☰
बिहिबार, कार्तिक १३, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

प्रसव पीडाकी महिलाको ज्यान बचाउने प्रहरी जवान पुरस्कृत


  •   बिहिबार, जेठ ०८, २०८२ मा प्रकाशित
  • काठमाडौं । प्रसव पीडाकी महिला र नवजात शिशुको ज्यान बचाउने प्रहरी जवान चन्द्रिकाकुमारी देउवा सम्मानसहित पुरस्कृत हुनुभएको छ ।

    Advertisement

    जिल्ला प्रहरी कार्यालय कैलालीले उहाँलाई बुधबार पुरस्कृत गरेको हो । अस्थायी प्रहरी पोस्ट खैरानामा कार्यरत प्रहरी जवान देउवाले मङ्गलबार गोदावरी नगरपालिका–१ चैतन्यपुरस्थित गुहेश्वरी टोलको सडकमा प्रसव पीडाले छटपटाइ रहेकी बेवारिसे महिलाको सुरक्षित रूपमा सुत्केरी गराएर महिला र शिशुको ज्यान बचाउने काम गर्नुभएको थियो ।

    प्रहरीलाई खबर आएपछि आफ्नो बच्चालाई खाना खुवाउँदा खुवाउँदै छोडेर महिलाको उद्धारका लागि गएको प्रहरी जवान देउवाले बताउनुभयो । “खबर आएपछि बच्चालाई खाना खुवाउन रोकेर बर्दी लगाएँ र घटनास्थलमा हिडेँ”, उहाँले भन्नुभयो, “म पुग्दा महिला बेहोस थिइन । करिब दुई सय जति मान्छे जम्मा भएर हेरिरहेका थिए । मैले महिलाको नाम सोँधे तर बोल्न सक्नु भएन । छटपटाइ रहनु भएको थियो । अनि, दिदी म जसरी पनि तपाईं र तपाईंको बच्चाको ज्यान बचाउँछु भनेर सुत्केरी गराउने कार्यमा लागे ।”

    स्थानीयको सहयोगमा एक घरको आँगनमा सुत्केरी गराएको जवान देउवाको भनाइ छ । “मलाई त सालनाल कसरी काट्ने भन्ने पनि थाहा थिएन । स्थानीयले ब्लेड ल्याइ दिएपछि उनीहरूको सहयोगमा सालनाल काटेँ ।” सुत्केरी महिलाको नाम, ठेगाना केही खुलेको छैन । प्रहरी जवान देउवाले सुत्केरी गराइ सकेपछि बच्चा र आमालाई उपचारका लागि पदमा अस्पताल भर्ना गरिएको छ । दुवैको स्वास्थ्यावस्था राम्रो रहेको प्रहरी जवान देउवाले बताउनुभयो ।

    सुत्केरी गराउने सन्दर्भमा न कुनै तालिम लिनु भएकी न त पर्याप्त ज्ञान भएकी जवान देउवाले उच्च मानवीयता प्रदर्शन गरेर नेपाल प्रहरीको इज्जत बढाउने काम गरेको भन्दै जिल्ला प्रहरी कार्यालयले पुरस्कृत गरेको हो । राम्रो काम गर्ने सबै प्रहरीलाई पुरस्कृत गर्ने प्रहरी उपरीक्षक बालनरसिंह राणाले बताउनुभयो । उहाँले प्रहरी जवान देउवाले साहसिक काम गरेको भन्दै प्रशंसा गर्नुभयो ।(गोरखापत्र)

    बिहिबार, जेठ ०८, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दशैं: घटस्थापनाको बीउदेखि पूर्णिमाको उज्यालोसम्म
    भूगोल केन्द्रीय विभागमा रिमोट सेन्सिङ तथा जिआइएस केन्द्रको उद्घाटन
    सोह्र श्राद्ध : पौराणिक पृष्ठभूमि एवं वैज्ञानिक तादात्म्यता
    विपद् आउनुअघि थाहा होस् ‘कहाँ के छ?
    भोटेकोशी बाढी: विपद्को गहिराइ बुझ्ने भूगोल
    नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    लोकप्रिय

    भर्खरै

    • १.
      दशैं: घटस्थापनाको बीउदेखि पूर्णिमाको उज्यालोसम्म

    • २.
      भूगोल केन्द्रीय विभागमा रिमोट सेन्सिङ तथा जिआइएस केन्द्रको उद्घाटन

    • ३.
      सोह्र श्राद्ध : पौराणिक पृष्ठभूमि एवं वैज्ञानिक तादात्म्यता

    • ४.
      विपद् आउनुअघि थाहा होस् ‘कहाँ के छ?

    • ५.
      भोटेकोशी बाढी: विपद्को गहिराइ बुझ्ने भूगोल

    • ६.
      तीज : चेलीका गीतदेखि स्वतन्त्रताको आवाजसम्म

    • ७.
      सिसिटिभी क्यामेराले जोगाइदिएको नैतिकता

    • ८.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer