• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शुक्रबार, बैशाख ०४, २०८३
☰
शुक्रबार, बैशाख ०४, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. वार्षिक राशिफल: २०८३

  • २. आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल वैशाख ३ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल वैशाख ४ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. मासिक राशिफल: वैशाख २०८३

  • ६. नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

प्रसव पीडाकी महिलाको ज्यान बचाउने प्रहरी जवान पुरस्कृत


  •   बिहिबार, जेठ ०८, २०८२ मा प्रकाशित
  • काठमाडौं । प्रसव पीडाकी महिला र नवजात शिशुको ज्यान बचाउने प्रहरी जवान चन्द्रिकाकुमारी देउवा सम्मानसहित पुरस्कृत हुनुभएको छ ।

    Advertisement

    जिल्ला प्रहरी कार्यालय कैलालीले उहाँलाई बुधबार पुरस्कृत गरेको हो । अस्थायी प्रहरी पोस्ट खैरानामा कार्यरत प्रहरी जवान देउवाले मङ्गलबार गोदावरी नगरपालिका–१ चैतन्यपुरस्थित गुहेश्वरी टोलको सडकमा प्रसव पीडाले छटपटाइ रहेकी बेवारिसे महिलाको सुरक्षित रूपमा सुत्केरी गराएर महिला र शिशुको ज्यान बचाउने काम गर्नुभएको थियो ।

    प्रहरीलाई खबर आएपछि आफ्नो बच्चालाई खाना खुवाउँदा खुवाउँदै छोडेर महिलाको उद्धारका लागि गएको प्रहरी जवान देउवाले बताउनुभयो । “खबर आएपछि बच्चालाई खाना खुवाउन रोकेर बर्दी लगाएँ र घटनास्थलमा हिडेँ”, उहाँले भन्नुभयो, “म पुग्दा महिला बेहोस थिइन । करिब दुई सय जति मान्छे जम्मा भएर हेरिरहेका थिए । मैले महिलाको नाम सोँधे तर बोल्न सक्नु भएन । छटपटाइ रहनु भएको थियो । अनि, दिदी म जसरी पनि तपाईं र तपाईंको बच्चाको ज्यान बचाउँछु भनेर सुत्केरी गराउने कार्यमा लागे ।”

    स्थानीयको सहयोगमा एक घरको आँगनमा सुत्केरी गराएको जवान देउवाको भनाइ छ । “मलाई त सालनाल कसरी काट्ने भन्ने पनि थाहा थिएन । स्थानीयले ब्लेड ल्याइ दिएपछि उनीहरूको सहयोगमा सालनाल काटेँ ।” सुत्केरी महिलाको नाम, ठेगाना केही खुलेको छैन । प्रहरी जवान देउवाले सुत्केरी गराइ सकेपछि बच्चा र आमालाई उपचारका लागि पदमा अस्पताल भर्ना गरिएको छ । दुवैको स्वास्थ्यावस्था राम्रो रहेको प्रहरी जवान देउवाले बताउनुभयो ।

    सुत्केरी गराउने सन्दर्भमा न कुनै तालिम लिनु भएकी न त पर्याप्त ज्ञान भएकी जवान देउवाले उच्च मानवीयता प्रदर्शन गरेर नेपाल प्रहरीको इज्जत बढाउने काम गरेको भन्दै जिल्ला प्रहरी कार्यालयले पुरस्कृत गरेको हो । राम्रो काम गर्ने सबै प्रहरीलाई पुरस्कृत गर्ने प्रहरी उपरीक्षक बालनरसिंह राणाले बताउनुभयो । उहाँले प्रहरी जवान देउवाले साहसिक काम गरेको भन्दै प्रशंसा गर्नुभयो ।(गोरखापत्र)

    बिहिबार, जेठ ०८, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न
    बालेन सरकारको १०० बुँदे कार्यसूची: मन्त्रालय १७ बनाइने, २०४८ यताका सबैको सम्पत्ति छानबिन हुने
    भूगोल केन्द्रीय विभागमा तीन दिने SWAT तालिम सम्पन्न
    धार्मिक पर्यटनलाई टेवा पुग्ने गरी बृहत् पाशुपत पदयात्रा-२०८२ आयोजना
    “समाज दलीय स्वार्थभन्दा माथि उठेको छ” स्वतन्त्र उम्मेदवार कविता भट्टराई
    वास्तुशास्त्र अनुसार कुन वार के काम गर्नु हुदैन

    लोकप्रिय

    • १.
      वार्षिक राशिफल: २०८३

    • २.
      आज २०८३ साल वैशाख १ गते मंगलवार:

    • ३.
      आज २०८३ साल वैशाख ३ गते बिहीवार:

    • ४.
      आज २०८३ साल वैशाख ४ गते शुक्रवार:

    • ५.
      मासिक राशिफल: वैशाख २०८३

    • ६.
      नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    भर्खरै

    • १.
      मासिक राशिफल: वैशाख २०८३

    • २.
      आज २०८३ साल वैशाख ४ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल वैशाख ३ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      वार्षिक राशिफल: २०८३

    • ५.
      आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    • ७.
      आज २०८२ साल चैत १९ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८२ साल चैत १७ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer