते बिहीवार:

    • ४.
      आज २०८३ साल वैशाख ४ गते शुक्रवार:

    • ५.
      मासिक राशिफल: वैशाख २०८३

    • ६.
      नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    भर्खरै

    • १.
      मासिक राशिफल: वैशाख २०८३

    • २.
      आज २०८३ साल वैशाख ४ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल वैशाख ३ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      वार्षिक राशिफल: २०८३

    • ५.
      आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    • ७.
      आज २०८२ साल चैत १९ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८२ साल चैत १७ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer