☰
बिहिबार, कार्तिक १३, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

मुगुका किसानलाई जौ भित्र्याउन चटारो


  •   बिहिबार, जेठ ०८, २०८२ मा प्रकाशित
  • काठमाडौं । मुगुका किसान जौ भित्र्याउन व्यस्त भएका छन् । बाली भित्र्याउने सिजन चलेसँगै किसानलाई जौ बाली भित्र्याउने चटारो बढेको हो ।

    Advertisement

    यस वर्ष अघिल्लो सातासम्म पानी परेर मौसम प्रतिकूल देखिएका कारण केही ढिलो गरेर जौ काट्ने काम गरिरहेको किसानले बताएका छन् ।

    काट्न ढिलो गर्दा बाली अत्यधिक पाकेर जौको बाला कालो हुन थालेको छ । मौसम सफा भएपछि किसानले धमाधम जौ काट्न सुरु गरेको छायाँनाथ रारा नगरपालिका वडा नं ६ कोटिला गाउँका किसान राजबहादुर बोहराले बताउनुभयो ।

    उहाँले गत वर्षभन्दा यस वर्ष जौबाली राम्रो भएको बताउनुभयो । ‘‘गत वर्ष जौको फूल फुल्ने बेला पानी बढी परेपछि दाना कम लागेको थियो’’, उहाँले भन्नुभयो, ‘‘यो वर्ष उत्पादन राम्रो भएको छ ।’’

    धेरैजसो किसानले हातैले गहुँ काट्ने काम गरिरहेका छन् । जौ भित्र्याएपछि असारको पहिलो साताबाट उक्त खाली भएको जमिनमा सिमी र फापर लगाउने गरेको किसान बोहराले बताउनुभयो ।

    छायाँनाथ रारा नगरपालिका वडा नं ६ वडा अध्यक्ष खेमबहादुर रावलका अनुसार यो वर्ष बजार क्षेत्रमा जौको मूल्य प्रतिक्विन्टल एक हजार रुपियाँ छ । ग्रामीण क्षेत्रमा व्यापारीहरूले प्रतिक्विन्टल पाँच सय रुपियाँमा जौ खरिद गरिरहेका छन् ।

    मुगुका किसानका लागि कोदो पछिको दोस्रो प्रमुख बाली जौ हो । यो जिल्लामा नौं सय हेक्टर जमिनमा जौ खेती हुँदैआएको कृषि विकास कार्यालय मुगुले जानकारी दिएको छ।(गोरखापत्र)

    बिहिबार, जेठ ०८, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दशैं: घटस्थापनाको बीउदेखि पूर्णिमाको उज्यालोसम्म
    भूगोल केन्द्रीय विभागमा रिमोट सेन्सिङ तथा जिआइएस केन्द्रको उद्घाटन
    सोह्र श्राद्ध : पौराणिक पृष्ठभूमि एवं वैज्ञानिक तादात्म्यता
    विपद् आउनुअघि थाहा होस् ‘कहाँ के छ?
    भोटेकोशी बाढी: विपद्को गहिराइ बुझ्ने भूगोल
    नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    लोकप्रिय

    भर्खरै

    • १.
      दशैं: घटस्थापनाको बीउदेखि पूर्णिमाको उज्यालोसम्म

    • २.
      भूगोल केन्द्रीय विभागमा रिमोट सेन्सिङ तथा जिआइएस केन्द्रको उद्घाटन

    • ३.
      सोह्र श्राद्ध : पौराणिक पृष्ठभूमि एवं वैज्ञानिक तादात्म्यता

    • ४.
      विपद् आउनुअघि थाहा होस् ‘कहाँ के छ?

    • ५.
      भोटेकोशी बाढी: विपद्को गहिराइ बुझ्ने भूगोल

    • ६.
      तीज : चेलीका गीतदेखि स्वतन्त्रताको आवाजसम्म

    • ७.
      सिसिटिभी क्यामेराले जोगाइदिएको नैतिकता

    • ८.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer