• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बिहिबार, भदौ ०४, २०८३
☰
बिहिबार, भदौ ०४, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

बुढानिलकण्ठमा पहिलो राष्ट्रिय जुनियर बुद्धिचाल प्रतियोगिता


  •   आइतबार, जेठ २५, २०८२ मा प्रकाशित
  • काठमाडौं । नेपाली युवा पुस्तामा बुद्धिचालको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले ‘पहिलो राष्ट्रिय जुनियर (२० वर्ष मुनिका) बुद्धिचाल प्रतियोगिता – २०८२’ आगामी असार २९ गतेदेखि काठमाडौंमा सुरु हुने प्रतियोगिता बुढानिलकण्ठ नगरपालिका नगर युवा परिषद्ले आयोजना गर्न लागेको हो।

    Advertisement

    हिजो बुढानिलकण्ठ नगरपालिकामा आयोजित पत्रकार सम्मेलनमा उक्त कार्यक्रम बारे जानकारी गराईएको हो। बुढानिलकण्ठ नगरपालिका सामाजिक विकास समिति संयोजक शान्ता ढकाल पुडासैनीको अध्यक्षतामा आयोजित पत्रकार सम्मेलनमा बुढानिलकण्ठ नगरपालिका नगर युवा परिषदका उपाध्यक्ष रुपेश भट्टराई तथा कार्यक्रम संयोजक दीपक तामांगले कार्यक्रमको बारेमा प्रकाश पारेका थिए। कार्यक्रममा बुढानिलकण्ठ नगरपालिका वडा नम्बर १ ,११ र १२ का वडाध्यक्षहरु सुरेन्द्र लामा, राजु अधिकारी , शम्भु प्रसाद भट्टराई सहित नगर युवा परिषदका सदस्य र राष्ट्रसेवक कर्मचारीहरुको उपस्थिति रहेको थियो।

    नेपाल बुद्धिचाल महासंघको प्राविधिक सहयोगमा सञ्चालन हुने उक्त प्रतियोगिता काठमाडौंको बुढानिलकण्ठ १२ मा रहेको त्रि ज्योति माध्यमिक विधालयमा असार २९ देखि ३१ गतेसम्म सञ्चालन हुनेछ।

    एफआईडीई (FIDE) द्वारा मान्यता प्राप्त राष्ट्रियस्तरको यो प्रतियोगिता (इभेन्ट कोड: 426022 / 426023) मा २० वर्षमुनिका करिब २०० जना केटा तथा केटी खेलाडीहरूको सहभागिता रहने अपेक्षा गरिएको छ। प्रतियोगिता स्विस प्रणालीमा ९ चरणमा खेलिनेछ। यो प्रतियोगिता नेपाली नयाँ पुस्तामा बुद्धिचालको प्रचारप्रसार गर्नुका साथै नेपाल बुद्धिचाल महासंघको लक्ष्यअनुसार देशभर बुद्धिचालको विकासमा सहयोग पुर्याउने विश्वास गरिएको छ। साथै, नयाँ प्रतिभाको पहिचान र तिनीहरूको मार्गदर्शन, खेल संस्कृतिको प्रवर्द्धन तथा युवाहरूको बौद्धिक क्षमता र सामाजिक विकासमा टेवा पुर्‍याउने उद्देश्य पनि प्रतियोगिताले राखेको छ।

    प्रतियोगितामा सहभागी हुन माघ २०६१ पछि जन्मिएका सम्पूर्ण नेपाली खेलाडीहरू योग्य हुनेछन्। नेपाल बुद्धिचाल महासंघमा दर्ता भएका खेलाडीहरूका लागि प्रवेश शुल्क निःशुल्क रहनेछ। प्रतियोगिता अन्तर्गत U-8, U-10, U-12, U-14, U-16, र U-18 उमेर समूहमा केटा र केटी छुट्टाछुट्टै प्रतिस्पर्धा गरिनेछ भने प्रदेशस्तरको प्रवेश शुल्क १५०० रुपैयाँ तोकिएको छ। पुरस्कार राशिमा बुढानिलकण्ठ नगरपालिकाको नियमानुसार २५% कर लागु हुनेछ।

    प्रतियोगिता असार २९ गते बिहान १०:३० बजे उद्घाटन समारोहसहित सुरु हुनेछ भने सोही दिन तीन चरणका खेल सञ्चालन हुनेछ। असार ३० मा थप चार चरण तथा असार ३१ गते दुई चरणसहित समापन समारोहको आयोजना गरिनेछ। आयोजक संस्थाले यस कार्यक्रमलाई नेपालको युवा बुद्धिचाल विकासको दिशामा एक महत्वपूर्ण मोडका रूपमा लिएको छ र यसबाट भविष्यमा देशको बौद्धिक खेल नेतृत्व तथा अनुशासनको सशक्त आधार तयार हुने अपेक्षा गरिएको छ।

     

    आइतबार, जेठ २५, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “
    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    भर्खरै

    • १.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    • २.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ४.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer