• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शनिबार, भदौ २७, २०८३
☰
शनिबार, भदौ २७, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

टेलिकमको नाफामा गिरावट


  •   मङ्गलबार, जेठ ०६, २०८२ मा प्रकाशित
  • काठमाडौं । नेपाल टेलिकमले चालु आर्थिक वर्षको पहिलो नौ महिनामा दुई अर्ब ८४ करोड नाफा कमाएको छ । कम्पनीले सोमबार जारी गरेको चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमासको वित्तीय विवरणअनुसार करपछिको नाफा ४८.६७ प्रतिशतले घटेको हो । गत वर्षको सोही अवधिमा यस्तो नाफा पाँच अर्ब ५३ करोड थियो । कम्पनीको कुल आय करिब ८.९० प्रतिशतले घटेर २८ अर्ब ४४ करोड ४८ लाख ४५ हजार रुपैयाँ पुगेको छ ।

    Advertisement

    गत आर्थिक वर्षको तेस्रो त्रैमास अवधिमा कम्पनीको कुल सञ्चालन आय ३१ अर्ब २३ करोड २३ लाख ८० हजार थियो । अन्तरिम वित्तीय विवरणअनुसार कम्पनीको कुल सञ्चालन आय २५ अर्ब ३१ करोड ७६ लाख १४ हजार रहेको छ । जुन गत वर्षको २५ अर्ब ४८ करोड १२ लाख ८९ हजारको तुलनामा ०.६५ प्रतिशत कम हो । त्यस्तै, कम्पनीको प्रतिसेयर आम्दानी पनि गत वर्षको ४१.०२ बाट घटेर २१.०५ रुपैयाँ कायम भएको छ ।

    कम्पनीले नाफा घट्नुको कारण तीव्र बजार प्रतिस्पर्धा, ग्राहकको बदलिँदो व्यवहार, सस्तो प्याकेज माग र ओटिटी एपहरूको बढ्दो प्रयोगलाई मानेको छ । त्यस्तै, अन्तर्राष्ट्रिय र स्वदेशी भ्वाइस सेवाको आम्दानीमा कमी, प्राविधिक उपकरण अभाव र नियामक नीति परिवर्तनले पनि वित्तीय प्रदर्शनमा असर पारेको कम्पनीको भनाइ छ ।

    कम्पनीको कुल सम्पत्ति हाल एक खर्ब २१ अर्ब ९० करोड ८५ लाख ८० हजार रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको सम्पत्ति एक खर्ब ३३ अर्ब ६९ करोड ५४ लाख ६८ हजार थियो । यसबीचमा करिब ८.८० प्रतिशतले सम्पत्ति घटेको देखिन्छ भने खुद सम्पत्ति प्रतिसेयर ५०३.९३ र कुल सम्पत्ति प्रतिसेयर ६७६.३६ रहेको छ ।

    नेपाल टेलिकमले प्रतिस्पर्धा सामना गर्न फोरजी र एलटिई र एफटिटिएच सेवाको विस्तार, भ्यालु एडेड सर्भिसहरूको विकास र ग्राहक सम्बन्ध व्यवस्थापन प्रणालीको प्रयोगलाई तीव्रता दिएको जनाएको छ । त्यस्तै, प्रतिस्पर्धी आइएसपीले मोबिलिटी वाईफाई सेवा दिएकाले प्रयोगमा उल्लेखनीय कमी भएको बताइएको छ । (हिमालय टाईम्सबाट)

    मङ्गलबार, जेठ ०६, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “
    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    भर्खरै

    • १.
      सिसिटिभी क्यामेराले जोगाइदिएको नैतिकता

    • २.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    • ३.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ५.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer