☰
बिहिबार, कार्तिक १३, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

नेपाल पहिलोपटक विश्वकप छनोटमा, मैदानमा दौडिनु त्यति सजिलो छैन: सचिव खड्का


  •   मङ्गलबार, जेठ ०६, २०८२ मा प्रकाशित
  • काठमाडौं । नेपालले पहिलोपटक आइसिसी महिला टी-२० विश्वकपको ग्लोबल छनोटमा स्थान बनाएको छ । संयुक्त अरब इमिरेट्स (युएई)लाई पाँच विकेटले पराजित गर्दै नेपालले सो स्थान बनाएको हो । सुपर-३ को शीर्ष दुईमा स्थान बनाउँदै नेपालले उक्त सफलता प्राप्त गरेको हो । यो हारसँगै युएई भने बाहिरिएको छ ।

    Advertisement

    अब नेपालले यसै वर्ष महिला टी-२० विश्वकपको ग्लोबल छनोट प्रतियोगिता खेल्नेछ । ग्लोबल छनोटमा नेपालसहित १० टोली सहभागी हुनेछन् । उक्त प्रतियोगितामा शीर्ष चार स्थान बनाउने टोलीले सन् २०२६ मा इंग्ल्याण्डमा हुने आइसिसी महिला टी-२० विश्वकप क्रिकेट प्रतियोगिता खेल्नेछन् ।

    थाइल्याण्डको टेर्डथाइ क्रिकेट मैदानमा सोमबार टस हारेर पहिला ब्याटिङ गरेको युएईले निर्धारित २० ओभरमा सात विकेट गुमाएर ११४ रन बनायो । ११५ रनको लक्ष्य नेपालले तीन बल बाँकी रहँदा पाँच विकेट गुमाउँदै पूरा गर्‍यो । नेपालका लागि कप्तान इन्दु बर्माले अविजित ३०, रुविना क्षेत्रीले २३, सम्झना खड्काले २१ र पूजा महतोले १३ रन बनाउनुभयो ।

    युएईका लागि मिसेल बोथ, सुरक्षा कोटे, वैष्णभी महेश र कप्तान इशा ओजाले समान एक विकेट लिनुभयो । युएईका लागि इशा ओजाले ३९, तीर्थ सतिशले २१, हिना होटचन्दनीले २० र लाभन्या केनीले १२ रन बनाउनुभयो । नेपालका लागि मनिषा उपाध्यायले चार, कविता कुँवरले दुई तथा राजमती ऐरीले एक विकेट लिनुभयो । विश्व वरीयतामा युएई १६औँ र नेपाल २१औँ स्थानमा छ ।

    अब नेपालले आज (मंगलबार) सुपर-३ को आफ्नो दोस्रो तथा अन्तिम खेलमा घरेलु टोली थाइल्याण्डको सामना गर्नेछ । थाइल्याण्डले यसअघि नै ग्लोबल छनोटमा स्थान पक्का गरिसकेको छ ।

    इन्दुको ‘प्लेयर अफ दि म्याच’ मनिषालाई
    युएईविरुद्ध नेपालको कीर्तिमानी खेलको ‘प्लेयर अफ दि म्याच’ नेपालकी कप्तान इन्दु बर्मा घोषित हुनुभयो । खेलपछिको पोस्ट म्याच प्रेजेन्टेसनमा इन्दुले आफूले पाएको ‘प्लेयर अफ दि म्याच’को अवार्डको हकदार मनिषा उपाध्याय भएको भन्दै उहाँलाई बोलाएर त्यो अवार्ड दिनुभएको थियो ।

    कप्तान इन्दुले खेलमा जितको हकदार सबै भए पनि मनिषाको प्रदर्शन उत्कृष्ट रहेको र त्यसलाई शब्दमा वयान गर्न नसकिने बताउनुभयो । मनिषाले युएईविरुद्ध चार विकेट आफ्नो नाममा गर्नुभएको थियो । उहाँले आफ्नो स्पेलमा मात्र २० रन खर्चिनुभएको थियो । इन्दुले आफूलाई दिएको सो अवार्ड मनिषाले भने पूर्वकप्तान रुविना क्षेत्रीलाई समर्पण गर्नुभयो । ‘म एकदम खुसी छु, अझ धेरै म रुविना दिदीका लागि किनभने उहाँको योगदान धेरै छ, त्यसैले सबैभन्दा खुसी छु,’ उहाँले भन्नुभयो, ‘मैले आफैंलाई प्रमाणित गर्नु थियो । आउने दिनमा पनि अवसर पाएँ भने आफूलाई प्रमाणित गर्दै जानेछु ।’

    मैदानमा दौडिनु त्यति सजिलो छैन: सचिव खड्का
    विश्व छनोटमा पुगेपछि नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले नेपाली टोलीप्रति सम्मान व्यक्त गर्नुभएको छ ।
    ‘क्रिकेट खेलेर के हुन्छ र ?’ भन्ने मानसिकता राख्ने जमातबीच ती सबै चुनौतीहरू पार गर्दै हुर्किएर महिला क्रिकेटमा लाग्नुभएका बहिनीहरूप्रति सम्मान र कृतज्ञता,’ पारसले सामाजिक सञ्जालमा लेख्नुभएको छ, ‘नेपालमा हाम्रा बहिनीहरूले क्रिकेट खेल्ने इच्छा राख्नु नै ठूलो कुरा हो र अझै पनि ती सपनाहरू जीवित छन् ।’

    खड्काले समाजमा फैलिएका नकारात्मक धारणा र प्रतिक्रियाहरूलाई एकछिनका लागि बिर्सेर राष्ट्रको प्रतिनिधित्व गर्दै आफ्नो जीवन क्रिकेटप्रति समर्पित गर्नु सजिलो कुरा नभएको पनि बताउनुभएको छ । यसकारण नेपाली महिला क्रिकेट टिमलाई ठूलो समर्थनका रूपमा ‘हौसला’ प्रदान गरेको उहाँको भनाइ छ ।

    पारसले अगाडि लेख्नुभएको छ, ‘सामाजिक सञ्जालमा गाली गर्नु सजिलो छ तर मैदानमा दौडिनु त्यति सजिलो छैन । नेपाली महिला क्रिकेट टिमको योे जित कुनै आकस्मिक परिणाम होइन, यो त तपाईंहरूले ब्याट र बल समातेको पहिलो दिनदेखि नै सुनिश्चित भइसकेको भविष्य थियो ।’(हिमालय टाईम्सबाट)

    मङ्गलबार, जेठ ०६, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दशैं: घटस्थापनाको बीउदेखि पूर्णिमाको उज्यालोसम्म
    भूगोल केन्द्रीय विभागमा रिमोट सेन्सिङ तथा जिआइएस केन्द्रको उद्घाटन
    सोह्र श्राद्ध : पौराणिक पृष्ठभूमि एवं वैज्ञानिक तादात्म्यता
    विपद् आउनुअघि थाहा होस् ‘कहाँ के छ?
    भोटेकोशी बाढी: विपद्को गहिराइ बुझ्ने भूगोल
    नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    लोकप्रिय

    भर्खरै

    • १.
      दशैं: घटस्थापनाको बीउदेखि पूर्णिमाको उज्यालोसम्म

    • २.
      भूगोल केन्द्रीय विभागमा रिमोट सेन्सिङ तथा जिआइएस केन्द्रको उद्घाटन

    • ३.
      सोह्र श्राद्ध : पौराणिक पृष्ठभूमि एवं वैज्ञानिक तादात्म्यता

    • ४.
      विपद् आउनुअघि थाहा होस् ‘कहाँ के छ?

    • ५.
      भोटेकोशी बाढी: विपद्को गहिराइ बुझ्ने भूगोल

    • ६.
      तीज : चेलीका गीतदेखि स्वतन्त्रताको आवाजसम्म

    • ७.
      सिसिटिभी क्यामेराले जोगाइदिएको नैतिकता

    • ८.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer