• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शुक्रबार, बैशाख ०४, २०८३
☰
शुक्रबार, बैशाख ०४, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. वार्षिक राशिफल: २०८३

  • २. आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल वैशाख ३ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल वैशाख ४ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. मासिक राशिफल: वैशाख २०८३

  • ६. नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

बन्दीपुरमा बन्नेभयो आदियोगीको १०८ फिट अग्लो विशाल प्रतिमा


  •   आइतबार, जेठ २५, २०८२ मा प्रकाशित
  • काठमाडौं । भर्खरै हलिउड चलचित्र ‘टासी’ को सुटिङले चर्चामा आएको पर्यटकिय एवं सांस्कृतिक ग्राम बन्दीपुरमा अवस्थित गढीदेव क्षेत्रमा नेपालको सब भन्दा अग्लो १०८ फिट अग्लो आदियोगी शिबजीको विराट प्रतिमा निर्माण हुने भएको छ ।

    Advertisement

    पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको डुम्रे बजारबाट करिब सात किलोमिटरको दुरीमा अवस्थित एक रमणीय पहाडी गाउँ हो, बन्दीपुर । डुम्रेबाट उकालो लागेपछि केही समयमै यहाँ आइपुग्न सकिन्छ । समुद्र सतहबाट करिब ११०० मिटरको उचाईमा रहेको यस ठांउमा आउनसाथ अर्कै हावापानी पाइन्छ र अनौठो ठाउँमा पुगेको आभास हुन्छ । यो करिब चार सय वर्ष पहिले भक्तपुर र कीर्तिपुरबाट आएका नेवारहरूले बसालेको बस्ती हो । यहाँ अझै पनि त्यसबेलाका घरहरू छन् । भक्तपुरे शैलीका चिटिक्क परेका घरहरू बन्दीपुरको आकर्षण बनेका छन् । ती घरहरू बन्दीपुरका ऐतिहासिक सम्पदा हुन् । जसले बन्दीपुरको इतिहास, संस्कृति र परिचय बोकेका छन् । बन्दिपुर पहिला लमजुङ, गोरखा र तनहुँको मुख्य व्यापारिक केन्द्र थियो । ती जिल्लाहरूको तराई प्रवेश गर्ने नाका नै बन्दिपुर थियो । त्यस कारण बन्दीपुर त्यत्त बेला नै एउटा विकसित बजार बनेको थियो । मोटर यातायातको सुविधा नहुँदा पश्चिम पहाडका तनहुँ, कास्की, लमजुङ, गोर्खा र मनाङको लागि दक्षिणबाट सामान ल्याउने मुख्य व्यापारिक नाकाको रूपमा विकास भएको थियो । पछि वि.सं. २०२५ सालमा तनहुँको सदरमुकाम दमौलीमा सरेपछि बन्दीपुर सुनसान बनेको थियो । सदरमुकाम सर्‍यो, राजमार्गहरू पनि बनेपछि बन्दीपुर सुनसान बन्दै गयो । यहाँका व्यापारीहरू दमौली, पोखरा, नारायणगढतिर गए । कतिपय काठमाडौं भक्तपुर पुगे । ०५० सालसम्म आउँदा सुन्दर बजार बन्दीपुर खण्डहरमा परिणत भएको थियो भने अब पुन वन्दिपुरको वैभव फर्कन लागेको छ ।

    ४० करोड रुपैया भन्दा बढीको लगानीमा आकर्षक आदीयोगी पार्क सहितको बिशाल प्रतिमा निर्माण गर्ने सम्पुर्ण तयारी गरिएको छ । आदीयोगी प्रज्ञाधामले आरकेडी समुह र बन्दीपुर केवलकार समुहको प्रारम्भिक निर्माण सहयोगमा यति ठुलो धनराशीको यस परियोजनामा निर्माण गर्न लागेको हो ।

    बन्दीपुर केवलकारसँगैको बन्दिपुरको सुन्दर स्थान बन्दीपुर गढीको शिरमा १०८ फिट अग्लो विराट अदीयोगीको प्रतिमा रहनेछ । प्रतिमाको गर्भभित्र सास्त्रीय मान्यता अनुरुपको बिशेष गर्वगृह रहनेछ । गर्वगृह सँगै ९ फिट अग्लो १३ फिट लम्बाइको कामुधेनु गाई र गाईले ५ फिट अग्लो ज्योर्तिलिङ्गमा आफनो थुनबाट प्रत्यक्ष निरन्तर दुध चढाईरहनेछ । बिसेष गर्वगृह सामुन्ने आकर्षक नन्दी रहनेछ । बिसेष गर्वगृह वरीपरी भगवान शिवका अवतारहरु, हनुमान (रुद्रावतार)–रामायणकालीन महान भक्त र शक्तिशाली सेनानी, दुर्वासा ऋषि क्रोधी स्वभावका तपस्वी, जसले देवताहरूलाई पनि श्राप दिन्थे । अश्वत्थामा (महाभारतका महान योद्धा, जो अमर छन्), भैरव (शिवको उग्र रूप, जसले ब्रह्माजीको पाँचौं शिर काटेका थिए ।) कालभैरव (समय र मृत्युको देवता, शिवको अत्यन्तै भयानक अवतार), गृहपति अवतार (शिवले एक ब्राह्मणको घरमा सेवकको रूपमा अवतार) लिएका थिए । पिप्पलाद अवतार (शनिदेवलाई श्राप दिने ऋषि), नटराज (नृत्यको देवता, जो सृष्टि, स्थिति र संहारको प्रतीक) हो ।

    यसैगरि महत्वपूर्ण रूपहरू अर्धनारीश्वर (शिव–पार्वतीको संयुक्त रूप), वीरभद्र (दक्ष यज्ञ ध्वंस गर्न आएको शिवको क्रोधित रूप), लिंग रूप (निराकार ईश्वरको प्रतीक), शरीरिकर (जगतका तत्वहरूको निर्माण र व्यवस्थापन गर्न शिवको ध्यानयुक्त अवतार), ऋषि अष्टावक्र (शरीर टेढो भए पनि अत्यन्तै ज्ञानी, शिवका अवतारी रूपका रूपमा मानिन्छ), साध्यजी (योग र साधनाको प्रतीक, ध्यानस्थ रूप),यतिनाथ (संन्यास आश्रम र त्यागको प्रतिक, आत्मबोधको मार्ग देखाउने अवतार),अवतारीश्वर (शैव तन्त्र अनुसार विविध लीलाहरू गर्ने अद्भुत रूप) भगवान शिवका यी अवतारहरूले उनको विविधता, शक्ति र लीलाहरूको प्रतिनिधित्व गर्ने गरिे प्रतिमा रहने छन् ।

    सबैभन्दा बाहिरी घेरामा १०८ वटा आर्कषक सहर्षधारा रहने छन, ति धाराबाट १०८ वटा आकर्षक शिवलिङ्गमा जल अर्पीत भईरहनेछ । त्यो जल अन्य धाराहरुबाट जमिनमा झर्ने व्यवस्था गर्नेगरी डिजाइन गरिएको छ । त्यो जलधाराबाट पवित्र स्नान गर्न मिल्नेछ । मुख्य ज्योर्तिलिङ्गमा प्रवेश गर्ने ४ ढोकाहरु रहने छन । १ मुख्य पुजारी रहनेछन । र अन्य साहायक पुजारी रहनेछन् । विशाल आदीयोगी प्रतिमा वाहिर वरीपरी योग ध्यान शिविर रहनेछ भने राती आकर्षक लाईटिङ्ग सो मार्फत शिव जि को वास्तविक लिला प्रदर्शन गर्न मिल्ने गरि अत्याधुनिक लाईटिङ प्रणाली समेत जडान गरिनेछन् ।

    यस परियोजनाले बन्दिपुरलाई धार्मिक पर्यटनको उपर्युक्त गन्तव्य बनाउन र साक्षात खड्गरुपी खड्गदेवि मन्दिरको महिमाको प्रचार प्रसारमा टेवा पु¥याउन सक्ने भएकोले आरकेडी समुह, वन्दिपुर समुह र वन्दिपुर स्काईवाक एण्ड रिक्रियसन प्रालिले प्रारम्भिक रुपमा आदीयोगी प्रज्ञा धामको लागि ४० करोड रुपैया बराबरको पुर्वाधारहरु निर्माण गर्न पाँच वर्षमा फिर्ता पाउने गरी सापटी लगानी गर्ने सहमती भएको आरकेडी–वन्दिपुर समुहका अध्यक्ष रामचन्द्र शर्माले बताए ।

    आगामी अढाईवर्ष भित्र आदीयोगी पार्क सम्पन्न गरी भक्तजन एवं पर्यटकहरुको लागी खुल्ला गरिने आदीयोगी प्रज्ञाधामले जनाएको छ । मुर्ति निर्माण, फाउन्डेसन निर्माण जग्गा प्राप्ती लगायतका सबै कार्यहरु सम्पन्न भएको धामका सदस्य पोष्ट बहादुर खड्काले बताए । ‘आदीयोगी प्रज्ञा धाम’ नामको संस्थाले सुसंस्कृत ज्ञानवद्र्घक क्रियाकलापको माध्यमबाट आध्यात्मिक सचेतनाद्वारा सामाजिक उद्यमशीलताको प्रवद्र्घन र विकास गर्ने लक्ष्य राखेको छ । यसले आध्यात्मिक शक्तिको महत्वबोध गराउँदै, शान्तिप्रिय, आध्यात्मिक, रूपान्तरणमुखी र ज्ञानकेन्द्रित सारलाई आत्मसात् गराउनेछ ।

    आध्यात्मिक जागरण, आत्मिक रूपान्तरण र प्रज्ञा (दिव्य ज्ञान) को मार्गदर्शनद्वारा व्यक्तिहरूलाई आत्मसाक्षात्कार र परमचेतनाको अनुभूतिमा पु¥याउने यसको उद्देश्य हो । सनातन ज्ञान, ध्यान र सेवाको माध्यमले मानिसहरूलाई आन्तरिक शान्ति, सार्थकता र दिव्य प्रेमको अनुभूति गराउँदै, आदियोगी प्रज्ञा धामले एउटा ज्ञानमय, प्रेमपूर्ण र आध्यात्मिक रूपमा जाग्रत समाजको निर्माण गर्न खोज्दछ । प्रत्येक व्यक्तिले आफ्नो दिव्य स्वरूप पहिचान गरी जीवनको उच्चतम उद्देश्य प्राप्त गर्न सक्ने वातावरण बनाउने छ । सत्यको ज्ञान, आत्मिक अनुशासन र निःस्वार्थ सेवा नै मानव जातिलाई अन्धकारबाट प्रकाशतर्फ लैजाने मार्ग हो भनेर बुझाउने छ ।

    दिव्य चेतना र आन्तरिक ज्ञानले रूपान्तरण, सन्तुलन र उच्च उद्देश्यतर्फको मार्गलाई जाग्रत् गर्ने पवित्र ज्ञानशरणस्थल’ बन्ने दिशा निर्धारण गर्दै, नेपालको धार्मिक र पर्यटन प्रवद्र्घन गरी ग्रामीण विकासको आधारशिला तयार गरी सामाजिक एवम् आर्थिक रूपान्तरण गर्न सक्ने बृहत्तर प्लेटफर्म तयार गर्न पहलको रूपमा यसको निर्माण कार्य अगाडी बढाइ सकिएको संस्था ले जनाएको छ । आदीयोगी पार्क जान पृथ्वी राजमार्ग केवलकार चोक सबारी साधन पार्किंग गरि त्यहाँ देखि ७ मिनेटको आकर्षक केवलकार यात्रा गरी पुग्न सकिने छ । सवारी साधनबाट जाने हो भने ५५ मिनेटको उकाली यात्रा गरेपछी पुग्न सकिने छ ।

     

    आइतबार, जेठ २५, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न
    बालेन सरकारको १०० बुँदे कार्यसूची: मन्त्रालय १७ बनाइने, २०४८ यताका सबैको सम्पत्ति छानबिन हुने
    भूगोल केन्द्रीय विभागमा तीन दिने SWAT तालिम सम्पन्न
    धार्मिक पर्यटनलाई टेवा पुग्ने गरी बृहत् पाशुपत पदयात्रा-२०८२ आयोजना
    “समाज दलीय स्वार्थभन्दा माथि उठेको छ” स्वतन्त्र उम्मेदवार कविता भट्टराई
    वास्तुशास्त्र अनुसार कुन वार के काम गर्नु हुदैन

    लोकप्रिय

    • १.
      वार्षिक राशिफल: २०८३

    • २.
      आज २०८३ साल वैशाख १ गते मंगलवार:

    • ३.
      आज २०८३ साल वैशाख ३ गते बिहीवार:

    • ४.
      आज २०८३ साल वैशाख ४ गते शुक्रवार:

    • ५.
      मासिक राशिफल: वैशाख २०८३

    • ६.
      नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    भर्खरै

    • १.
      मासिक राशिफल: वैशाख २०८३

    • २.
      आज २०८३ साल वैशाख ४ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल वैशाख ३ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      वार्षिक राशिफल: २०८३

    • ५.
      आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    • ७.
      आज २०८२ साल चैत १९ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८२ साल चैत १७ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer