• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शनिबार, भदौ २७, २०८३
☰
शनिबार, भदौ २७, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

नाग्म गमगढी राजमार्गका सात पुल निर्माण अन्तिम चरणमा, तीन पुलमा विवाद कायमै


  •   बिहिबार, जेठ २२, २०८२ मा प्रकाशित
  • काठमाडौं । ऐतिहासिक सिंजा र रारा जोड्ने नाग्म गमगढी करिब ९३ किलोमिटरको राजमार्गमा रहेका १० पक्कि पुलमध्ये सात वटा पुलको निर्माण कार्य अन्तिम चरणमा पुगेका छन् ।

    Advertisement

    पुल नहुँदा लामो समयदेखि सास्ती खेप्दै आएका यात्रुलाई सहज यात्राका लागि निर्माण सुरु गरिएको सात वटा पक्कि पुल अन्तिम चरणमा पुगेको हो । सडक डिभिजन कार्यालय जुम्लाका अनुसार नाग्मदेखि मुगुसम्मका १० वटामध्ये सात वटा पुल निर्माण अन्तिम चरणमा पुगेको हो ।

    सडक डिभिजन कार्यालय जुम्लाका कार्यालय जुम्लाका सूचना अधिकारी प्रदिप चौधरीका अनुसार निर्माणाधिन अन्तिमचरणमा रहेका पक्कि पुलहरु हिमा गाउँपालिकाको बाजागाडा, सिंजा गाउँपालिकाको बिष्टवाडा, कनकासुन्दरी र सिंजा जोड्ने रोकायाबाडा, मुगुको राराछायानाथ नगरपालिकामा रहेको पिना खोला, झ्यारी खोला र गोठीखोलाका पक्किपुलहरु अन्तिम चरणमा पुगेका छन् । हिमा गाउँपालिकाको बाजागाडाको पुलमा भने केही काम बाँकी भए पनि गाडि गुड्न थालेका छन् ।

    सूचना अधिकारी चौधरीका अनुसार यस क्षेत्रको कामका लागि हिम सगरमाथा कन्सट्रक्सन प्राईभेट लिमिटेडसँग जम्मा बजेट वहुवर्षिय ३२ करोड ६८ लाख रुपियाँ सम्झौता भएको छ । उहाँ अनुसार यस वर्ष सम्झौता गरिएको मध्य १० करोड ५० लाख रुपियाँ भुक्तानी भएको र अन्य रकम माग गरिएको छ ।

    तीन पुल विवादमा
    सडक डिभिजन कार्यालय जुम्लाका अनुसार ९३ किलोमिटरको यस राजमार्गमा तीनवटा पुल विभिन्न समस्याका कारण अगाडि बढ्न सकेका छैनन् । कार्यालयका अनुसार नाग्म र हिमा गाउँपालिका जोड्ने पुल जग्गा विवादका कारण निर्माण कार्यमा रोकिएको छ । कनकासुन्दरी गाउँपालिका गुठिज्यूलाको पुल घरटहरा भएकाले अगाडि बढ्न सकेको छैन ।

    यसैगरी, मुगुको लुम्स पुल पनि घर र जग्गाका कारण काम अगाडि बढ्न सकेको छैन । नाग्मको पुल कालिकोट र जुम्लाको सिमा भएकाले कालिकोट जिल्लासँग पनि सहकार्य भइरहेको छ । विवादित स्थानमा स्थानीय सरकारलाई सहजीकरणका लागि भन्दै अनुरोध पत्र समेत पठाइएको कार्यालयले जनाएको छ । विवाद सामाधानका लागि ढिलाई हुँदा भने ति क्षेत्रमा यस आर्थिक वर्षमा समेत पुल बन्न नसक्दा हैरान हुने भएको छ ।(गोरखापत्र)

    बिहिबार, जेठ २२, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “
    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    भर्खरै

    • १.
      सिसिटिभी क्यामेराले जोगाइदिएको नैतिकता

    • २.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    • ३.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ५.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer