• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बिहिबार, भदौ ०४, २०८३
☰
बिहिबार, भदौ ०४, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

यू-१६ राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि मधेसलाई


  •   आइतबार, असार ०१, २०८२ मा प्रकाशित
  • काठमाडौं । बागमतीलाई पराजित गर्दै मधेस प्रदेशले टिबी शाह स्मृति यू-१६ राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा शनिबार सम्पन्न अन्तिम खेलमा बागमतीलाई ७ विकेटले हराउँदै मधेसले उपाधि हात पारेको हो ।

    Advertisement

    बागमतीले दिएको ११३ रनको लक्ष्य मधेसले १३.४ ओभरमा ३ विकेट गुमाउँदै पूरा गरेको थियो । टस हारेर पहिला ब्याटिङको निम्ता पाएको बागमतीले निर्धारित ५० ओभरको खेलमा जम्मा ३३ ओभरमात्र खेल्दा आफ्नो सबै १० विकेट गुमाउँदै ११२ को सामान्य स्कोर बनायो । बागमतीका लागि ओपनरद्वय सूर्यांशु कोइरालाले सात बलमा १० जोड्दा राजीव कोइरालाबाट क्याच आउट भएपछि ४० बल खेल्नुभएका प्रसिद्ध जैसी २५ रन बनाउँदै रोहन यादवबाट रन आउट हुनुभयो ।

    परिमार्जन यादवको बलमा सन्तु मण्डललाई क्याच थमाउँदै तेस्रो नम्बरका ब्याटर जोय थापा ६ रन जोडेर डग आउट फर्किंदा सलमान अली मुसलमानबाट बोल्ड हुँदै चौथो नम्बरका शिवशक्ति महतो जम्मा दुई रनमा आउट हुनुभयो । २३ बलमा ४ रन जोड्नुभएका अभि थपलिया सलमानको बलमा सन्तु मण्डलबाट क्याच आउट भएपछि धर्मराएको बागमतीको पारीलाई मिडल अर्डरका रोहित ठाकुरले ४६ बलमा २२ तथा आशिष गुप्ताले १७ रन जोड्दै सम्हाल्ने प्रयास गर्नुभयो ।

    रोहन यादवले रोहितलाई एलबिडब्ल्यू तथा आशिषलाई बोल्ड गर्दै पवेलियन फर्काएपछि बागमतीको ब्याटिङ लाइन पनि खस्किँदै गएको थियो । त्यसपछिका ब्याटरमध्ये राजेश बोहोरा १ तथा कमल शाहीले नटआउट ४ रन जोडे पनि सुशील सावद र आसिक थापा रित्तो हात डगआउट फर्किन बाध्य हुँदा बागमतीले २१ रन अतिरिक्त पायो ।

    यस्तै, जवाफी ब्याटिङमा उत्रिएको मधेसका लागि उपाधि दिलाउन ओपनर आयान मुखियाले ३३ बलको सामना गर्दै नटआउट २२ तथा पाँचौं अर्डरका सन्तु मण्डलले २२ बलमा ४३ रनको महत्वपूर्ण योगदान दिनुभयो । आयानसँगै ओपनिङमा आउनुभएका सुशान्त सिंहले १५ बलमा १२ रन बनाउनुभयो । परिमार्जन यादवले ४ रन र माहि यादवले ४ रन बनाएर आउट हुनुभयो ।

    नेपाल क्रिकेट संघ (क्यान)को मुख्य आयोजना, कर्णाली प्रादेशिक क्रिकेट संघको सहआयोजना तथा सुर्खेत जिल्ला क्रिकेट संघको व्यवस्थापनमा जेठ १९ गतेदेखि सुरु भएको प्रतियोगितामा सात प्रदेशका टिमहरूको सहभागिता थियो ।

    आइतबार, असार ०१, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “
    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    भर्खरै

    • १.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    • २.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ४.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer