• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बिहिबार, असार ११, २०८३
☰
बिहिबार, असार ११, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ७. आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

नेपाल पहिलोपटक विश्वकप छनोटमा, मैदानमा दौडिनु त्यति सजिलो छैन: सचिव खड्का


  •   मङ्गलबार, जेठ ०६, २०८२ मा प्रकाशित
  • काठमाडौं । नेपालले पहिलोपटक आइसिसी महिला टी-२० विश्वकपको ग्लोबल छनोटमा स्थान बनाएको छ । संयुक्त अरब इमिरेट्स (युएई)लाई पाँच विकेटले पराजित गर्दै नेपालले सो स्थान बनाएको हो । सुपर-३ को शीर्ष दुईमा स्थान बनाउँदै नेपालले उक्त सफलता प्राप्त गरेको हो । यो हारसँगै युएई भने बाहिरिएको छ ।

    Advertisement

    अब नेपालले यसै वर्ष महिला टी-२० विश्वकपको ग्लोबल छनोट प्रतियोगिता खेल्नेछ । ग्लोबल छनोटमा नेपालसहित १० टोली सहभागी हुनेछन् । उक्त प्रतियोगितामा शीर्ष चार स्थान बनाउने टोलीले सन् २०२६ मा इंग्ल्याण्डमा हुने आइसिसी महिला टी-२० विश्वकप क्रिकेट प्रतियोगिता खेल्नेछन् ।

    थाइल्याण्डको टेर्डथाइ क्रिकेट मैदानमा सोमबार टस हारेर पहिला ब्याटिङ गरेको युएईले निर्धारित २० ओभरमा सात विकेट गुमाएर ११४ रन बनायो । ११५ रनको लक्ष्य नेपालले तीन बल बाँकी रहँदा पाँच विकेट गुमाउँदै पूरा गर्‍यो । नेपालका लागि कप्तान इन्दु बर्माले अविजित ३०, रुविना क्षेत्रीले २३, सम्झना खड्काले २१ र पूजा महतोले १३ रन बनाउनुभयो ।

    युएईका लागि मिसेल बोथ, सुरक्षा कोटे, वैष्णभी महेश र कप्तान इशा ओजाले समान एक विकेट लिनुभयो । युएईका लागि इशा ओजाले ३९, तीर्थ सतिशले २१, हिना होटचन्दनीले २० र लाभन्या केनीले १२ रन बनाउनुभयो । नेपालका लागि मनिषा उपाध्यायले चार, कविता कुँवरले दुई तथा राजमती ऐरीले एक विकेट लिनुभयो । विश्व वरीयतामा युएई १६औँ र नेपाल २१औँ स्थानमा छ ।

    अब नेपालले आज (मंगलबार) सुपर-३ को आफ्नो दोस्रो तथा अन्तिम खेलमा घरेलु टोली थाइल्याण्डको सामना गर्नेछ । थाइल्याण्डले यसअघि नै ग्लोबल छनोटमा स्थान पक्का गरिसकेको छ ।

    इन्दुको ‘प्लेयर अफ दि म्याच’ मनिषालाई
    युएईविरुद्ध नेपालको कीर्तिमानी खेलको ‘प्लेयर अफ दि म्याच’ नेपालकी कप्तान इन्दु बर्मा घोषित हुनुभयो । खेलपछिको पोस्ट म्याच प्रेजेन्टेसनमा इन्दुले आफूले पाएको ‘प्लेयर अफ दि म्याच’को अवार्डको हकदार मनिषा उपाध्याय भएको भन्दै उहाँलाई बोलाएर त्यो अवार्ड दिनुभएको थियो ।

    कप्तान इन्दुले खेलमा जितको हकदार सबै भए पनि मनिषाको प्रदर्शन उत्कृष्ट रहेको र त्यसलाई शब्दमा वयान गर्न नसकिने बताउनुभयो । मनिषाले युएईविरुद्ध चार विकेट आफ्नो नाममा गर्नुभएको थियो । उहाँले आफ्नो स्पेलमा मात्र २० रन खर्चिनुभएको थियो । इन्दुले आफूलाई दिएको सो अवार्ड मनिषाले भने पूर्वकप्तान रुविना क्षेत्रीलाई समर्पण गर्नुभयो । ‘म एकदम खुसी छु, अझ धेरै म रुविना दिदीका लागि किनभने उहाँको योगदान धेरै छ, त्यसैले सबैभन्दा खुसी छु,’ उहाँले भन्नुभयो, ‘मैले आफैंलाई प्रमाणित गर्नु थियो । आउने दिनमा पनि अवसर पाएँ भने आफूलाई प्रमाणित गर्दै जानेछु ।’

    मैदानमा दौडिनु त्यति सजिलो छैन: सचिव खड्का
    विश्व छनोटमा पुगेपछि नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले नेपाली टोलीप्रति सम्मान व्यक्त गर्नुभएको छ ।
    ‘क्रिकेट खेलेर के हुन्छ र ?’ भन्ने मानसिकता राख्ने जमातबीच ती सबै चुनौतीहरू पार गर्दै हुर्किएर महिला क्रिकेटमा लाग्नुभएका बहिनीहरूप्रति सम्मान र कृतज्ञता,’ पारसले सामाजिक सञ्जालमा लेख्नुभएको छ, ‘नेपालमा हाम्रा बहिनीहरूले क्रिकेट खेल्ने इच्छा राख्नु नै ठूलो कुरा हो र अझै पनि ती सपनाहरू जीवित छन् ।’

    खड्काले समाजमा फैलिएका नकारात्मक धारणा र प्रतिक्रियाहरूलाई एकछिनका लागि बिर्सेर राष्ट्रको प्रतिनिधित्व गर्दै आफ्नो जीवन क्रिकेटप्रति समर्पित गर्नु सजिलो कुरा नभएको पनि बताउनुभएको छ । यसकारण नेपाली महिला क्रिकेट टिमलाई ठूलो समर्थनका रूपमा ‘हौसला’ प्रदान गरेको उहाँको भनाइ छ ।

    पारसले अगाडि लेख्नुभएको छ, ‘सामाजिक सञ्जालमा गाली गर्नु सजिलो छ तर मैदानमा दौडिनु त्यति सजिलो छैन । नेपाली महिला क्रिकेट टिमको योे जित कुनै आकस्मिक परिणाम होइन, यो त तपाईंहरूले ब्याट र बल समातेको पहिलो दिनदेखि नै सुनिश्चित भइसकेको भविष्य थियो ।’(हिमालय टाईम्सबाट)

    मङ्गलबार, जेठ ०६, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित
    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार ५ गते (१९

    • २.
      आज २०८३ साल असार ८ गते (२२

    • ३.
      आज २०८३ साल असार ७ गते (२१

    • ४.
      आज २०८३ साल असार ९ गते (२३

    • ५.
      आज २०८३ साल असार ६ गते (२०

    • ६.
      आज २०८३ साल असार ११ गते (२५

    भर्खरै

    • १.
      आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार ३ गते (१७ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer